निर्णय नं. ९६९ - जग्गा दोहरा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६९ - जग्गा दोहरा भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/०५ २१४८ निर्णय नं. ९६९ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको दे.फु.नं. ८३ फैसला भएको मिति : २०३३।३।५।६ निवेदक : मोरङ विराटनगर गहेली विराटनगर न.पं. वडा नं. ६ बस्ने श्यामप्रसाद उपाध्या विरूद्ध विपक्षी : जि. सप्तरी प्र. जगदर मौजे खरसाल बस्ने जोगेन्द्रप्रसाद उपाध्या, लोकेन्द्रबहादुर श्रेष्ठ समेत मुद्दा : जग्गा दोहरा (१) प्रतिपादित सिद्धान्त अनुकूल नभई तह तहबाट कारवाही किनारा हुँदै आएको कानून विपरित कारवाही तथा निर्णय बदर हुने । (प्र.नं. १५) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह उल्लिखित मुद्दा : (मुनीलाल गोल्छा वि. धनचन्द्र राई समेत, जिरायत जग्गा) फैसला प्र. न्या. रत्नबहादुर विष्ट १. यो न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम श्री ५ महाराजाधिराज सरकारका हु.प्र.बमोजिम दोहरिएर आई निर्णयको निमित्त यस बेञ्चमा पेश हुन आएको रहेछ । २. उक्त न्यायिक सिफारिसमा शुरू मालमा दुवै पक्ष हाजिर नरहेबाट तत्कालिन प्रचलित अ.बं. २२६ नं. अनुसार डिसमिस हुने देखिएकोमा पूर्वाञ्चल उच्च अदालतका आदेशानुसार दुवै पक्ष झिकाई पैरवी गराउँदासमेत सो कुराको विचार नगरी अघि बदर भइसकेको वेरित कारवाहीहरूको आधारबाट इन्साफ गरेको र मनासिव ठहराएको सर्वोच्च अदालतको इन्साफ कानूनसङ्गत देखिएन । जहाँसम्मको सूर्यनारायणको उजूरीको प्रश्न छ निज पनि पहिले बुझिसकेको शुरू मिसिल फा.नं. १५ को बयानबाट देखिएकोले त्यसै विषयमा उसै मानिसबाट पुनः अर्को उजूरी लिई कारवाही किनारा गर्न तत्काल प्रचलित अ.बं. ९९ नं. को व्यवस्थाले पनि नमिल्ने देखिन्छ । अर्को झगडा परेको जग्गा हरिपुरकै हो भन्ने किटानी दावी लिन नसकी हरिपुर, वैजनाथ, तथा गडराहा समेत जो मौजा कायम हुन्छ कायम गराई पाउँ भन्ने वादीले बेठेगाना दावा लिएको देखियो, दर्तातर्फ तत्काल जग्गा पजनीको ३४ जग्गा मिच्नेको २१ नं. अनुसार २ वर्षभित्र नालिस परेको पनि छैन यसरी म्याद नाघी परेको उजूरीबाट कारवाही चलाई निर्णय गरेको सरासर कानूनी प्रतिकुल छ भन्नेसमेत उद्धृत भएको रहेछ । ३. प्र. खालिस मौजे हरिपुरमा बिगाहा २४ऽ२।३ कि.नं. २१९ मा र बिगाहा ५० जग्गा कि.नं. २२० मा गरी जम्मा बिगाहा ७४ऽ२।४ हामी लोकेन्द्रबहादुर श्रेष्ठ, जोगेन्द्रप्रसाद उपाध्यायका नाउँमा १९९८ सालमा हाल आवादी दर्ता भएको माणिक मगर्दैतासँग मुद्दा परी हरिपुर मौजा कायम गरी सो हाम्रो जग्गामध्ये ४ बिगाहा जग्गा निज माणिक मगर्दैतालाई दिई १९९९ सालमा मिलापत्र भएको बाँकी रहेको हाम्रो ७०ऽ२।४ बिगाहा जग्गा २००३ सालको सर्पट नापीमा हामी जोगेन्द्रप्रसादको नाउँमा ४६।२ बिगाहा लोकेन्द्रबहादुरका नाउँमा २४ऽ२।४ बिगाहा माणिक मगरदैताको नाउँमा ४ बिगाहा जग्गा दर्ता भएको २००४ सालको नापीमा हरिपुरको हाम्रा जग्गालाई वैजनाथपुर मौजाबाट नं. २ कायम गरी गुरू दिई वैश्यका नाउँमा जग्गा बिगाहा ७।।।४।३ नं. ३ कायम गरी रामशरण सिंका नाउँमा जग्गा बिगाहा ४।।।४ नं. ४ कायम गरी रामप्रसाद लोहारका नाउँमा जग्गा बिगाहा २ नं. ५ कायम गरी गोनौरीलालका नाउँमा जग्गा बिगाहा १।।४।३ नं. ६ कायम गरी रामपाल सिंह राजपुतका नाउँमा जग्गा बिगाहा ४ नं. कायम गरी छेदीलाल कायस्तका नाउँमा जग्गा बिगाहा २।।४ न