निर्णय नं. ९७० - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७० - भ्रष्टाचार भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०५/२५ २१५७ निर्णय नं. ९७० ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको फौं फु.नं. १७ फैसला भएको मिति : २०३३।५।२५।६ निवेदक : श्री ५ को सरकार विशेष प्रहरी अधिकृत सगरमाथा अञ्चलाधीश विरूद्ध विपक्षी : उदयपुर ईलाका भुमरसुवा गा.पं. अन्तर्गत प्रगन्ना त्रिजुगा मौजे भण्टावारी बस्ने पहलमान दनुवार मुद्दा : भ्रष्टाचार (१) वेरीत वादी प्रतिवेदन खारेज भएकोमा कानूनले मुद्दै चल्न नसक्ने गरी मुद्दै खारेज भएको भन्न नमिल्ने । (प्र.नं. १२) वादी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३०।९।११ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराजका जुनफामा निवेदक वादी सगरमाथा अञ्चलाधीशले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट लेखिआएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दा विवरण यसप्रकार छ : भुमरसुवासमेतका पञ्चायतमा गई वडा समितिको श्रेस्ता लेखा परीक्षण गर्नु भन्नेसमेत भू.सु.का. उदयपुरबाट स.स.ई. अनन्तप्रसादको नाउँमा आदेश भएको वार्ड नं. ८ मा परीक्षण गर्दा बाँकी मौज्दात धानमाल १३।९।८ नभएकाले छलफल गर्न भू.सु.का.उ. उदयपुरमा हाजिर हुन जानु भन्ने स.स.ई. ले वार्ड समितिको अध्यक्षलाई लेखेको उक्त ८ नं. वार्डमा २५ सालको बचत मौज्दात जिन्सी मन ३।२३।६ र रू.८६।८३ र ०३३ सालको जिन्सी मन १६२।२०।७ र ०२२ सालको बचत लगानी भई असुल भएको जिन्सी साँवा ३८३।२।६ नगदी रू.१००४। ब्याज जिन्सी मन ३८।१२।३ नगद रू.१००।४० समेत जिन्सी मन ५८७।१८।८ नगद रू.२३५५।३० मात्र आम्दानी भएको २३ सालको उक्त आम्दानीबाट ऋण लगानी भएको ४९४।९ र नगदी २२७२। कटाई बाँकी १२३।९।८ नगदी ८२।४० मा सुखाजर्ता गएको जिन्सी ८।१८।२ कटाई ११४।३१।६ नगद रू. ८२।४० समेत बेचबिखन गरी जग्गा खरीद गरेको हुँ मैले मासेको बिगो रू. ४१००।१ भन्नेसमेत वार्ड अध्यक्ष पहलमानको भृ.सु. का. उदयपुरमा भएको बयान । ३. भ्र.नि.एनेको कुरा हुँदा सहायक अञ्चलाधीशमा पठाई दिने टिप्पणी सदर गरी उदयपुर शाखामा पठाइएको भू.सु. कार्यालयमा गरेको बयान समर्थन गरी सहायक अञ्चलाधीशको इजलासमा वार्ड अध्यक्ष पहलवानले कागज गरेको । ४. बचतको धान मन ११४ को रू.४७५९।५० नगद रू.८२।४० र ब्याजसमेत रू.५०४३।६० हुनुपर्ने मा रू.५०००। दाखिल गरेको निजलाई सजाय हुन पेश गरेको छु भन्ने स. अञ्चलाधीशको राय टिप्पणी । ५. आफ्नो जिम्मा रहेको बचतका नगद जिन्सी मसौद गरी आफ्नो व्यक्तिगत जग्गा खरीद गरी लिएमा सावित भएकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गतको कसूर स्पष्ट हुन आएकोले सजाय भई बिगो रू. ५०४३।६० धरौट रहेको रकम समेतलाई भू.सु.का. उदयपुरले पाउने गराई दिन हुन असनुरोध गर्दछु भन्नेसमेत प्रतिवेदन । ६. मैले भ्रष्टाचार गरेको छैन । भू. सु. कार्यालय सहायक अञ्चालधीश कार्यालयबाट म निअक्षरीलाई नसुनाई सही गराएका हुन् भन्नेसमेत प्र. वार्ड अध्यक्ष पहलवानले अदालतमा गरेको बयान ।