निर्णय नं. ९७३ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७३ - ठगी भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०४/०८ २३९६ निर्णय नं. ९७३ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको फौ.फु.नं. ३४ फैसला भएको मिति : ०३३।४।८।६ मा निवेदक : का.जि. लगन बस्ने प्र.से. जनार्दन विक्रम राणा विरूद्ध विपक्षी : जि. वर्दिया तप्पे पदनाहा मौजे सुहेला बस्ने भिमार्जुन उपाध्याय मुद्दा : ठगी (१) इन्स्पेक्टर सवालको दफा २ मा उल्लेख भएको अमिनीमा चलान गरिदिने छन् भन्ने शब्दहरूले प्रहरीलाई ठगीको अपराधको सम्बन्धमा ठाडो कारवाही गरी मुद्दा चलाउन अधिकार दिएको सम्झन नमिल्ने । (प्र.नं. १३) निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा दोहर्याई पाउँ भन्ने निवेदक वादी जनार्दन विक्रम राणाको निवेदनमा फुल बेञ्च बाट दोहोर्याई इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरबार मार्फत हुकुम प्रमांगी बक्स भई आएबमोजिम विशेष जोहेरी विभागबाट लेखिएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : भ.ईं नृप विक्रमको नाउँमा खरिद गरेको ट्याक्टर हामी नभएको मौका पारी काम गर्ने हरिविक्रमलाई तिम्रो मालिक जनार्दन विक्रमले ट्याक्टर लैजानु भन्नु भएको छ भनी ढाँटी सामान सहितको साबुद ट्याक्टर प्रतेवादीले लगेछन् मौजामा गएपछि माग्न पठाउँदा बनाउन लागेको रू.१५०० दिए मात्र दिन्छु भनी झुठ्ठा बाहाना गरी ढाँटी ठगी पचाउने नियत गरेकोले सामान सहितको ट्याक्टर दिलाई सजाय गरिपाउँ भन्नेसमेत वादी जनार्दन विक्रमको दरखास्त बयान । ३. ०१४ साल आश्विन १० गते कोठारमा रहेको चालू ट्याक्टर भिमार्जुनले ४।५ दिनलाई जोत्न मागेकोले दिएको ४।५ दिन पछि माग्न जाँदा जनार्दनसँग हरहिसाब छ भनी नदिएकोले जानार्दनलाई काठमाडौंमा चिठी पठाएको हुँ भन्नेसमेत हरिविक्रमको कागज । ४. वादीले ट्ययाक्टर खरीद गर्न रू.१५०० र पछि पनि कर्जा लिएको रूपैयाँबारे झलक जङ्गसँग सोध्दा तपाईंसँग कर्जा लिई खरीद गरेको ट्ययाक्टर बिग्रीरहेको हुँदा ट्याक्टर नै तपाईं जिम्मा लगाई दिन्छु भनेको र निस्सासमेत गरिदिएकोले ईञ्जिन मात्र लगी १५०० चानचुन खर्च लगाई तयार भएपछि प्रयागपुर ल्याई ट्ययाक्टर फिर्ता गराई प्लाड १ लिटर १ सिट १ समेत ल्याएको हुँ ठगी ल्याएको होइन भन्नेसमेत प्र.भिमार्जुनको कागज बयान । ५. वादीले पश्चिमाञ्चल डी.आई.जी.पी अफिसमा दिएको दर्खास्तमा ठगी भन्ने लेखेको अमिनीमा बयान गर्दा कारिन्दासँग मागिलगेको भन्ने लेखेको देखिएको अ.बं. ४३ नं. मा लेखिएको किसिमको समेत पुलिसमा दायर भई ठाडो बुझीने र अ.बं. १७५ नं. बमोजिम अदालतबाट ठाडो बुझ्ने किसिमको समेत नभएको नालिस दिनुपर्ने यस्तो कुरा ठाडो बुझ्न ऐनले अधिकार नदिएको हुँदा उजूर खारेज हुने ठहर्छ भन्नेसमेत तत्कालिन रा.का. देवानी आदालत दास्रोको फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भने वादी जनार्दन विक्रम राणाको पुनरावेदन पत्र । कुनै वारदात भएको ठाउँमा पुलिसले पक्राउ गरी कागज गराएको नभई दर्खास्त निवेदन लिई कागज गराएको र सरजमिन गराई अमिनीमा बुझाएको मिलिसबाट देखियो अ.बं.४३ नं.मा उल्लेख भई पुलिसले कारवाही गर्न पाउन