निर्णय नं. ९७५ - जग्गा दाखिल दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७५ - जग्गा दाखिल दर्ता भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/३२ २२४६ निर्णय नं. ९७५ ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको दे.फु.नं. १०३ फैसला भएको मिति : २०३३।३।३२।५ निवेदक : जि. मोरङ दुलारी गाउँ बस्ने ननिलाल चौधरी थारू विरुद्ध निवेदक प्रतिवादी : जि. सुनसरी धरान न.पं. वडा नं. ४ जुद्धनगर धरान बस्ने लिलाप्रसाद वस्ती मरी मुद्दा सकार गर्ने धर्मप्रसाद निज मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने दुर्गाप्रसाद वस्ती मुद्दा : जग्गा दाखिल दर्ता (१) जग्गा प्रतिवादीले खिचोला गरेको कुरामा तत्काल प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले जग्गामा खिचोला उठेको मितिले २ वर्षभित्रै आफ्नो हक कायम गर्न हक बेहकमा अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्ने । ज.मि.को १८ नं. को म्याद २ वर्ष नाघी परेको देखिएकोले म्याद नाघी दायर भएको फिराद खारेज हुने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट फैसला न्या. प्रकाशबहादुर के.सी १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदक वादी प्रतिवादी दुवै पक्षले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ को (ख) अनुसार मुद्दा दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयको लागि पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मौजे बलियामा मेरा नाउँमा दर्ता भएको ८६ऽ३ऽ३।। जग्गा मेरा नाउँमा दर्ता भई ०१५ सालमा सर्भे नापी हुँदा भोग दर्ताबमोजिम ७० सालको साविक नापीबमोजिमको कि.नं. ४८६ को १।।।२।। र कि.नं. ४८७ को ६ बिगाहासमेत ७।।।२।। जग्गा हाल सर्भे नापीमा मेरा नाउँमा दर्ता भएको सोही जग्गाबाट ३ बिगाहा जग्गा मेरो हो भनी उजूर गरी झगडा जनाएको प्र. को मुख्य दावा ७० सालको ८।।।२।४ मा ६ऽ४।२ मात्र नापी भएकोले २।।३ऽ४ ननिलालबाट दिलाई ८।।।२।४ जग्गा कायम गरिपाउँ भनी जाँच कमिशनमा उजूर परी कारवाही हुँदा २।।३ऽ२ मा २।ऽ।।१ जग्गा थप गरी प्र. को दावाको मात्र बिगाहा ८।।।२।४ भन्दा पनि थप गरी बिगाहा ११ऽ३ जग्गाको नापी पूर्जा दिनु भनी जाँच कमिशनबाट सर्भे गोश्वारामा आदेश दिई प्रतिवादीले ११ऽ३ जग्गाको नापी पूर्जा लिई जग्गा पाको गर्ने हुनाले पूर्वाञ्चल उच्च अदालतमा मेरो उजूर परी नापी पूर्जा बदर गरी दिने हक बेहकमा दावा गर्नु भनी “०१८।२।२३।३ मा पु.उ.अ. बाट फैसला भएकोले” प्रतिवादीले सर्वोच्च अदालतमा रिट गरेको कि.नं. ४८६ को १।।।२।। कि.नं. ४८७ को ३ऽ१ऽ३ समेत ४।।।३।।३ जग्गा प्रतिवादीले लिएको नापी पूर्जा बदर गरी मलाई पूर्जा दिलाई मेरो हक दर्ता कायम गरिपाउँ भन्नेसमेत वादी । ३. वादीको नापीमा लिखत उजूर नपरी मौखिक उजूर गरी झगडा जनाएबाट खिचोला पर्दा मेरो उजूर परी मैले भोग गरी आएको जग्गा मेरै कायम भई केही नर बेसी हुन आएको मैले पूर्जा पाएकोमा वादीले उच्च अदालतमा उजूर दिँदा मलाई बुझ्दै नबुझी पूर्जा बदर गर्ने आदेश दिए जग्गामा हक बेहक गर्न जानु भनी “०१८।२।२३ मा” ननिलाललाई मात्र सुनाएकोले मैले पनि सर्वोच्च अदालतमा रिटको निवेदन दिई दुवै थरीलाई अदालतमा जानु भनी सुनाउनु पर्ने छुटाएको ठहर्छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट सुनाएकोले निज वादीको नालिस म्यादभित्र नपरेकोले खार