निर्णय नं. ९७६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/०९ १९९३ निर्णय नं. ९७६ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधानन्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको रि.फु.नं. ५२ फैसला भएको मिति : २०३३।३।९।३ निवेदक : हेटौंडा नगर पञ्चायत हेटौंडा वडा नं. ५ बस्ने गोविन्दप्रसाद चालिसे विरुद्ध विपक्षी : हेटौंडा नगर पञ्चायतका सभापति श्री ओमनाथ पराजुली समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) स्थायी पदाधिकार भएको व्यक्तिलाई सेवाबाट हटाउने निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका नदिई निजलाई विपरीत असर पर्ने गरी निर्णय गरिन्छ भने सो प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन जाने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको ०३१।४।२३ को निर्णय दोहर्याई पाउँ भन्ने निवेदक गोविन्दप्रसादको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७१ अन्तर्गत दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : निम्नलिखित कर्मचारीले आफ्नो जिम्मेवारी बहन नगरेको र सन्तोषजनक कार्यसमेत गरेकोले हे.न.पं. को सेवाबाट हटाइने आजको बैठकबाट निर्णय गरियो भनी ०२९।११।२८ गते बसेको हे.न.पं. को बैठकले निर्णय गरेकोले ०२९।११।३० गतेदेखि सेवामुक्त गरिएको व्यहोरा जानकारी गराइएको छ भन्ने मु. गोविन्दप्रसादका नाउँ समेत उल्लेख गरेको रहेछ । ३. निवेदक गोविन्दप्रसादले आफ्नो रिट निवेदनपत्रमा ०२९।६।५ को नियुक्तिको आधारमा ६ महिनाका परीक्षणकाल समाप्त भएपछि स्थायी पदमा पदोन्नति गरेको ०२९।११।२९ मा सेवाबाट मुक्त गरेको पत्र बुझाइयो । उक्त आदेश पत्रमा हेटौंडा नगर पञ्चायतको ०२९।११।२८ को बैठकले निर्णय गरेकोले ०२९।११।३० देखि सेवाबाट मुक्त गरेको भन्ने छ । नगर पञ्चायत ऐनको दफा ३३(२) ले मुखिया कर्मचारीको हकमा प्रधानपञ्चलाई नियुक्ति गर्ने अधिकार प्रदान गरेको छ । नियुक्त गर्नेलाई मात्र बर्खासी गर्ने अधिकार प्राप्त हुन्छ । न.पं. को बैठकलाई मुखिया पदमा रहेको कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गर्ने अधिकार छैन । हटाउने गरेको निर्णय गैरकानूनी हो । निवेदकलाई सेवाबाट मुक्त गर्नुभन्दा अघि सजाय गर्ने कारण सूचित गरी त्यसको प्रतिवाद गर्ने मौकासम्म पनि दिइएन । निवेदकलाई प्रधान पञ्चद्वारा स्थायी बहिदारको पदबाट मुखिया पदमा नियुक्ति गरेको थियो । हेटौंडा नगर पञ्चायतको बैठकले प्रतिवादसम्म गर्न नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत गैरकानूनी तबरबाट सेवाबाट मुक्त गरेको छ । बर्खासी पूर्जी बदर गरी अटुट सेवामा रहन पाउँ भन्नेसमेत मुखे निवेदन जिकिर लिएको रहेछ । ४. नगर पञ्चायतमा कुनै तहको पनि कर्मचारी नियुक्ति गर्दा कुनै अधिकृत एक मात्रले नगर्ने गरी नगर पञ्चायतको बैठक बसी योग्य कर्मचारी छानबिन गरी नियुक्ति गर्ने गरी आएको त्यस्तै पदोन्नति गर्दासमेत कर्मचारी प्रमोशन नियुक्ति कमिटीको बैठकको निर्णय बमोजिम गर्ने गरी आउनु हो । साथै, कुनै कर्मचारीलाई सेवाबाट हटाउँदासमेत नगर पञ्चायतको बैठकको निर्णय बमोजिम गठन गरी आएको छ । यस संस्थामा काम गर्ने कर्मचारीहरूको आचरण अनुशासन एवं कार्यकुशलता जस्ता कर्मचारीहरूको निमित्त अत्य