निर्णय नं. ९७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०३/२६ २०८३ निर्णय नं. ९७७ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०३१ सालको रिट नं. ५३ फैसला भएको मिति : २०३३।३।२६।६ निवेदक : हेटौडा नगरपञ्चायत वडा नं. ९ पशुपतिनगर बस्ने मिठाराम बुढाथोकी विरूद्ध विपक्षी : हेटौडा नगर पञ्चायतसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) स्थायी पदाधिकार भएको व्यक्तिलाई सेवाबाट हटाउने निर्णय गर्दा तिनलाई आफ्नो कुरा भन्न पाउने मौका नदिई निजलाई विपरीत असर पर्ने गरी निर्णय गरिन्छ भने सो प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन जाने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भन्ने निवेदक मिठाराम बुढाथोकीको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहोरी यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यसप्रकार छ : निम्नलिखित कर्मचारीले आफ्नो जिम्मेदारी बहन नगरेको र सन्तोषजनक कार्यसमेत नगरेकोले हे.न.पं.को सेवाबाट हटाउने आजको बैठकबाट निर्णय गरियो भनी ०२९।११।२८ गते बसेका ह.न.पं.को बैठकले निर्णय गरेकोले ०२९।११।३० गतेदेखि सेवा मुक्त गरिएको व्यहोरा जानकारी गराइएको छ भन्ने र निवेदक ख, मिठारामको नाउँसमेत उल्लेख गरेको रहेछ । ३. निवेदक मिठारामसमेतले दिएको रिट निवेदनमा : ०२९।११।२९ मा प्रधान अधिकृतले निवेदकसमेत तीन जनालाई सेवाबाट मुक्त गरिएको संयुक्तपत्र दिनुभयो उक्त पत्रमा हे.न.पं.को ०२९।११।२८ को बैठकले निर्णय गरेकोले सेवाबाट मुक्त गरिएको छ भनी लेखिएको ऐनको दफा ३३(२) ले मुखिया वा विचारी वा सो सरहको स्केल भएको कर्मचारीको हकमा प्र.पं.लाई नियुक्त गर्ने अधिकार प्रदान गरेको छ । नियुक्त गर्ने अधिकारीले मात्र बर्खास्त गर्ने कानूनी अधिकार प्राप्त हुन्छ बैठकलाई सेवाबाट हटाउने अधिकार दिएको छैन हेटौडा न.पं.को निर्णय उक्त स्वतः नै अमान्य र गैरकानूनी छ । सेवाबाट हटाउँदा कुनै कर्मचारीलाई सजाय गर्नुभन्दा अगावै सजाय गर्ने कारण सूचित गरी प्रतिवाद गर्ने मौका दिनुपर्छ त्यो प्रक्रिया अपनाइएको छैन भने प्राकृतिक न्याय सिद्धान्तको निस्पालन भएको हुँदा उक्त निर्णय अमान्य छ बर्खासी पूर्जी अनधिकृत र कानूनी विपरीत भई बदर भागी छ सो बदर गरी सेवामा रहन पाउने हक सुरक्षित गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर रहेछ । ४. निवेदनकहरूलाई हे.न.पं.को ०२९।११।२८ को भएको बैठकको निर्णय बमोजिम सेवाबाट हटाइएको हो यस नगर पञ्चायतमा कुनै पनि कर्मचारी नियुक्ति गर्दा कुनै अधिकृत एकले मात्र नगर्ने गरी न.पं.को बैठक बसी योग्य कर्मचारी छानवीन गरी नियुक्ति गर्ने गरिआएको पदोन्नति गर्दासमेत कर्मचारी प्रमोशन नियुक्ति कमिटिको बैठकको निर्णय बमोजिम गर्ने गरी आउनुको साथै सेवाबाट हटाउँदासमेत बैठकको निर्णय बमोजिम गर्ने गरी आएको छ अनुशासन एवं कार्यकुशलताजस्ता कर्मचारीहरूको निमित्त अत्यावश्यक नैसर्गिक गुणहरूप्रति यस संस्थाका व्यक्ति विशेष मात्र जागरूक रहने नभई समस्त पञ्च कार्यकर्ताहरू नै जागरूक रहने भएकोले सबैको अध्ययनबाट देखिएका निज कर्मचारीहरूको यस संस्थाप्रति