निर्णय नं. ९८१ - अदालतको अपहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१ - अदालतको अपहेलना भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/११/०४ ३३४१ निर्णय नं. ९८१ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको पु.नं. १०६ फैसला भएको मिति : २०३२।११।४।२ पुनरावेदक : मुख्य अधिकृत मनमोहनलाल सिंह समेत विरूद्ध विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत मुद्दा : अदालतको अपहेलना (१) अदालतको मानहानीसम्बन्धी मुद्दालाई २ पक्षको बीच पर्ने देवानी फैज्दारी मुद्दाको समकक्षमा राखिएको हुँदैन । अपहेलनाको कारवाही अदालतको विशिष्ट अधिकारको कुरा हो र आफैंद्वारा निर्धारित कार्यविधिको अनुशरण गरी निर्णय गर्दछ । यो विशिष्ट अधिकार क्षेत्र ग्रहण गर्दा अदालत कुनै कानूनी प्रक्रियाद्वारा बाँधिएको हुँदैन । (प्र.नं. १०) (२) अदालतको अपहेलनाको कारवाही न्यायाधीशको बचावटको निमित्त होइन न त अदालतको बचावटको लागि हो, सो कारवाही अदालतको इज्जत मर्यादा खतरामा परेबाट हुने खराबीबाट जनतालाई बचाउनको निमित्त उठाइन्छ । (प्र.नं. १२) (३) कसैको अधिकार छ वा छैन भन्ने कुरा अदालतको अपहेलनाको मापदण्ड होइन, अदालतको अपहेलनाको एकमात्र मापदण्ड हुन्छ । त्यो हो कुनै कार्यले न्याय सम्पादनमा बाधा दिएको वा दिन प्रयास गरेको छ वा छैन र त्यसबाट अदालतप्रति जनताको आस्थामा आघात पुगेको छ वा छैन । (प्र.नं. १२) (४) कानून विशेषज्ञबाट पक्षले ज्ञान गर्नुपर्ने कुरालाई पक्षले भन्दैमा अदालतले कानून विशेषज्ञको काम गर्ने होइन । मुद्दाको विषयवस्तुस“ग सम्बन्ध भएको कुरामामात्र व्याख्या र न्यायिक निर्णय दिनुपर्ने । (प्र.नं. १२) (५) न्यायाधीशले गरेको न्यायिक कार्यमा कुनै अनियमितता वा त्रुटी रहन गएको छ भने त्यसको सुधार कानूनले निर्दिष्ट गरेबमोजिम न्यायिक तरिकाबाट मात्र गर्न सकिन्छ । अन्य तरिकाबाट अदालतप्रति जनआस्थालाई घटाउने किसिमबाट त्यसको टिका टिप्पणी वा हस्तक्षेप गरिन्छ भने अदालतको न्याय सम्पादन कार्यमा अवरोध खडा गरेको हुन जान्छ र जनताको अदालतप्रतिको श्रद्धामा आघात पुर्याएको हुन्छ जो निःसन्देह अदालतको अपहेलना गरेको मानिने। (प्र.नं. १६) (६) अपहेलनासम्बन्धी मुद्दामा अपहेलना गर्नको मनसाय प्रासड्डिक हुँदैन किनभने यस्ता कुनै कार्य अदालतको कुनै सम्मानमा क्षति पुर्याउने खालको छ छैन भन्ने मात्र हेरिन्छ । (प्र.नं. १६) (७) आफूलाई लागेको कुरा व्यक्त गर्नाले नै प्रतिरक्षा गरेको र पश्चाताप नदर्शाएको भनी सम्झन र स–शर्त क्षमायाचना गरेको भनी नामञ्जूर गर्न मनासिव देखिदैन, मुख्य कुरा शुद्ध हृदयले क्षमायाचना गरेको हो होइन भनी हेरिनुपर्ने । (प्र.नं. १९) पुनरावेदक तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रामानन्दप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रतिवादीहरूले मध्यमाञ्चल क्षेत्रीय अदालतको अपहेलना गरेको ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दा यस डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : विशेष प्रहरी विभागको से.अ. श्री गणेशभक्त मूल र निजका साथमा ना.सु. हेमनाथ चालिसे र अर्को १ नाम दर्जा थाहा नभएको व्यक्ति रजिष्ट्रार कहाँ छन् भनी रजिष्ट्रारको कोठाभित्र पसी निजहरूले लिई आएको वि.प.वि. को च.नं. २७४ मिति ०३१।