निर्णय नं. ९८२ - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८२ - हकसफा भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/२० २८३५ निर्णय नं. ९८२ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. ५६ फैसला भएको मिति : ०३३।७।२०।६ पुनरावेदक : जि. कपिलवस्तु पिपरा गा.पं. वार्ड नं. ६ राजपुर बस्ने कृष्णराज उपाध्याय विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने पिताम्बर भुसाल समेत मुद्दा : हकसफा (१) लेनदेन व्यवहारको १६ नम्बरले निखनार्ई पाउँ भन्नेले थैली धरौट राखी नालेश गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौटी राख्न पाउने तात्पर्यको लागि सो ऐनको बनावट देखिने । (प्र.नं. ११) (२) प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस् वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसा“जी मुद्दा परी थैलीमा मुख नमिलोस वास्तवमा थैली निश्चित भएको अवस्था नजनाउने हुन आउँछ । त्यस्तो निश्चित नभएकोमा फैसला भई निश्चित भएको ३५ दिनभित्र धरौट राख्न पाउने । (प्र.नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : (१) ना.सु. विष्णुरमण उप्रेती विरूद्ध राजेश्वरी उपाध्याय, मुद्दा : निखनार्ई पाउँ (२) पुनरावेदक अम्बरबहादुर खत्री विपक्षी चेहर सिं भएको, मुद्दा थैली जालसाजी र निखनार्ई पाउँ फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा ०३३।२।३।१ को डिभिजन बेञ्चबाट फैसला हुँदा माननीय न्यायाधीशज्यूहरूको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : मेरो दुई पुस्ताभित्रको सख्यात जेठी भाउजू हुमकुमारी र माहिली भाउजू खेमकुमारीबाट जम्मा जग्गा बिगाहा ६ऽ३। प्रचलित मोल रू.२१००१।– मा हकवाला देवरलाई दिने कबोल गर्नुभएको थियो । त्यस्तैमा मलाई थाहा नदिई विपक्षीहरू मिली मेरो हकसफा गर्ने हक सफ मार्नका लागि वादी रू.२०१०० मोल बढाई बेदामी जालसाजी अंक लेखी लेखाई रू.४११००।– का ४ थान राजीनामा भाउजू खेमकुमारी, हुमकुमारीबाट श्रावण ६ गते कपिलवस्तु मालमार्फत रजिष्ट्रेशन पास गराई लिनुभएछ । सो कुरा पौष २० गते थाहा पाए रू.२१०००।– बुझी हक सफा गर्न दिनुहोस् भन्दा रूपैयाँ बुझ्नु मञ्जुर गर्नुभएन । थैली बढाई जालसाँजी गरेतर्फ छुट्टै नालिस गरेको हुँदा हकसफातर्फ उजूर गरेको छु लेनदेन व्यवहारका १६ नं. बमोजिम मुख मिलेको जालसाँजी मुद्दाबाट अन्तिम निर्णय भएको थैली मोल रूपैयाँ मबाट विपक्षीलाई बुझाई जग्गा हकसफा गरी चलन चलाई पाउँ भन्नेसमेत ०२९।१०।३ को फिराद रहेछ। ३. लेखिएको जग्गा बेदामी २०१००।– बढी लेखाई जालसाजी राजीनामा ठहराई लिएको होइन, खूव रू.४११००।। साक्षीको रोहवरमा लिनु दिनु गरी ०२९।४।६ का दिन राजीनामा रजिष्ट्रेशन पास गरेको हो थैली यति हो भन्ने थाहा भएकोमा रजिष्ट्रेशनका ३५ नं. बमोजिम थैली धरौट राखी कार्यालयमा दर्खास्त दिन जानुपर्ने सो नसकी बिना मतलब थैली धरौट नराखी दायर भएको नालिस रजिष्ट्रेशनको ३५ नं. तथा लेनदेन व्यवहारको ११ नं. ले खारेज गरिपाउँ भन्नेसमेत पिताम्बर, युवराज भुसालको संयुक्त प्रतिवादी रहेछ । ४. जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि धरौट राख्न पर्ने सिद्धान्त श्री सर्वोच्