निर्णय नं. ९८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/२५ २८८५ निर्णय नं. ९८३ ने.का.प. २०३३ फुलबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको रि.फु.नं.४६ आदेश भएको मिति : ०३३।७।२४।३ निवेदक : का.जि. जैशीदेवल कोहिटी बस्ने मोहनलाल नापीतको वारेस भई आफ्ना हकमा समेत का. जि.का.नं.पं. वार्ड नं. २९ डिल्लीबजार बस्ने कोषराज उपाध्याय विरूद्ध विपक्षी : भूमि प्रशासन कार्यालय काठमाडौं का.जि. वटुटोल वस्ने शरणलाल श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) जग्गाधनी हकमा तेरोमेरो भएकोमा निर्णय गर्ने अधिकार भूमिप्रशासकलाई नभएकोले हक वेहक छुट्याई ल्याउनु भनी सुनाई निर्णय गरेको हुँदा जग्गाधनीको विषयमा आफ्नो हकमा हककायम गरी लिनपाउने भएकै हुँदा त्यस निर्णयबाट निवेदकको कुनै हकमा आघात पारेको समेत नदेखिने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : का.मु. सरकारी अधिवक्ता श्री शोभाकर उपाध्याय विद्वान अधिवक्ता श्री गणेशराज शर्मा उल्लिखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा ०३१।३।१४।६ को डिभिजन बेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरूको निर्णयमा राय नमिली सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) अनुसार निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : मैले इन्द्रकुमारसँग मिति ०२५।२।१८ मा घर सारमा र मिति २०२६।७।१७ मा एक तर्फीबाट पास गरी लिएको मौजे डिल्लीबजारको हा.नं. १३५ को रोपनी १।०।० जग्गा कोषराजले कमाएको नापी हुँदा का.नं.पं. वार्ड नं.२९ (ख) कि.नं. २३८ मा जग्गा रोपनी ०।७।२ मा जग्गा धनी जोगमाया भनी र कि.नं. २४३ मा ०।७।१ मा जग्गा धनी हरिलाल समेत ३ जवान भनी नभएको जग्गा धनी देखाई नपुग ०।१।१ जग्गाा कि.नं. २३६ मा घुसाई मोही कोषराज समेतले नपाई लिएको रहेछ सो जग्गाको जग्गा धनी प्रमाण पूर्जा पाउँ भन्नेसमेत शरणलालले भूमि प्रशासन कार्यालय काठमाडौंमा २०३०।२।१६ मा निवेदन दिएकोमा निवेदकले जग्गा धनी प्रमाण पूर्जा पाउँ भनेको कित्ताहरू मध्ये कि.नं. २३८ को जग्गा जोगमायाको हो । कि.नं. २३६ को जग्गा पुरै मेरो हो र कि.नं. २४३ को जग्गा हरिलाल नापीत समेत ३ जवानको हो सो जग्गाको मालपोत नतिरेको र रैकरमा परिणत नगरेको हुनाले म मोहीको नाउँमा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी परी सो मुद्दा दायरै छ भन्ने मोही कोषराजको कागज र कि.नं. २३८ को जग्गा मेरा एकाघरका आमा जोगमायाको हो आफ्नो जग्गा दवाई मेरो जग्गामा झुठ्ठा दावी गर्न आएको हो भन्ने मोहनलालको प्रतिउत्तर परेको र गोविन्दलाल प्रतिउत्तर नदिई म्यादै गुजारी बसेकोमा भूमि प्रशासन कार्यालय काठमाडौंबाट कि.नं. २३६ को जग्गाको हकमा कोषराजले जग्गा धनी प्रमाण पूर्जा लिइसकेको देखिँदा यसबाट केही कारवाई गर्न नपर्ने र कि.नं. २३८ को जग्गाको हकमा जग्गा धनी देखाएको व्यक्ति पूर्पक्षमा रहेकाले जग्गा धनीहरू वीच तेरो मेरो पर्न आएको हुँदा अदालतमा नै हक वेह छुट्याई ल्याउनु भनी सुनाई दिने र कि.नं. २४३ को जग्गाको हकमा साविक जग्गा वाला हरिलाल नापीतका नाउँको मोठ कट्टा गरी निवेदक शरणलालको नाउँमा जग्गा धनी प्रमाण पूर्जा दिने भनी ०३०।५।१०।१ भू.प्र.का. को निर्णय रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी पर्न आएको रिट निवेदनमा भूमि प्रशासन कार्यालयबाट गरेको ठहर पर्चा कुन दर