निर्णय नं. ९८४ - ब्याज भराई दृष्टि चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८४ - ब्याज भराई दृष्टि चलन चलाई पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०४/०५ ४०८५ निर्णय नं. ९८४ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको दे.फु.नं. १०८ फैसला भएको मिति : २०३३।४।५।३ पुनरावेदक : का.जि. इच्द्रचोक बस्ने दानबहादुर डंगोल विरूद्ध विपक्षी : ऐ.ऐ. मखन टोल बस्ने सूर्यमल मुद्दा : ब्याज भराई दृष्टि चलन चलाई पाउँ (१) व्यक्ति सरहको नाउँमा ब्याज भराई कम्पनीको जेथा चलन चलाई पाउँ भन्ने वादी दावी लाग्न नसक्ने नै देखिन आएकोले कम्पनी ऐन, ०२१ को ७(२) बमोजिम फिराद खारेज गर्ने । (प्र.नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा २०२९।४।२२।१ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय नमिली निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : अन्याय दानबहादुरले नेपाल म्याच फ्याक्टरीको काम गर्नलाई मिति ०२०।१२।१३ मा रू.१९९९९९। कर्जा लिएको सो रूपैयाँको सयकडा १० का दरले ब्याज राखी २ वर्षभित्र बुझाउँला, नबुझाए दृष्टि बन्धकी चलन गर्नु भनी लिखत गरी दिएको सो म्याद भित्र नबुझाएकोले ब्याज भराई साँवामा दृष्टि सम्पत्ति चलन गर्नपाउँ भन्नेसमेत वादी । ३. वादीसँग मैले व्यक्तिगत कर्जा लिएको नभई कम्पनीतर्फबाट लिई सो रूपैयाँमा कम्पनीको सम्पत्ति दृष्टि लेखी दिएको हुँदा मैले व्यक्तिगत रूपमा कम्पनीको सम्पत्ति चलन चलाई दिने प्रश्न नै नउठ्ने, कम्पनी ऋणी भई कर्जा लिएकोमा सो कम्पनीमाथि उजूर गर्न नसकी कम्पनीको नाउँको सम्पत्ति चलन समेतमा म उपर दावी लाग्न नसक्ने समेत हुँदा वादीको उजूर दावीबाट फुर्सद पाउँ भन्नेसमेत प्रतिवादी । ४. नेपाल म्याच फ्याक्टरी प्राइभेट लिमिटेड पोखराका डाइरेक्टर दानबहादुरले २०२०।१२।१३ गते वादीबाट रू.१९९९९९।– कर्जा लिई उक्त म्याच फ्याक्ट्री दृष्टि बन्धकी लेखी कानूनबमोजिम रजिष्ट्रेशन समेत भइसकेको लिखतमा उल्लिखित रूपियाँको ब्याज र चलन चलाई पाउँ भन्ने नालिस उक्त म्याच फ्याक्टरी वा त्यसको डाइरेक्टरका नाममा नभई दानबहादुर डंगोलका नाउँमा ल्याएको र दानबहादुरबाट ब्याज दिलाई भराई पाउँ भन्ने उल्लेख भएको । ०१८।७।३ मा सञ्चालक समितिले दिएको लिखत अधिकार पत्र बमोजिम उक्त सलाई कम्पनीका निमित्त म्यानेजिङ् डाइरेक्टर दानबहादुर डंगोलले कम्पनीकातर्फबाट गरी दिएका दृष्टि बन्धकी तमसुकका रूपैयाँको ब्याज दानबहादुर डंगोलबाट भराई पाउँ भन्ने नालिस कम्पनी ऐन, २०२१ को दफा ७ का उपदफा २ ले कम्पनीले वा कम्पनीलाई उजूर गर्नुपर्दा कम्पनीको नाउँबाट गर्न सक्ने व्यवस्थाका प्रतिकूल देखिनाले समेत अ.बं. १८० नं.ले यो मुद्दा खारेज हुने ठहर्छ भन्ने का.जि.अ.को ०२५।१२।१० को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावदेन । ६. नेपाल म्याच फ्याक्टरीका सञ्चालक समितिले प्र. दानबहादुरलाई दिएको ०१८।७।३।५ का अधिकार पत्र बमोजिम प्र. दानबहादुरले वादीबाट नेपाल म्याच फ्याक्टरीलाई वादी दावी बमोजिमका रूपैयाँ कर्जा लिई लिखत गरिदिएका र कम्पनी ऐन, २०२१ को दफा ६९ का उफदफा ४ बमोजिम सञ्चालक समितिले अधिकार सुम्पन सक्ने र दफा ७७ को उपदफा १ बमोजिम अधिकार प्राप्त व्यक्ति प्र. दानबहादुरले पनि क