निर्णय नं. ९८५ - नासो धरौट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५ - नासो धरौट भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/१२ २३३७ निर्णय नं. ९८५ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ सालको दे.पु.नं. ७८ फैसला भएको मिति : ०३३।७।१२।५ निवेदक : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ८ बस्ने मोहनकृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : जि. मोरङ कटहरी गा.पं. वडा नं. ५ बस्ने रामबल्लभ करूवा माडवारी मुद्दा : नासो धरौट (१) थर वतन पूरा नलेख्दैमा सो कागजबाट उत्पन्न दायित्वमा प्रतिवादीले फुर्सद पाउँछ भन्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह उल्लिखित मुद्दा : कपिलमुनी उपाध्याय, दिलकुमारी उपाध्याय नि.नं. १९५ फैसला न्या. झपटसिंह रावल १. पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ०३१ साल मार्ग १८ गते ३ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी सर्वोच्च अदालतमा ०३१।९।९।३ मा निवेदन परी ०३३।३।४।५ मा पुनरावेदनको अनुमति पाई पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीलाई सन् १९६१ मार्च १ तारेख तदनुसार ०१७।११।१८ मा भारू १५०००।– नासो धरौटी राख्ने दिएको दिनु हवस भन्दा नदिनु भएकाले नासो धरौटीको ७ नं. अन्तर्गत १० वर्षभित्र भा.रू.१०० को १३५।– ले हुने रू.२०२५०।– दिलाई भराई पाउँ भन्ने वादी दावी रहेछ । ३. मैले वादीसँग नासो धरौटी लिनु पर्ने कुनै कारण छैन होइन मैले कागज गरी दिएको भए मेरो पूरा सही हुनु पर्ने सो समेत नभएकाले वादी दावी झुठ्ठा हो भन्नेसमेत प्रतिवादी। ४. साहु मोहनकृष्ण श्रेष्ठ जनरल मार्चटको नाममा अंगे्रजी पापेटमा मोहनकृष्णको कारिन्दा बलराम माष्टरले लेखी मोहनकृष्णले आफ्नो हस्ताक्षरले सही गरेको हो भनी वादीले कीर्तेतर्फको वयानमा लेखे अनुसार निज मोहकृष्णलाई हस्ता भिडाउन झिकाउँदा वारेसले दाखिल गर्न नसकेको र निज मोहनकृष्णको वारेसनामाको लिखितको हस्ताक्षर र सही मिलन भिड्न आएको समेत प्रमाणबाट यस्तो हुँदैन भएको लिखत कीर्ते गरी वादीले उजूर गर्नुपर्ने अवस्था देखिन नआएको कीर्ते गर्ने भए यसभन्दा पनि धेरै पैसा लेखी कीर्ते गर्नुपर्ने समेत हुँदा आफूले गरी दिएको कागजलाई कीर्ते हो भनी प्रतिवादीले झुठ्ठो कुराको जिकरी लिएको देखिँदा वादी दावी बमोजिमको रूपैयाँ प्रतिवादीले तिर्न बुझाउन पर्ने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको २०२८।९।७।४ को फैसला रहेछ । ५. वादीबाट पेश भएको सक्कल नासो धरौटी कागजमा रामबल्लभलाई संवोधन गरेको र आयको भा.रू.१५०००।– हमारा पासमा है भन्ने व्यहोरा उल्लेख भएपछि त्यसदेखि मुनी प्र. पुनरावेदक मोहनकृष्ण नाम जनिएको छ स्व. मोहनकृष्ण भन्ने नामसम्म मेरो हो तर मोहन कृष्ण भन्ने हस्ता नै मेरो होइन भनी वयान गरेमा हस्ता जाँच विषेशज्ञबाट अड्डाबाट लिएको र लिखतमा सहीछापसँग मोहन कृष्णको हस्ता भिड्छ भनी आएको देखिनाले र बुझिएका साछीहरू सबैले म्याद गुजारेको समेत कारवाहीबाट पुनरावेदन जिकिर मनासिव देखिन न आई शुरु जिल्ला अदालतबाट भएको इन्साफ मनासिव छ भन्ने कोशी अञ्चल अदालतको ०३०।५।१८ को फैसाला, सोउपर पुनरावेदन परेकोमा कारणीको लेखात्मक सहीछाप परेको कागजबाट नालिस सुनी इन्साफ गरी दिनु पर्ने व्यवस्था भइरहेको हुनाले लिखतमा साछी नराखेको र लिखत लेख्ने भनेको व्यक्ति उपस्थिति नभए पनि लिखत गरी दिने व्यक्तिले लिखत गरी दिएको हो भन्ने प्रमाणबाट समर्थन