निर्णय नं. ९८८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/१७ २५५४ निर्णय नं. ९८८ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको रि.फु.नं. ३७ फैसला भएको मिति : २०३३।७।१७।३ निवेदक : जि. सुनसरी प्र. वेलि मौजे गैसार ईटहरी गा.पं. वडा नं. ७ गैसार बस्ने डम्बरबहादुर बस्नेत क्षेत्री विरूद्ध विपक्षी : ऐ. धरान नगर पञ्चायत वार्ड नं. ५ बस्ने तिलाई देवी मास्के विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) साहुतर्फबाट जिकिरै नगरेको कुरामा साहुले आयस्ता खाएकै छ भनी अड्डाबाट निर्णय गर्दा प्रतिवाद नगरेको कुरामा र सबूद नखुलाएको कुरामा निर्णय हुन जाने । उजूरीमा तोकेको मितिसम्मको साहुले पाउने व्याज र आयस्ता खाएको हिसाब गर्न न्यायिक हुन जाने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट, अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : आदेश न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको ०२९।११।३० को निर्णय दोहर्याई पाउँ भनी प्रतिरक्षी डम्बरबहादुरले चढाएको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : भा.रू.१६०००।– को प्रचलन दर १६०।– ले हुने भोगबन्धकी लिखत पास गराई ०२१ सालको बालीदेखि धान मन ३०४। का दरले ३ साल आयस्ता खाएपछि ऋण निश्चित गरिपाउँ भनी निवेदन दिएको ०२४।१।२८।२ मा निर्णय हुँदा ऋण साधन भई भोगबन्धकी लगत समेत कट्टा भई गएको उक्त निर्णय उपर रिट दिई कारवाही हुँदा निर्णय बदर भएको हिसाबको तरिका मात्र फरक परी बदर भएकोमा उक्त साँवाको खान पाउने भन्दा बढी खाएको आयस्ताबाट कटाई ऋण रकम निश्चित गरिपाउँ भन्ने डम्बरबहादुरको निवेदन बयान, जग्गा भोग्न जाँदा जग्गा चलन नदिने गरेकोले सु.जि.अ. मा फिराद गरेको कारवाही भइरहेको मोही फाँटमा पनि बाली दिलाई पाउँ भन्ने निवेदन दिई कारवाही भइरहेको हाल सर्भेमा जग्गा बिगाहा ७ कायम भएकोले ऋण निश्चित गरिन्छ भन्ने नापीको हैसियतमा मात्र हुनुपर्छ भन्ने तिलाई देवीको प्रतिवादी बयान भएको ऋण रकम निश्चित मुद्दामा आयस्ता ३०४ मन धान कायम हुने, एकपल्ट ऋण निश्चित गर्ने भएको हिसाब नमिली पुनः दोहर्याई कारवाही गर्दा सोही फैसला भएको २४।१।२८ तक २ वर्ष १० महिना १२ दिनको हुने ब्याज रू.७३३८।६२ मा ३ साल तक साल १ को ३०४ मन धान आयस्ता खाएको जम्मा आयस्ता रू.३१९२०। मालपोत बुझाएको रू.६००। र १० ले हुने साँवाको ब्याज कटाउँदा बढी खाएको रू.२३९८१।३८ साँवा रू.२५६०० मा कटाउँदा २४।१।२८ मा खुद साँवा बाँकी १६१८।६२ मात्र बुझाउन बाँकी ठहर्याई ऋण निश्चित गर्ने गरी ०२८।१२।२२ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक तिलाई देवीले दिएको रिट निवेदनपत्रमा मसँग विपक्षीले रू.२५६००। लिई ०२१।३।१६ मा रजिष्ट्रेशन पारित गरी जग्गा भोगबन्धकी दिएको ऋण निश्चित गरिपाउँ भनी दिएको निवेदनबाट ऋण साधन गरिदिएकोमा मैले रिट दिएको डिभिजन बेञ्चले अधिकारीको निर्णयलाई बदर गरेको थियो । सर्वोच्