निर्णय नं. ९८९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०७/३० २३७१ निर्णय नं. ९८९ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् ०३३ सालको रिट नम्बर १२१८ आदेश भएको मिति : ०३३।७।३०।२ मा निवेदक : काठमाडौं डी.एस.पी. कार्यालयमा थुनामा रहेको विजय गजानन्द वैद्यको हकमा कुवेरमान वैद्य विरूद्ध विपक्षी : सहसचिव श्री चिन्तबहादुर रा.अ.महाशाखा अर्थमन्त्रालय श्री ५ को सरकार समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) ऐनबमोजिम कसूर गरे नगरेको विषय मुद्दा दायर भइसकेपछि अदालतले विचार गर्ने कुरा हो । दायरै नभएको मुद्दाको तथ्यभित्र नै प्रवेश गरी औचित्यतर्फ विचार गर्न बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट नमिल्ने । (प्र.नं. ९) (२) बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट निजले दिनुपर्ने कर तिरी बुझाइसकेको छ छैन विचार हुने नभई मुद्दा दायर भएपछि अदालतले विचार गर्ने कुरा भएको र उक्त काम बाँकी नै भएकोले यसै हो भनी ठहर गर्न नमिल्ने । (प्र.नं. ११) (३) बन्दीप्रत्यक्षीकरणको रिट गैरकानूनी थुनामा रहेको व्यक्तिलाई मुक्त गर्न प्रभावशाली माध्यम भएको कुरामा कुनै शंका छैन र यस्तो देखेमा यस अदालतको पुनीत कर्तव्य पनि त्यही नै हो । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान व.अ.श्री रतनलाल कनौडिया तथा विद्वान अ.श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. वासुदेव शर्मा १. विपक्षीहरूले भ्रष्टाचार निवारण ऐन, २०१७ लाग्नै नसक्नेमा लगाई अनाधिकार तथा गैरकानूनी थुनुवामा राखी निज भाइको नेपालको संविधान धारा ११(१) समेतले प्रदान गरेको मौलिक हकको हनन गरी बेरीतसँग थुनेको हुनाले नेपालको संविधानको आधारमा निवेदन गर्न आएको छु, बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी बेरीतको थुनाबाट फुर्सद गराई पाउँ भनी रिट निवेदन मिति ०३३।७।९।२ मा दर्ता हुन आएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकारको छ : राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा तपाईंले आफूले गरेको व्यापार कारोवारको नाम मात्रको कर तिरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई हानी पुर्‍याई अरू व्यक्तिसँग मिलोमतो समेत गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको अभियोगमा अनुसन्धान गर्नुपर्दा तपाईंलाई ख. श्रेणीको सिधा खान दिई हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जी दिएको छ भन्ने ०३३।६।२६।३ को र राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा तपाईंले युनाईटेड ट्रेडर्स सिण्डिकेट, युनाईटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. र वैद्य एण्ड कम्पनी समेतको मुख्य मालिक तथा म्यानेजिङ्ग डाइरेक्टर समेत भई गरेको व्यापार कारोबारको तिर्नुपर्ने आयकरमा नाम मात्र आयकर तिरी आफ्नो स्वार्थ सिद्ध गरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई नोक्सान पुर्‍याई अरू व्यक्तिसँग मिलोमतो समेत गरी भ्र.नि. ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको बुझिन आएकोले सो भ्रष्टाचार गरेको अभियोगको सम्बन्धमा तपाईंलाई अनुसन्धानको लागि भ्र.नि. ऐन, २०१७ को परिच्छेद ३ को दफा (३) बमोजिम अदालतको स्वीकृति आदेशानुसार ख. श्रेणीको सिधा खान दिई हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जि दिएको छ भनी मिति ०३३।६।२७।४ मा अर्थ मन्त्रालय (राजस्व अनुसन्धान महाशाखा) बाट निवेदकका नाउँम