निर्णय नं. ९९२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०५/१२ २५३२ निर्णय नं. ९९२ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र ०३१ सालको रिट नं. १४१७ फैसला भएको मिति : ०३२।५।१२।५ निवेदक : सुनसरी जिल्ला इनरूवा गाउँपञ्चायत वडा नं. ३ बस्ने नैनसिंह थापा क्षेत्री विरूद्ध विपक्षी : का.मु. भूमि प्रशासक श्री नारायणप्रसाद पराजुली, भूमि प्रशासन कार्यालय सुनसरी इनरूवा समेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ (१) अ.बं. ७२ नं. ले छुट्टाछुट्टै विषयमा छुट्टैछुट्टै कारवाही गरी निर्णय दिनुपर्ने । (प्र.नं. ९) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री शोभाकार उपाध्याय विद्धान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  आदेश न्या. प्रकाशबहादुर के.सी. १. प्रत्यर्थी भूमि प्रशासन कार्यालयको मिति ०३१।३।१९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. संक्षिप्त तथ्य यसप्रकार छ : रिट निवेदकको नाममा दर्ता रहेको मौजे २७ नं. मध्यशा झोराको साविक कि.नं. १७५ को जग्गा बिगाहा २–०–० मध्ये जग्गा बिगाहा १–१०–० र ऐ. कि.नं. १७३ को जग्गा बिगाहा १३–६–० मध्ये दक्षिणतर्फबाट जग्गा बिगाहा ८–१०–० समेत जग्गा बिगाहा १०–०–० सुनसरी मालबाट मिति ०२६।९।२४ मा पास गराई लिएकोमा हाल सर्भे नापी मधेश गा.पं. वार्ड नं. ५ (क) को कि.नं. ३५,४६, ४७, ५०, ५१, ५२ ५३, ५४, ५६, ५७, ५८ को ससिम र ऐ. कि. नं. ५४ को दक्षिणतर्फबाट नपुग जग्गा बिगाहा ०–१५–९.५ समेत गरी जम्मा जग्गा बिगाहा १०–०–० ऋणीको नामबाट बदर गरी मेरा नाउँमा जग्गा धनी प्रमाणपूर्जा पाउँ भन्ने मिति ०२९।१२।३ को खडगप्रसादको निवेदन र ऋणी नैनसिंहको श्रीमती पदममायाले २७ नं. मधेशा झोराको साविक कि.नं. १७३ को जग्गा विगाहा १३–६–० जग्गा मध्ये ज. बिगाहा ४।०।० लोग्नेसँग मिलापत्रबाट जग्गा प्राप्त गरेको हुँ । उक्त जग्गाको हाल सर्वे कि.नं. यकीन गरी खड्गप्रसाद समेतले उक्त जग्गाबाट जग्गा खरीद गरी लिएको जग्गा छुट्याई भोग बमोजिम कायम गरी जग्गा धनी प्रमाणपूर्जा पाउँ भन्ने पदममाया थापाको मिति ०३१।२।६।१ को निवेदन दावी भएकोमा नैनसिहं थापाको नाममा दर्ता रहेको मधेश गा.पं. वडा नं. ५ (क) को कि.नं. ५४, ३५, ४६, ४७, ५०, ५१, ५२, ५३, ५७, ५८, ५६ को ससिम जग्गा निज नैनसिंहको श्रेस्ताबाट कट्टा गरी खड्गप्रसादका नाममा र ऐ. वडा नं. ५ (क) को कित्ता नं. ६ ससिम नैनसिंहबाट पदममायाका नाउँमा आउने र कि.नं. ४५ को फोट भई हाल कि.नं. ११७ , ११८ कित्ता मध्ये कि.नं. ११८ को ससिम नैनसिंबाट कट्ट गरी पदममायाका नाउँमा जाने र कि.नं. ११७ को जग्गा खड्गप्रसादको नाममा कित्ताफोड भई आएको कि.नं. ११७ को फोड भई हालकायम हुन आएको कि.नं. १२१, १२२ मध्ये कि.नं. १२१ पदममायाका नाउँमा जाने र कि.नं. १२२ खड्गप्रसादको नाउँमा कायम हुने ऐ.कि.नं. ५५ को फिल्ड चेक प्रतिवेदनबाट खडगप्रसादको नाउँमा कायम गर्ने भन्ने भूमि प्रशासन कार्यालय सुनसरीबाट मिति ०३१।३।१९ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको जिकिर निम्न प्रकार छ : निवेदकको दर्ताको जग्गा निवेदकको नामबाट प्रतिपक्ष नं. २ को नाममा नाउँसारी दर्ता गरेको अवैध छ । मिलापत