निर्णय नं. ९९३ - बन्दीप्रत्यक्षकीरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९३ - बन्दीप्रत्यक्षकीरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०८/२० २७१२ निर्णय नं. ९९३ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् ०३३ सालको रिट नम्बर १२२५ फैसला भएको मिति : २०३३।८।२० निवेदक : का.न.पं. वडा नं. २८ बस्ने हाल काठमाडौं डी.एस.पी.कार्यालयमा थुनामा रहेका राधेश्याम सराफका हकमा पुरूषोत्तम पोद्दार विरूद्ध विपक्षी : चिन्ताबहादुर सहसचिव,रा.अ.महाशाखा,अर्थमन्त्रालय,श्री ५ को सरकारसमेत विषय : बन्दीप्रत्यक्षकीरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ (१) निवेदन पर्नुभन्दा अघि थुनामा राख्ने गरेको आदेश पूर्जि कायम भई थुनामा रहेको नहुँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान व.अ.श्री कुसुम श्रेष्ठ, विद्वान व.अ.श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. झपटसिंह रावल १. विपक्षीहरूले लाग्न नसक्ने भ्रष्टाचार निवारण ऐन, २०१७ लगाई अनाधिकार तथा गैरकानूनी थुनामा राखेकोले संविधानद्वारा प्रदत्त मौलिक हक हनन हुन गएको हुँदा बन्दीप्रत्यक्षीकरणको ओदश जारी गरी वेरितको थुनाबाट फुर्सद गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : “राजस्व चुहावटलाई रोक्न सन्दर्भमा जाँचबुझ गर्दा तपाईंले राजस्व चुहावट गरी श्री ५ को सरकारलाई हानी पुर्याइ आफ्नो स्वार्थ सिद्ध गरी अरू व्यक्तिसँग मिलोमतो समेत गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको अभियोग अनुसन्धानको लागि हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जि दिइएको छ” भनी श्री ५ को सरकार अर्थमन्त्रालय (रा.अनुसन्धान महाशाखा) का सहसचिव चिन्तबहादुरले राधेश्याम सराफलाई २०३३।७।१०।३ मा पक्राउ पूर्जि जारी गरिएको रहेछ । ३. “राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा तपाईंले एलाईड वृष्टल कम्पनी, नीटिङ्ग एण्ड ब्रीभिङ्ग मिल (प्रा.) लि. र सराफ इन्टरप्राइजेज समेत फर्म कम्पनी खोली डाइरेक्टर तथा मैनिजिङ्ग एजेण्ट भई गरेको व्यापार कारोबारको तिर्नुपर्ने राजस्वमा नाम मात्रको राजस्व तिरी कर्मचारी समेतसँग मिलोमतो गरी आफ्नो स्वार्थसिद्ध गरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको बुझिन आएकोले सो भ्रष्टाचार गरेको अभियोगमा तपाईंलाई अनुसन्धानको लागि भ्र.नि.ऐन, २०१७ को परिच्छेद ३ को दफा १९ (३) बमोजिम अदालतको स्वीकृत आदेशानुसार हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पुर्जी दिइएको छ’ भनी श्री ५ को सरकार (रा.अ.महाशाखा) का सहसचिव चिन्ताबहादुरले राधेश्याम सराफलाई बेमितिको प.सं.अ.रा.अ.स.स.(२) ५।०३३।३४।२५८ च.नं. ३१० को अर्को पत्र दिइएको रहेछ । ४. उपर्युक्त थुनुवा पत्रहरू बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएका मुख्य जिकिरहरू यसप्रकार छन् । एलाइड् वृष्टल कम्पनीमा राधेश्याम सराफको ३५ प्रतिशत मात्र हिस्सा भएको र सो कम्पनीले निर्धारण भए गरेको कर बुझाइसकेको तथा दश वर्षअघि नै सो एलाइड वृष्टल कम्पनी विघटन भइसकेको छ । नेपाल नीटिङ्ग एण्ड विभिङ्ग मिल्स (प्रा) लि.को राधेश्याम सराफ ५० प्रतिशत हिस्सेदार हुनुहुन्थ्यो । सो मिलको २०२४।२०२५ र २०२६