निर्णय नं. ९९४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०९/२४ २७४१ निर्णय नं. ९९४ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रिट फु.नं. ३४ आदेश भएको मिति : ०३३।९।२४।६ निवेदक : राजविराज नगरपञ्चायत वडा नं. १ त्रिभुवन चोक घर भई का.जि.ओमबहाल डेरा गरी बस्ने हाल काठमाडौं डि.एस.पी.कार्यालयमा थुनामा रहेका खेमचन्द्र चौरडियाको हकमा निजको भाइ ऐ. ऐ घर भई हाल काजी ओमबहाल डेरा गरी बस्ने उम्मेदसिंह चौरडिया विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय राजस्व अनुसन्धान महाशाखा बबर महल काठमाडौंको सहसचिव श्री चिन्तबहादुर बस्नेत समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) राजस्व चुहावटको कसूर भ्रष्टाचार निवारण ऐनभित्र पर्छ पर्दैन, बढी बिगो कायम गरी कारवाही गरेको हो होइन इत्यादि प्रश्न अदालत समक्ष मुद्दा पेश भएको अवस्थामा नै निरोपण गरिने कुरा हो । (प्र.नं. ११) (२) अभियुक्तलाई तारेखमा राख्ने वा धरौट वा जमानीले छाड्ने र धरौट वा जमानी दिन नसकेमा थुन्ने बारे अदालतलाई भए सरहको अधिकार (आवश्यकतानुसार) विशेष प्रहरी अधिकृतले प्रयोग गर्न पाउने र मुद्दा हेर्ने तोकिएको वा गठित भएको अदालतको न्यायाधीशको अनुमति लिई थप ३ महिनासम्म हिरासतमा राख्न सक्ने देखिएको धरौट वा जमानत दिन नसकेमा विशेष प्रहरी अधिकृतले नै थुन्न सक्ने अन्य अवस्थामा अदालतको न्यायाधीशको अनुमति लिनुपर्ने अदालतमा मुद्दा दायर नहुन्जेल विशेष प्रहरी अधिकृतले तहकिकात गर्दा धरौट वा जमानी दिन नसकी हिरासातमा राख्न परे ३ महीना सम्म कुनै व्यक्तिलाई हिरासतमा राख्न सक्ने भ्र.नि.ऐन, ०१७ ले व्यवस्था गरेको देखिने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंह उल्लेखिति मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३३।७।३०।२ मा फैसला भएको मुद्दा फुल बेञ्चबाट दोहोर्याई हेरी गैरकानूनी थुनाबाट छुट्कारा पाउँ भन्नेसमेत खेमचन्द्र चौरडियाको हकमा उम्मेदसिंह चौरडियाले श्री ५ महाराजाधिराज सरकारको हजुरमा चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भएमा र लिफावापत नपुग थप टिकटहरू ४ (चार) दाखिल गरे सर्वोच्च अदालत डिभिजन बेञ्चबाट छिनिएको उक्त विन्तिपत्रमा उल्लिखित मुद्दाको मिसिल झिकाई फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम किनारा लगाई दिनुभन्ने मौसूफ सरकारबाट हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारबाट ०३३।८।२० मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा निवेदकले आफूले गरेको व्यापार कारोबारको नाममात्रको कर तिरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई हानी पुर्याई अरू व्यक्तिसँग मिलेमतोसमेत गरी भ्रष्टाचार निवारण ऐन, २०१७, को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको अभियोगमा अनुसन्धान गर्नुपर्दा तपाईंलाई ख.श्रेणीको सिधा खान दिई हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जि दिइएको छ भनी श्री ५ को सरकार अर्थमन्त्रालय राजश्व अनुसन्धान महाशाखाबाट लेखिएको ०३३।६।२७।४ को पत्र र