निर्णय नं. ९९५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०९/२४ २६७१ निर्णय नं. ९९५ ने.का.प. २०३३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको रि.फु.नं. ४५ आदेश भएको मिति : २०३३।९।२४।६ निवेदक : जि. मोरङ बबिया गा.पं. वडा नं. ६ बस्ने काशिराम राजवंशी विरूद्ध विपक्षी : भूमि प्रशासन कार्यालय मोरङ समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) बाली भराई निष्कासनसमेत गरी पाउँ भन्ने उजूरी लिई निर्णय गर्ने अधिकार भूमि प्रशासकलाई भूमिसम्बन्धी ऐन तथा नियमले दिएको पाइने । (प्र.नं. ११) (२) भूमिसम्बन्धी ऐनको दफा २९ (१) मा निष्कासन गर्न आदेश दिन सक्नेछ भन्ने वाक्यांश भएकोले यो तजविजी अधिकार हो भन्ने कुरामा विवाद भएको नदेखिने । (प्र.नं. १२) (३) भूमिप्रशासकलाई तजबिजी अधिकार भए तापनि न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरिकाले गर्नुपर्ने । न्यायिक निर्णय गर्ने अधिकारीले सवूद प्रमाणको मूल्यांकन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नुपर्छ । आधार नै नदेखाई निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरिकाले निर्णय गरेको भन्न नमिल्ने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंह उल्लिखित मुद्दा : निवेदक ब्रम्हलाल खवास विरूद्ध भूमि प्रशासन कार्यालय मोरङ आदेश न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा यिनै पक्षहरूको बीचको ३० सालको रिट नं. ८४४ को मुद्दामा खारेज गरेको ०३०।८।३ को डिभिजन बेञ्चको निर्णयसँग रूलिङ नमिलेको स.अ.नियमावली, २०२१क.नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : वादी निवेदक काशिराम राजवंशी महेपाल भन्ने महिपाल १ ब्रम्हलाल खवास १ समेतको वाली दिलाई मोही निष्कासन नहुँदा बालीको रू.२००९।६० ब्रम्हलालबाट रू.१४९३। महिपाल खवासबाट वादीले पाउने मोहीबाट निष्कासन गर्नु नपर्ने समेत ठहराई विपक्षी भू.सु. कार्यालयबाट ०३०।३।१९ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक काशिरामले आफ्नो रिट निवेदनपत्रमा विपक्षी भूमि प्रशासकले निष्कासन गर्न नपर्ने भनिएको छ । विपक्षीले निवेदकलाई बाली नबुझाएपछि ऐनले नै मोहीबाट निष्कासन गर्नुपर्ने भन्ने देखिन्छ । बाली मात्र भराई दिने अवस्थामा जिल्ला अदालतको क्षेत्रको हो भन्ने कुरा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ क. र ऐ. को दफा २९ (क) को अध्ययनबाट प्रष्ट गरेकोछ बाली भराई पाउन प्रशासक समक्ष जानुपर्ने देखिदैन । न्याय प्रशासन विविध व्यवस्था ऐन २०१८ को दफा ४ ले जिल्ला अदालतमा फिराद गर्नुपर्ने किन देखिन्छ भने भूमि प्रशासकलाई भूमिसम्बन्धी ऐन नियमले तोकिदिएको छैन । निवेदकले दफा २९ (क) को उपदफा (ग) को म्यादभित्र दफा २९ को १।३ को आधारमा फिराद गरेको छु भन्ने दफा २९ (१) ले निष्कासन गर्न नपर्ने ठहर्छ भनी निर्णय गरेको छ । के कति कारणले निष्कासन गर्न नपर्ने हो सो कुरासम्म पनि निर्णयमा उल्लेख गर्न नसकेको, कुनै बुँदा नै प्रयोग नगरी निष्कासन गर्नु नपर्ने ठहर्छ भनी निर्णय गरेको कानूनी त्रुटी देखिन आएको छ । उत्प्रेषणको आदेश जारी गरी निष्कासन गर्न नपर्ने ठहर्छ भनिएको सम्म निर्णय बदर गराई मोही निष्कासन गरी दिनु