निर्णय नं. ९९७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/२० २६२८ निर्णय नं. ९९७ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको रिट नम्बर : ९४१ आदेश भएको मिति : २०२८।३।२०।१ मा निवेदक : जि. दोलखा माटी गाउँ पं. वडा नं. २ बस्ने छविलाल उपाध्यायको वारेस का.जि. यट्खा बहाल बस्ने कृष्णभक्त मूल विरूद्ध विपक्षी : श्री जिल्ला भूमिसुधार कार्यालय, दोलखा (चरिकोट) को शाखा अधिकृत श्री जगतप्रसाद शर्मा, ऐ.ऐ. माटी गाउँ बस्ने स्वर्गीय मानबहादुर बस्नेत क्षेत्रीको श्रीमती शिवमाया क्षेत्रीनी विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) कुनै सरकारी कर्मचारीले आफ्नो कार्यालयमा पेश भएका कागजपट्टी ध्यानै नपुर्‍याई कसैको भनाइका भरले मात्र कुनै निर्णय गर्दछ भने त्यस अधिकारीले आफ्नो कानूनी दायित्वलाई पन्छाउन खोजेको भन्नु पर्ने । निर्णय गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले कुनै कामका सम्बन्धमा आफ्नो कार्यालयमा कुन कुन कागजहरू दाखिल हुन आएका छन् सो सबै राम्ररी बुझीमात्र निर्णय दिनुपर्ने । यसरी यसको विपरीत आफ्नो कार्यालयको रिकर्डसँग सम्बन्ध राख्दैन भने उसले आफ्नो कानूनी दायित्वलाई आघात पुर्‍याको हुने । (प्र.नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशील कुमार सिन्हा विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लिखित मुद्दा :  आदेश न्या. प्रकाशबहादुर के.सी. १. पूर्व २ नं. दोलखा जिल्ला माटी गाउँ बस्नेत मानबहादुर बस्ते क्षेत्रीले रू. ८०७।– आठ सय सात रूपैयाँ चानचुने साहु तिर्न र दशैंमा खानको लागि म निवेदकसँग ०२३।९।६ गतेको तमसुक बमोजिम ऋण लिएको र साँवा व्याज नबुझाई टण्टा गर्न लागेकोले साँवा व्याज भराई पाउँ भनी चरिकोट जिल्ला अदालतमा नालिस दिएको हुँदा विपक्षीले भू.सु. शाखा अधिकृत जगप्रसाद शर्माकहाँ उजूरी गरेको र विपक्षी शाखा अधिकृत ज्यूलाई मिति ०२७।५।१८ गतेमा नै ३ तीन दिनभित्र चार्ज बुझाई बाजुरा जाने सरूवाको आदेश कार्यालयमा दाखिल भइसकेको थियो तापनि यस मुद्दामा विशेष चाख लिई म्याद काटी मानिस लगाई मलाई पक्राउ गरी झिकाई कार्यालयमा मैले दाखिल दर्ता गरेको १२ नं. फाराम हेर्दै नहेरी निवेदकलाई सफाई सवुत समेतको मौका नदिई मानबहादुरको लगत छैन भनी हप्काई कार्यालयको श्रेस्ता हेरी पाउँ भनेको नमानी बृषलालको नाउँको भरेको छु । यस सम्बन्धमा भरेको छैन भनी ०२७।५।१५ गते बयान लेखी हप्काई सहीछाप गराई दिनु भएकोमा चित्त नबुझी भरपाई कागज हेर्न घरतिर गएको खेस्रा नक्कल भेटाई अर्को दिन कार्यालयमा आउँदा विपक्षीले सोही मिति ०२७।५।२५ मा ऋणको थैली रू.८०७।– र व्याजको हकमा केही उच्चारण नै नगरी भू.सं. ऐन, ०२१ को दफा ४५ बमोजिम साँवा र व्याजको वास्तविक रकम निश्चित गर्नुपर्ने सो नगरी साँवाको मात्र अंक निश्चित गरी कृषि ऋण ठहराई कार्यालयमा गरीराखेको श्रेस्ता नहेरी साहुको हैसियतले भर्नुपर्ने १२ नं फाँटवारी नभएको हुँदा भू.सं. ऐन, ०२१ को दफा ५१ (१) बमोजिम कानूनी मान्यता लोप हुने आसामी उपर रू.८०७।– रूपैयाँको दावा गर्न नमिल्ने ठहराई निर्णय गरी सक्नु भएको रहेछ र भू.सं. ऐन, ०२१ को दफा ४५ (१) ले पुनरावेदन समेत नलाग्ने हुँदा फैसला अन्तिम भई मेरो थैली नै भुस गराई संविधानद्वारा प्रदत्त ११ (२) (ङ) को हक प्रचलनमा बाधा पुर्‍याउनु भएको प्रष्टै छ । त्यसै भू.सु. कार्यालयबाट १२ नं. को फाँटबारीको नक्कल लिई हेर्दा