निर्णय नं. ९९८ - ज्यान मार्न उद्योग गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९८ - ज्यान मार्न उद्योग गरेको भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३२/०८/१५ २७५१ निर्णय नं. ९९८ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको फौज्दारी पुनरावेदन नम्बर ११० फैसला भएको मिति : २०३२।८।१५।२ पुनरावेदक : काठमाडौं जिल्ला त्यौड तँलाछी का.न.पं. वडा नं. २७ घर हाल केन्द्रीय कारागार काठमाडौंमा थुनिएको सूर्यबहादुर मानन्धर विरूद्ध प्रत्यर्थी : बौद्ध प्रहरी छोटी ठाना काठमाडौं र नाती भाइ खड्गीको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान मार्न उद्योग गरेको (१) शंकाको भरमा (अभियुक्त) लाई कसूरदार ठहराई सजाय दिन उपयुक्त नहुने र फौजदारी न्याय सिद्धान्त अनुसार शंकाको लाभ अभियुक्तले पाउनुपर्ने । (प्र.नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लिखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा १. बौद्ध प्रहरी छोटी ठाना र नाती भाइ खड्गीको जाहेरी परी कारवाही भई प्र. सूर्यबहादुरले केशवलाल श्रेष्ठको ज्यान मार्न उद्योग गरेको ठहराई शुरूबाट भएको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भए उपर प्रतिवादी सूर्यबहादुरको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेको छ । २. मेरो छोरा सार्की खड्गी बौद्धमा राँगाको मासु बिक्री गरी बस्ने मानबहादुरको घर पसलमा काम गरी बस्ने गरेको थियो । ०२९।११।१३ का रात ७ : ३० बजे मानबहादुरले सर्किनी भन्नेको घरमा जाँड खाँदा खाँदै उल्टी गरी छादेछ, सार्की खड्गीलाई बोलाई लगेको थियो तिम्रो छोरा सो छाद फ्याँकी फर्की आउँनासाथ मर्यो, लाश हाम्रो घरमा छ भनी कृष्णबहादुर खड्गीले खबर गरेकोले आई हेर्दा मेरो छोरा सार्की खड्गी मरेको रहेछ । को कसको कर्तव्यबाट मर्न गएको हो जाँचबुझ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने मिति ०२९।११।१४।१ को नाती भाइ खड्गीको जाहेरी दर्खास्त । ३. मानबहादुरले छादेको सोर्न भनी आएको सार्की खड्गेले पनि छाद्नेले खाएको रक्सी खाएको थियो, उक्त दिन सूर्यबहादुर मानन्धर मेरो पसल डेरामा आई कुखुरा किनीदेऊ भन्ने इत्यादि कुरा गरी जाँड खाई गएको थियो । ऊ आएपछि पकाइरहेको चिया मेरो लोग्नेले र मैले खाँदा तितो भएको र उक्त दिन मानबहादुरले रक्सी खाँदा छादेको र सार्की खड्गी त्यसरी मरेको थाहा पाइयो । सूर्यबहादुर बराबर आउँथ्यो मिति संझना भएन तिम्रो लोग्नेको केही पनि काम रहेनछ । त्यस्तोसँग किन बस्ने मसँग आउ भनेको थियो । त्यसरी बिहान आई जाँड मात्र खाने सूर्यबहादुरले चिया र रक्सीमा विषालु पदार्थ राखेमा शंका लाग्छ भन्नेसमेत सर्किनी श्रेष्ठनीले प्रहरीमा र सोही मिलान अदालतमा बयानसमेत गरेकी रहिछन् । ४. बौद्धमा सर्किनी भएको पसलमा जाँडरक्सी खाँदा र सर्किनी श्रेष्ठनी लोग्ने स्वास्नी भई बस्ने कुरा हुँदा निजले लोग्ने छँदै कसरी जाने भनेकीले निजको पसलमा ०२९।११।१३ का दिन अं. साढे नौ दश बजेको समयमा मुसा मार्ने औषधि लिई गई पकाइराखेको चियामा र रक्सीको सिसीमा सो औषधिको पुरिया खोली राखिदिएको हुँ । कसैलाई मार्ने उद्देश्यले होइन । उक्त विष खाएपछि बेहोस हुन्छ भन्ने सुनेको र केशव श्रेष्ठलाई बेहोस पारी उपचारको निमित्त अस्पताल भर्ना गरी स्वास्नीलाई भगाई भट्टीको सम्पत्तिसमेत लिई अन्त कतै गई बस्ने कुराको इच्छा लिई सो औषधी रक्सी र चियामा राखेको हुँ । निजलाई मार