निर्णय नं. ९९९ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९९ - जालसाजी भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०९/०८ २८२६ निर्णय नं. ९९९ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३२ सालको फौज्दारी पुनरावेदन नम्बर १२३ फैसला भएको मिति : २०३३।९।८।४ वादी : जि. झापा ज्यामिरगढी गा.पं. वार्ड नं. ९ बस्ने हरिनारायण उपाध्याय विरूद्ध प्रतिवादी : ऐ ऐ. वडा नं. ८ बस्ने टिकाराम प्रसाईं समेत मुद्दा : जालसाजी (१) वादीको हक मेटिने गरी प्रतिवादीले जानाजान आफ्नो गठ मतबाट मिलोमतो गरी राजीनामा गरिदिएको जुन जग्गा हो सोही जग्गा प्र. मध्येलाई रू.२९,०००।– को लिखत खडा गरी गराई राजीनामा गरिदिएको भन्ने कुरा देखिन आएकोले सो टिकाराम प्रसाईंलाई कमला राजवंशीले गरिदिएको राजीनामा लिखत तत्काल प्रचलित मुलुकी ऐन कीर्ते कागजको नं. ३ ले जालसाजी ठहर्ने । (प्र.नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट उल्लिखित मुद्दा : वादी हरिनारायण उपाध्यायको लिखत पारित हुने ठहरेको दे.फु.नं. ५८ फैसला न्या. वासुदेव शर्मा १. जालसाज गरे भन्ने फिराद दावी नपुग्ने ठहराई शुरू झापा जिल्ला अदालतबाट भएको इन्साफलाई सदर ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको छ । २. विपक्षी कमला राजवंशीबाट २८।५।३ मा मैले रू.३३८९४ मा निजका नाउँको जग्गा बिगाहा १३–११–१५ राजीनामा गराई निजका पति उपेन्द्र राजवंशी समेत साक्षी बसी गरिदिएको कागज पास गरी नदिँदा पास गराई पाउँ भनी फिराद दायर गरेकोमा प्र. कमला राजवंशी आसामी र टीकाराम प्रसाईं साहु भई ०२८।५।२ मा भित्रभित्रै मेरो हक मेट्न मलाई लिखत गरिदिएको जग्गा जालसाजबाट अघिकै मिति पारी दोहरा लिखत गर्ने गराउने गरी फिराद दिने समेत गर्ने गरेछन् । नभएका झुठ्ठा कुरा भए गरेको भनी कागज लेखी सहीछाप गरिदिने लिने जालसाजी समेत ठहर्ने हुँदा जालसाँजबाट दोहरा लिखत समेत गरेमा कीर्ते कागजका १८ नं. र लेनदेन व्यवहारका २७ नं. अनुसार आएको छु । कीर्ते कागजका १० नं. ले सजाय समेत गरिपाउँ भन्नेसमेत ०२९।१२।७।३ को फिराद । ३. वादीलाई मैले जग्गा राजीनामा गरी दिएको छैन होइन । वादीले म कमला उपर दायर गरेको लिखत पास मुद्दामा के कसरी लिखत गराउनुभएछ भनी मैले चढाएको प्रत्युत्तरमा दर्शाएकै छु, भन्नेसमेत कमला र वादीले साथै लिखत गरिलिएको भए जग्गाका सबै कागज निजसंगा हुनुपर्ने, मेरो लिखत सत्य साँचो हो भन्नेसमेत टिकाराम प्रसाईं र वादी दावा बमोजिम मैले जालसाज गरेको होइन, टीकारामले कमलादेवीलाई नगद रू.२९०००।– गनी दिई राजीनामा गराई लिएका हुन् । वादी दावा झुठ्ठा हो भन्नेसमेत मुनिलाल र वादीसँग ०२८।२।१३ मा धान मन १ कर्जा लिएको ०२८।५।३ मा नगद रू.३००।– कर्जा लिई सो धान समेत मिसाई ०२८।५।३ मा मेरो पत्नी कमलादेवीका नाउँको ज्यामिरगढी जग्गामध्ये दक्षिणतर्फबाट ०–१८–० जग्गा दृष्टिबन्धक लेखी राखेको छु । सही गर भनेबाट विश्वास परी म र मेरो पत्नी कमलाले सहीछाप गरिदिएको हो । त्यही कागज झुक्याई राजीनामा गराएको रहेछ । सो राजीनामा गरिदिएको नभई सोभन्दा अगाडि नै टीकाराम प्रसाईंलाई सो जग्गा राजीनामा गरेको हुँ । वादी दावा झूठो हो भन्नेसमेत उपेन्द्र राजवंशी समेत जना ४ को संयुक्त प्रतिवादी । ४. धनेन्द्रभद्र राजवंशीले ०३०।१।१३ मा तामेल भएको समाहृवानको म्याद गुज