निर्णय नं. १००० - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००० - लिखत पास भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०९/०८ २३६५ निर्णय नं. १००० ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५८ फैसला भएको मिति : ०३३।९।८।४ मा पुनरावेदक : जि.झापा ज्यामीर गढी गा.पं. वडा नं. ९ बस्ने हरिनारायण उपाध्याय लिखत विरूद्ध विपक्षी : ऐ ऐ. बस्ने कमला राजवंशीनी मुद्दा : लिखत पास (१) वादीको दावी अघिको मितिको पास गरी पाउँ भनी देखिन आएकोले सो राजीनामा लिखत नै सदर मान्नुपर्ने । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तफबाट : विद्वान अधिवक्ता श्री लवदेब भट्ट उल्लिखित मुद्दा : पुनरावेदक चन्द्रबहादुर खत्री विपक्षी क्षेत्रबहादुर अधिकारी भएको लिखत पारीत मुद्दा फैसला न्या. वासुदेव शर्मा १. लिखित पास हुन नसक्ने ठहराई शुरू झापा जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको छ। २. विपक्षीका पतिलाई रोहवरमा साक्षी राखी ०२८।५।३ का दिन मबाट रू.३३८९४।– लिई ज्यामिर गढी पञ्चायत अन्तर्गत वार्ड नं. ९ को जग्गा बिगाहा १३–११–१५ राजीनामा लिखत गरी दिनु भएको म्याद गुजारी पास नगरी दिएकोले पास गराई पाउँ भन्नेसमेत ०२८।११।२४ को वादी। ३. वादी दावीको जग्गा मैले ०२८।५।२ मा टिकाराम प्रसाईंलाई रू.२९०००।– मा राजीनामा गरी दिई सकेको छु । दोहोरो लिखत गरी दिनै नहुने कुरा हुनाले लिखत गरी दिएको छैन । वादी दावी बमोजिम लिखत गरी नदिएको हुँदा सक्कल देख्न पाए नामाकरण गर्नेछु, वादीका झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्नेसमेत कमला राजवंशीनीको प्रतिवादी । ४. ०२८।५।३ को लिखतको सहीछाप मेरै हो दृष्टिबन्धकीको कागज भनी हामी लोग्ने स्वास्नीलाई झुक्याई जालसाजबाट फार्सापत्र खडा गरेको हुँदा बदर गरिपाउँ भन्नेसमेत कमला राजवंशीको वा पदमबहादुरको बयान । ५. कमला र निजको लोग्ने समेत भई राजीनामा लिखत गरिदिएका हुन् झुक्याई लिखत गरे गराएको होइन भन्नेसमेत हरिनारायणको वा मेघनाथको बयान । ६. म मुनीलाललाई पनि दृष्टि कागज भनी झुक्याई सहीछाप गराई लिएका हुन् जालसाज लिखत खडा गरे गराएमा सजाय गरिपाउँ भन्नेसमेत मुनीलालको बयान । ७. हरिनारायणबाट कमलाले रूपैयाँ लिई राजीनामा लिखत गरिदिएकी हुन् । झुक्याई दृष्टिबन्धकीमा नै सही गराइएको होइन भन्नेसमेत मानबहादुर खड्गा क्षेत्रीको बयान । ८. कमला राजवंशीको जालसाजतर्फ दावी डिसमिस हुने ठहरेकोले यसै लिखतको जग्गा ०२८।५।२ गते रू.२९०००।– मा प्रतिवादी कमला राजवंशीबाट राजीनामा गरी लिएको पास गरिपाउँ भन्ने टिकाराम प्रसाईंको पास मुद्दा र सो ०२८।५।२ गतेको राजीनामा जालसाजबाट खडा गरेको हुँदा सजाय गरिपाउँ भन्ने यिनै वादीको जालसाज मुद्दा दायर भएको देखिन आएको जालसाज मुद्दा जालसाज गरेको नठहरी टिकारामले पास गरिपाउँ भनी दावी लिएको ०२८।५।२ को राजीनामा पास हुने ठहरी आजै किनारा भएको हुँदा टिकारामको ०२८।५।२ को लिखत भन्दा वादीको ०२८।५।३ को राजीनामा पछिको देखिन आएको टिकारामको ०२८।५।२ को राजीनामा लिखत पास हुने ठहरेकोले सोही जग्गाको वादीका ०२८।५।३ को लिखत पास गरिपाउँ भन्ने वादीको फिराद दावी पुग्न सक्तैन भन्नेसमेत झापा जिल्ला अदालतको ०३०।६।२।३ को फैसला । उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको प