निर्णय नं. १००२ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००२ - जग्गा खिचोला भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१०/२९ २२८४ निर्णय नं. १००२ ने.का.प. २०३३ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको दे.फु.नं. ११९ फैसला भएको मिति : ०३३।१०।२९।६ निवेदक : का.जि. नक्साल बस्ने वृ.ज. तिलकशमशेर थापा विरूद्ध विपक्षी : जि. सप्तरी मौजे चानवेलमी बस्ने पाण्डव गोहित यादव समेत मुद्दा : जग्गा खिचोला (१) पुरानो मुलुकी ऐन अ.बं. १११ र हाल प्रचलित मुलुकी ऐन अ.बं. ८६ नं. ले जग्गा जिमिदारी दर्ता बहाली पाई उसबखत देखि हकभोग गरिरहने वादीलाई मुद्दामा समावेश नगरी प्रतिवादीले हारजित गरेकोमा वादीले आफ्नो हकमा उजूर गरी निर्णय लिन सक्ने कानूनी व्यवस्था गरेको देखिने । — सम्पत्तिमा दखल पर्न आएका बखत जानी थाहा पाई उजूर गर्न सक्ने अवस्था देखिएको र म्याद थमाई नालिस गरेको समेत देखिनाले म्याद नाघेको भन्ने प्रतिवादीको जिकिर युक्तिसंगत नहुने । (प्र.नं. १२) फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दामा दोहराइपाउँ भन्ने वादी तिलक शमशेरको निवेदन परेकोमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हु.प्र.बमोजिम मुद्दा दोहरी यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : पाण्डव गोहित समेतका नाउँको हनुमाननगर माल तालुक मौजे सिसुवा समेतका ५ मौजाको सरकारी बाँकी बुझाई लिने गरी दाजु शेरजंगले सकार गरी लिई मबाट भोगचलन गरी आएको जग्गा जिमिदारी मध्ये मेरा नाउँमा दाखिल खारिज गरी दिनु भनी जिमिदारी पटवारीलाई पूर्जि पठाएका छौं । धानबाली समेत खान्छु भनी पाण्डवले भन्न आयो भनी खबर आएको र पाण्डवको भाग जति थामी दिने सर्वोच्च अदालतबाट फैसला गरेको दोहर्याई पाउँ भनी निवेदन दिदैंछु भनी विपक्षी भाउजूले भन्नुभयो । अर्कोले हारजित गर्दैमा मेरो हक जानुपर्ने होइन भनी अ.बं. १११ नं. बमोजिम नालिस गर्नुपर्ने मालले पूर्जि गरिदिएको मितिमा थाहा पाएको भन्ने सम्झेमा म्याद जाने भएकोले म्याद थामी नालिस गर्न आएको छु । हाम्रै नाउँमा दर्ता समेत भई १५।१६ वर्ष अछिन्न भोग भइसकेको उजूर गर्ने म्यादै नाघिसकेको अघि छिनेको मुद्दा दोहर्याई हेर्नै नहुनेमा पाण्डवलाई थामी दिने गरी स्पेशलबेञ्चबाट भएको फैसला न्यायोचित भन्न नहुने, मेरो हक लाग्ने जग्गा जिमदारी जाने गरी बीच बीचमा मुद्दा लडी हारजीत गर्ने गराउने अन्यायलाई सजाय गरी सो फैसलाबाट थामी पाएको भनी खिचोला गर्न आएको ५ मौजाको जम्मा जिमिदारी खांगी १५१।।। जिरायत जग्गा बिगाहा ५२।।२ र सो बाहेकको नम्बरी जग्गा बिगाहा ८०।४।३।। मध्ये मेरो भाग जिमिदारी खांगी कं.रू.७५।।।२ खान पाउने जिमिदारी फाँट र त्यसको जिमिदारी जग्गा बिगाहा ३१ऽ२।।२ नम्बरी जग्गाहरूमध्येमा पनि मेरो भाग बिगाहा ४० ४।। समेत जम्मा जग्गा बिगाहा ७१।२।२।। को जग्गा र जिमिदारी खांगी कं.रू.७५।।।२ खान पाउने जिमिदारी समेतको पाण्डवबाट हकदावी छुट्याई पाउँ भन्नेसमेत वादी । ३. वादीले शेरजंगबाट खरीद गरेको भन्न नसकी लिलाममा लिएको साझेदार हुँ भन्ने दावी गरेको, लिलाम सकार गरेको दशआना भाग भन्दा बढी गाभी लिएको मेरो ६ आना भाग मात्र फिर्ता गराई दिएको शेरजंगको मुद्दा सकार गर्ने मोहनकुमारीको हार हुँदैमा मेरो भाग जानुपर्ने होइन भन्ने दावी चल्न नसक्ने शेरजंगले मेरो ६ आना गाभिन पाउने भन्ने सर्वोच्च अदालतबाट फैसला गरे अनुसा