निर्णय नं. १००४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१०/२५ २३५७ निर्णय नं १००४ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको रिट नम्बर १४११ ओदश भएको मिति : २०३३।१०।२५।२ मा निवेदक : राजविराज नगर पञ्चायत वडा नं. १ त्रिभुवन चौक घर भई का.जि. ओमबहाल डेरा गरी बस्ने हाल डि.एस.पी. कार्यालय काठमाडौंमा थुनामा रहेका खेमचन्द्र चौरडियाको हकमा ऐ. ऐ घर भई ऐ. ऐ डेरा गरी बस्ने उम्मेद सिंह चौरडिया विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय राजस्व अनुन्धान महाशाखाको सहसचिव चिन्ताबहादुर बस्न्यात समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) संविधानको अक्षर र मनसाय (letter and spirit) दुवै पालन गर्नुपर्ने श्री ५ को सरकारको गहन जिम्मेवारी र परम कर्तव्य । (प्र.नं. १९) (२) राष्ट्रको हित गर्दा जनताको अधिकारको पनि याद गर्नुपर्ने । अमूल्य स्वतन्त्रता माथि श्री ५ को सरकारले ध्यान राख्नुपर्ने । (प्र.नं. २१) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंह उल्लिखित मुद्दा : २०२३ सालको रि.न. ३२७, २०२४ सालको रिट नं. २६७, २०२२ सालको रि.फु.नं. ६, २०३३ सालको रि. फु.नं. ३४ आदेश १. विपक्षी सहसचिवले ऐन नियमको बर्खिलाप गरी मेरो दाजुलाई थुनी राख्नु भएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैर कानूनी थुनाबाट मुक्त गरिपाउँ भनी नेपालको संबिधानको धारा ७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा निवेदकले आफूले गरेको व्यापार कारोबारको नाम मात्रको कर तिरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई हानी पुर्याई अरू व्यक्तिसँग मिलोमतो समेत गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको अभियोगमा अनुसन्धान गर्नु पर्दा तपार्इंलाई (ख) श्रेणीको सिधा खान दिई हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जि दिइएको छ भनी श्री ५ को सरकार अर्थ मन्त्रालय राजस्व अनुसन्धान महाशाखाबाट लेखिएको २०३३।६।२७।४ को पत्र र राजस्व चुहावटलाई रोक्ने सन्दर्भमा अनुसन्धानको सिलसिलामा बुझ्दा तपाईंले जे.के. एण्ड सन्स (प्रा.) लि. के.सि. इन्टरप्रजाइजेज नामक फर्म समेतको मुख्य मालिक अध्यक्ष तथा डाइरेक्टर समेत भई गरेको व्यापार कारोवारको तिर्नुपर्ने राजस्वमा नाम मात्रको आय र कर तिरी गरेको व्यापार कारोवार र मुनाफा छिपाई आफ्नो स्वार्थ सिद्धी गरी राजस्व चुहावट गरी श्री ५ को सरकारलाई नोक्सान अरू व्यक्तिसँग मिलोमतो समेत गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत पर्ने कसूर गरेको बुझिन आएकोले सो भ्रष्टाचार गरेको अभियोगको सम्बन्धमा तपाईंलाई अनुसन्धानको निमित्त भ्र.नि. ऐन, २०१७ को परिच्छेद ३ को दफा १९ (३) बमोजिम अदालतको स्वीकृति आदेशानुसार (ख) श्रेणीको सिधा खान दिई हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम यो पूर्जि दिइएको छ भनी श्री ५ को सरकार अर्थ मन्त्रालय राजस्व अनुसन्धान महाशाखाबाट निवेदकका नाउँमा २०३३।६।२८।५ मा समेत हिरासतमा राख्न पूर्जि दिएकोमा गैर कानूनी थुनाबाट मुक्त हुन पाउँ भनी मिति २०३३।७।३।३ मा निवेदकले रिट नं. १२०१ को निवेदन दिँदा निवेदकले जमानी दिन नसकेको कारणबाट थुनामा रहेको देखिँदा विपक्षी