निर्णय नं. १००५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००५ - भ्रष्टाचार भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१०/२१ २४२३ निर्णय नं. १००५ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ सालको फौज्दारी पुनरावेदन नम्बर १६५ फैसला भएको मिति : २०३३।१०।२१।५ पुनरावेदक : का.जि. बत्तिसपुतली गाउँ पञ्चायत वडा नं. ६ बत्तीस पुतली बस्ने तत्कालिन त्रिभुवन विमानस्थल भन्सार कार्यालय भं.अ.का हाल महालेखापाल कार्यालयका शाखा अधिकृत ॐकारलाल श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार (वि.प्र.वि.) मुद्दा : भ्रष्टाचार (१) विशेष अदालतमा मुद्दा चलाउने निर्णयतर्फ सो मुद्दामा नै पुनरावेदकले प्रतिवाद गर्न पाउने र अदालतले कानूनबमोजिम ठहर गर्ने विषय हुँदा त्यसतर्फ हाल केही विचार गर्न नपर्ने । प्रस्तावमा र निर्णयमा तथा पुनरावेदकलाई दिइने समेत टाईपिंगमा गल्ती हुन गएको भन्ने कुरा युक्तीसंगत भन्न नमिल्ने । (प्र.नं. १६) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : का.मु. विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : केशवप्रसाद न्यौपाने विरूद्ध श्री ५ को सरकार फैसला न्या. झपटसिंह रावल १. विशेष प्रहरी विभागले प्रस्तुत गरेको आरोपमा श्री ५ को सरकारले पुनरावेदक ॐकारलाल श्रेष्ठलाई भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी ०३०।१०।७ मा निर्णय गरे उपर प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दामा गृह मन्त्रालयमा रहेको सक्कल प्रस्ताव मगाई हेर्दा सो प्रस्तावको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. २०२९।२।२३ का दिन भन्सार कार्यालयको भित्र पस्ने मुल ढोकाको बाहिर पेटीमा एउटा हरियो खोल हालेको सुटकेश दुईजनाले बोकी मोटरमा हाल्न लागेको, सो भन्सार अधिकृतको सहमतिबाट चोरी पैठारी गर्न लागेको, अरू दुवै कार्टुन माल पनि उठाउन लागेकामा शंका लागि रोकी निर्देशकज्यूमा फोनबाट खबर गरेको व्यहोरा पेश गरेको छु । कारवाही गरिपाउँ भनी त्रिभुवन विमानस्थल भन्सारका ख.सुदर्शन शर्माको ०२९।१।२३ को प्रतिवेदन परी कारवाही हुँदा पुरूषोत्तम नामको पार्टीले लाईसेन्सको माल पार्सलको गरी दुई डेलीभरी अडर पेश गर्न ल्याएकोमा मैले सहिछाप गरें । व्यक्तिगत सामानको साधारण एक सुटकेश र लाईसेन्सकोमा केही कागजको बाकस देखेको । वेट अन्दाजी २५।३० किलोको सुटकेश होला । मैले हेरेको र छोडेको लगाएको लुगाफाटो देखि पास गरेको हुँ । मैले भन्सार तिर्नु नपर्ने ठहर्याएको सुटकेश प्रज्ञापन जाँचको उपेन्द्रसँग हुनुपर्छ । दर्ता के.नं.पी. केशवरामलाई भनेको छैन । भन्सार लिनुपर्ने नलिई छोडेकोमा कानूनले जो ठहर्छ भन्नेसमेत भन्सारअधिकृत श्री ॐकारलाल श्रेष्ठको मिति ०२९।१।२३ को कागज बयान रहेछ । ३. हिजो एयरपोर्ट गई थाइ इन्टरनेशनलबाट दुईवटा कन्साईनमेन्टको हस्ताक्षर आदेश लिई फर्की आज बुझ्न आई सो आदेश भन्सार प्रमुखलाई दिई गोदाममा रहेको सुटकेशमा सिंगारका सामान काला चस्मा सारी टाइ र एक व्याण्डको ट्रान्जिष्टर समेतका सामानको मोल रू.१२,०००।– करिब भन्सार महसूल ४०००/५००० तिर्नु पर्ने भन्सार अधिकृतलाई आफ्नो पक्षमा मिलाई पैठारी गर्न लागेकोमा पक्राउ भएको हुँ भन्नेसमेत पुरूषोत्तम दरियानीको बयान । ४. ०२९।१।२९ का दिन सि.नं. १३ मा प्रज्ञापनपत्र मैले दर्ता गरेको हुँ । पिटी दरियाती सिंगापुर १ पिस पुरानो लुगाफाटा भएको भन्ने लेखेको थिएँ । पुरूषोत्तमले छुटाएको माल ख.सु