निर्णय नं. १००७ - उत्प्रेषण लगायतको आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००७ - उत्प्रेषण लगायतको आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ भाग: १८ साल: २०३३ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/०८/२१ २१२१ निर्णय नं. १००७ ने.का.प. २०३३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट नं. १४२२ आदेश भएको मिति : ०३३।८।२१।२ निवेदक : बुटवल खस्यौली न.पं. वार्ड नं. ८ बस्ने भद्रबहादुर कुँवर विरुद्ध विपक्षी : बुटवल खस्यौली नगरपञ्चायत बुटवलसमेत विषय : उत्प्रेषण लगायतको आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ (१) निवेदकको पद दरबन्दीभित्र नरही खारेज भएको हुँदा निवेदकको पदसम्बन्धी हक प्रचलन गर्नुपर्ने अवस्था नदेखिने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लिखित मुद्दा : रि.नं. १२२५ आदेश न्या. झपटसिंह रावल १. विपक्षीको ०३१।९।२८ को निर्णयवदर गरिपाऊँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यस प्रकार छ : बुटवल खस्यौली नगरपञ्चायत कार्यालयका प्रधान अधिकृतले ०३१।१०।१।३ मा ना.सु. पदमा नरहेको जानकारी दिएको भन्ने विषयमा ना.सु. भद्रबहादुर कुँवरलाई लेखेको सूचना पत्रमा “तपाईं यस कार्यालयको तत्कालिन ना.सु पदमा रहँदा ०३१।३।७ का दिन तपाईं कार्यालयमा गैरहाजिर रहनुभएका कारण तत्कालिन का.वा.प्र.पं. ले सो दिनको तपाईंको हाजिरी फाराममा रातोमसीको चिहृन लगाई कैफियत जनाएपछि तपाईंले पछि सोही कैफियत हाजिरमा बिनाअनुमति र स्वीकृति एवं जानकारीबिना सही गरी हाजिर गर्नुभएको भन्ने कारणबाट तपाईंलाई ना.सु. पदबाट सस्पेण्ड गरिएको र सो सस्पेण्डको अभियोगप्रति आवश्यक छानबिन राय ठहर पेस गर्न न.पं. सभाले तत्काल एक छानबिन आयोग (समिति गठन गरेकोमा सो आयोगले दिएको प्रतिवेदन ०३१।९।२८ मा भएको न.पं. सभामा पेस हुँदा ना.सु. भद्रबहादुर कुंवर ०३१।३।७ मा कार्यालयमा हाजिर नभएको का.वा.प्र.पं. ले सो हाजिरी कोठामा रातो रेजा लगाएपछि सो मेटाउन आफ्नो हाजिर जनाउन नीलोमसीले हस्ताक्षर गरेको भविसरा मगर्नीको घरमा नक्सा पास प्रमाण निजले आफैले निजको घरमा पुर्‍याएको न.पं. सभाको भावना रूप नक्सापास समिति र जव्य समितिको निर्णयअनुसार भविसरा मगर्नीबाट बढी जग्गाको बढी रकम लिई नक्सा प्रमाणपत्र दिनुपर्ने सो नगरी न.पं. को आयस्रोतमा हानी–नोक्सानी गरेको र अघि–अघि पनि प्र.पं. हरिबहादुर सिंहको पालामा रू.८१०।२६ गोलमाल गरी सस्पेण्ड रहेको र पछि न.पं. सभाले नसियतस्वरूप ग्रेडरोक्का गरी सस्पेण्ड फुकुवा गरिदिएको तत्कालिन प्र.अ. शोभाकान्त उपाध्यायको पालामा कार्यालयको काममा लापरवाही, संविधान–दिवस तथा श्री ५ महाराजाधिराज सरकारको शुभ–जन्मोत्सव जस्तो महत्त्वपूर्ण राष्ट्रिय समारोहहरूमा भाग नलिने प्र.पं. को आदेश पालन नगर्ने र प्रधानअधिकृतसँग भद्र व्यवहार नगरी अनुशासनमा नबस्ने जस्ता असन्तोष कार्यकलाप रेकर्ड कार्यालयमा रहेको न.पं.को हितलाई ख्याल गर्दा यस्ता कर्मचारीलाई न.पं. मा राख्न उपयुक्त नभएको भन्ने ठहरलाई अनुमोदन गर्दै तपाईं तत्काल बहाल रहनुभएको ना.सु. पद नै ०३१।०३२ आर्थिक वर्षको दरबन्दीमा कटौती भई सोहीबमोजिम दरबन्दी पनि स्वीकृत भइसकेकाले तपाईं सो पदमा स्वतः नरहनु भएकाले सोको तपाईंलाई जानकारी दिने पनि निर्णय भएको हुँदा जानकारी गराएको छु भन्ने उल्लेख भएको रहेछ । ३. उक्त कानून विपरितका कार्य