निर्णय नं. ४८१४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८१४ - अंश चलन भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०८/१० ३१८१ निर्णय नं. ४८१४ ने.का.प. २०५० (ग) अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायधीश श्री उदयराज उपाध्याय सम्वत २०४७ सालको दे.पु.इ.नं. ६४ फैसला मिति: २०५०।८।१०।५ पुनरावेदक/वादी: काठमाडौं जिल्ला काठमाडौं न.पा. वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने सरस्वती खत्री । विरुद्ध विपक्षी/प्रतिवादीहरु: काठमाडौं जिल्ला न.पा. वडानं. ११ त्रिपुरेश्वर बस्ने शिव प्रसाद खत्री र निजको श्रीमती मिना के.सी. मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने निजका छोरा श्रीराम के.सी. समेत। मुद्दा : अंश चलन । (१) वादीले आफ्नो अंश हक लिई नसकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मा लिने व्यक्ति मरि मुद्दा सकार गर्ने प्रतिवादीहरुसँग आफ्नो पतिको अंश पाउन सक्ने । (प्र.नं. ९) पुनरावेदक, वादी तर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवर विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ : विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारी । फैसला न्या. ओमभक्त श्रेष्ठ १. सर्वोच्च अदालतबाट भएको फैसला एकपटक दोहोर्‍याई पाउने हुकुम प्रमाङ्गी वक्स गरी पाउँ भनी सरस्वती खत्रीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा “त्यस अदालतको संयुक्त इजलासबाट २०४४।९।१२ गतेमा निर्णय भएको यसमा लेखिएको अंश मुद्दाको मिसिल झिकाई पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी वक्स भई आएको निवेदक सरस्वती खत्रीको निवेदन वेञ्च समक्ष पेश हुन आएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त विवरण एवम् निर्णय यस प्रकार छः– २. ससुरा कृष्णलालका २ वटी श्रीमतीहरु भएकोमा जेठी श्रीमती (सासु) तर्फका जेठा छोरा शम्भु लाल, कान्छी श्रीमती (सासू) तर्फका हरि प्रसाद, मेरो लोग्ने नारायण प्रसाद, राम नारायण, शिव नारायण समेत भएकोमा देवर शम्भूलाल र पति नारायण प्रसाद पर्लोक भैसकेको हुँदा पति नारायण प्रसादको विर्यबाट छोरा १ छोरी २ जायजन्म भै खान लाउन र अंश समेत विपक्षी प्रतिवादीहरुले नदिएकोले २०२०।६।५ गतेदेखि मानी छुट्टिएको मिति कायम गरी प्रतिवादीहरुबाट तायदाती लिई मेरो लोग्नेको १ भाग अंश छुट्याई पाउँ भन्ने वादीको फिराद पत्र । ३. वादी नारायण प्रसाद, प्रतिवादी बाल कुमारी, हरि प्रसाद समेतका व्यक्तिसँग लोग्न सम्भूलाल छँदै बाल कुमारीले हरि प्रसादलाई बारेश बनाई गरेको अंश मुद्दा बाटै १९९८।१२।१५ गते मानो छुट्टिएको ठहर्‍याई मूल धन रु. ८,८३० विगो पर्न सम्पत्तिको तायदाती लिई सो तायदाती बमोजिम अंश पाउने ठहर्‍याई मध्यमाञ्चल उच्च अदालतबाट फैसला भएकोमा अंश वण्डा छुट्याउन काम बालकुमारी हरि प्रसाद, समेतले मेरो लोग्ने छँद अंशवण्डा नगरी बसेको र वण्डा नहुँदै कृष्ण प्रसाद र शम्भू लालको पर्लोक भएको हुँदा अब अंश गर्नु पर्ने म रुद्रेश्वरी १, बाल कुमारी १, हरि प्रसाद १, शिव प्रसाद १, राम नारायण १, र मर्ने नारायणकी श्रीमती सरस्वती समेत ६ अंशियार छन् भन्ने शम्भूलालको श्रीमती रुद्रेश्वरीको प्रतिउत्तर – पत्र । ४. बेनीभोलेन्ट च्यारिटेवल सोसाइटी गोश्वार त्रिपुरेश्वर चन्द्रघाटको २०२१।११।४ को पत्रमा सरस्वतीले छोरा छोरी समेतले पूर्णश्वर पाकशालामा भात खाई रहेको भन्ने उल्लेख भएको र विपक्षी हाम्रो घरमा रही बुहारी र भाउजु नाता लागेका कसैले भन्न सकेको नहुँदा बेसरोकार व्यक्तिको