निर्णय नं. ६६५२ - अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५२ - अपुताली भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०४/२२ २६९० निर्णय नं. ६६५२ ने.का.प. २०५६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०४९ सालको दे.पु.इ.नं. .... ६१ आदेश मितिः २०५५।४।२२।६ मुद्दाः अपुताली । पुनरावेदक/प्रतिवादीः सर्लाही जिल्ला भेल्हि गा.पं वडा नं. ८ को पञ्चायत पुनर्गठनपछि कायम भएको ब्रम्हपुरी गा.पं. वडा नं. ४ को हाल पुनः कायम भएको भेल्हि गा.पं वडा नं. १ बस्ने रामा कुमारको छोरा सुरज कुमार बाहुन । विरुद्ध विपक्षी/वादीः महोत्तरी जिल्ला साविक धवौली गा.पं वडा नं. ९ को हाल जलेश्‍वर नं.प. वडा नं. ११बस्ने रकटु कुमारको छोरा योगेन्द्रकुमार बाहुन समेत ४ जना । § मृतक राधिकादेवीकी एक मात्र छोरी जनारसी देवी भई निज जनारसी देवीको पनि विवाह भई सकेको र राधिकादेवीको मृत्यु हुनु अगाडी निजसँग एकासगोलमा रहे बसेका अरु हकवाला समेत नदेखिएको अवस्थामा तत्कालीन अपुतालीको २ नं. अनुसार विवादित जग्गाको आधारमा राधिकादेवीकी छोरी प्रतिवादी जनारसीको हक लाग्ने भई आधासम्ममा मात्र वादीहरुको हक पुग्ने देखिन आएबाट पुरै जग्गा प्रतिवादीको हक भोगको भनी वादी दावी नपुग्ने ठहर गरेको शुरु सदर गरेको तत्कालीन जनकपुर अंचल अदालतको फैसला उल्टि गरी विवादीत पुरै जग्गामा वादी दावी बमोजिम हक कायम हुने समेत ठहर्‍याएको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१।१ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । वादी दावीको जग्गामा आधा सम्ममा दावी बमोजिम वादीहरुको हक कायम भै निजहरुका नाउँमा दर्ता समेत हुने । (प्र.नं. १९) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद भण्डारी, विद्वान वरिष्‍ठ अधिवक्ता श्री श्‍यामप्रसाद खरेल अलम्बित नजिरःX फैसलाः न्या. इन्द्रराज पाण्डेः यस अदालत संयुक्त इजलासबाट मिति २०४६।२।१ मा भएको फैसला उपर प्रतिवादीले श्री ५ महाराधाधिराजका हजुरमा चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्‍त भै संयुक्त इजलासबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा एवं ठहर यसप्रकार छः २. मूल पुरुष रकुटुका जेठी श्रीमतीपाटो र कान्छी ननु बाहुनी भएको स्वर्गीय साहिलो पटीका ४ छोरा जेठो राजदेव, माहिला इन्द्र जोगेन्द्र र कान्छो महेन्द्र भएका जेठा राजदेव मरी निजकी स्वास्नी सबुजिया जीवित रहेकी स्व. कान्छी ननु बाहुनीको जेठा छोरा जगदिश कान्छा कुलदिप भएकोमा कुलदिप निसन्तान भई दुवै दम्पत्ति मरी सकेको पहिला जगदिश र पछि निजकी श्रीमती राधिका पनि मरी सकी निजहरुको एकमात्र छोरी जनारसीको भारततर्फ विवाह भएको निज राधिकाको अपुताली खाने हामी वादीहरु बाहेक अरु कोही नभएको र वर्तमान अपुतालीको महलको १।२ नं. बमोजिम मर्ने राधिकाको काजकृया हामीले नै गरी सकेका हुँदा निजको नाममा रहेको महोत्तरी जिल्ला धवौलीको जम्मा जग्गा ०-७-९ हामीले आफ्नो नाममा गराई सकेको र अर्को जग्गा विष्‍णु पुर गा.पं. को जम्मा जग्गा विगाहा २-१९-४-१।२ समेत हाम्रो नाउँमा दर्ता हुनु पर्नेमा भूमि प्रशासन कार्यालय सर्लाहीले प्रत्येकवादीको हक कायम गरी दिएकोमा जनकपुर अंचलाधीश कार्यालयबाट भु.प्र. कार्यालयको फैसला बदर गरी हक कायम गराउन निर्णय भएकोले हामीले पाउने