निर्णय नं. ६६५४ - चितुवाको छाला चोरी निकासी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५४ - चितुवाको छाला चोरी निकासी भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/१०/२८ ३५६३ निर्णय नं. ६६५४ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५३ सालको फौ.पु.नं. .... १५६४ आदेश मितिः २०५५।१०।२८।५ मुद्दाः चितुवाको छाला चोरी निकासी। पुनरावेदक/निवेदकः जिल्ला चिनवन भरतपुर नगरपालिका वडा नं. भोजाड ११ बस्ने मनबहादुर गुरुङ विरुद्ध प्रत्यर्थी/वादीः श्री ५ को सरकार। § न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) हेरिएमा शुरु अदालत निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनि पुनरावेदन अदालते गरेको निर्णयमा तात्वीक भिन्नता भएको मुद्दामा मात्र पुनरावेदन लाग्न सक्ने कानूनी स्थिती देखिन्छ । यस व्यवस्था बमोजिम पुनरावेदक पुनरावेदन तहमा नआएर दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाउं भनी आउनु पर्ने थियो । त्यसमा पनि पुनरावेदकलाई शुरु फैसलाले भन्दा घटी जरिवाना भएको स्थितिमा सोबाट स्वयं पुनरावेदकलाई लाभ भएको देखिन्छ । साथै पुनरावेदक प्रतिवादी ज्ञान बहादुर राई समेत वि. दिल बहादुर राई भएको अंश मुद्दामा प्रतिपादीत सिद्धान्त (ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४ पृष्‍ठ १८५) कायम भै रहेको देखिंदा पुनरावेदन अदालतले गरेको फैसला उपर पुनरावेदन नलाग्नेमा पुनरावेदन परेको देखिन आएको र पुनरावेदन अदालतबाट जरिवाना कम गरिएकोलाई तात्वीक भिन्नता भएको मान्न सकिने विवेकसंगत तर्क केही नहुंदा पुनरावेदनको ‍औचित्य तर्फ विचार गरी रहनु नपर्ने । (प्र.नं. २६) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद तिवारी विपक्षी तर्फबाटः अवलम्बित नजिरः ने.का.प. २०५२ अंक ३, नि.नं. ५०६४ पृष्‍ठ १८५ फैसला न्या. गोविन्द बहादुर श्रेष्‍ठः मुद्दाको संक्षिप्‍त विवरण तथा ठहर यस प्रकार छ । २. मिति २०५०।५।१८ गतेका दिन भ.न.पा. ११ भोजाड बस्ने शेरमान श्रेष्‍ठले चितुवाको छाला बिक्री व्यवसाय गर्न लागी रहेको छ भन्ने प्राप्‍त सुरकार अनुसार पिछा गर्दै जांदा निज शेरमान श्रेष्‍ठ तथा ऐ. ऐ. बस्ने मन बहादुर गुरुङले वनका गस्ती कर्मचारीहरु आएको थाहा पाई निजहरु उक्त छाला लिएर नोरगे हुंदै भ.न.पा. १० बस्ने हिरालाल श्रेष्‍ठको घरमा लुकाई सकेपछि व्यापारी गएको बेला छाला देखाई मोल भाउ गर्न लाग्दा कर्मचारी आएको शंकामा निज शेरमान श्रेष्‍ठले छाला झोला भित्र हाली आफन्त पर्ने भैरव श्रेष्‍ठको घरमा छाला लुकाई भागेर निजको साथमा रहेको मन बहादुर गुरुङ्गले हिरालाल श्रेष्‍ठको घरको खाटमुनी लुके । त्यसपछि हामी वन कर्मचारीहरु गएर दुवै घर पट्टिहरु संग सोधपुछ गर्दा मानिस तथा छालाबारे थाहा नभएको भनी पूर्ण इन्कारी छ ईन्कार गरेको तर पछि मन बहादुर गुरुङ, हिरालला श्रेष्‍ठको घरबाट छाला भएको झोला भैरव श्रेष्‍ठको घरबाट बरामद भएकोले पक्राउमा परेका अभियुक्तहरुलाई टिकोलीमा सुरक्षित राखी फरार रहेका प्रतिवादीहरुलाई समेत वन्यजन्तु ऐन, अनुसार कारबाही गरी पाउन बरामदको छालाको विवरण तपसिलमा उल्लेख गरी प्रस्तुत गरेका भनि ई.व.स. रामानन्दप्रसाद कुर्मि समेतले नारायणघाट पु.ब.का. मा पेश गरेको प्रतिवेदन रहेछ । सि.नं. जात छालाको नाम विवरण कैफियत १ चितुवा पुच्छर देखि अगाडीको छाला टाउकोसम्म दुवैखुट्टाको थान १ लम्बाई ११६ नंग्रा भएको, पछाडी दुवै खुट्टाको गरा ७ वटा नंग्रा चौडाई ३१ भएको ३. आजभन्दा ६।७ दिन पहिला शेरमान श्रेष्‍ठले बाघको छाला ल्याई म