निर्णय नं. ६६५५ - निखनाई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५५ - निखनाई पाउं भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०५/१८ २८०२ निर्णय नं. ६६५५ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५३ सालको दे.पु.नं. .... ३०३९ सम्वत २०५४ सालको दे.पु.नं. .... ४६४५ फैसला मितिः २०५५।४।१८।२ मुद्दाः निखनाई पाउं । पुनरावेदक/प्रतिवादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. २१ बस्ने राम शरण सिंह डंगोल विरुद्ध विपक्षी /वादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. १३ बस्ने बशुमाया महर्जन पुनरावेदक/प्रतिवादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. १३ बस्ने बशुमाया महर्जन विरुद्ध विपक्षी /वादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. २१ बस्ने राम शरण सिंह डंगोल § वादीले पति न्हुच्छे महर्जनबाट मिति२०४२।६।२२ मा गरिलिएको घरसारको लिखतले कानूनी मान्यता ग्रहण गर्न नसकी विवादित घर जग्गा वादीको निर्विवाद हक भोगको भन्ने अवस्था देखिँदैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हक पुग्ने अचल बिक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जूरी दिने बाहेक सो बिक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिम कुनै हकवालाले निखनी लिन चाहेमा पैँतिस दिनभित्र निखनी लिन पाउँछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा विवादित कि.नं. ७६१ को जग्गा वादीको नाममा दर्ता रहे भएको समेत नदेखिएको अवस्थामा सो जग्गामा बनेको घर नाताले कि.नं. ७६१ को जग्गा र सो जग्गाको घर वादीको हकभोगको सम्पत्ति भन्ने देखिदैन कि.नं. ७६१ को सन्धीसर्पन पर्ने भई निखनी पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको पुनरेदन अदालत पाटन समेतको फेसला मिलेको देखिँदा सदर हुने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री बच्चु सिंह खडका विपक्षी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री ईश्‍वरीप्रसाद भट्टराई अवलम्वित नजिरः फैसला न्या. गोविन्दबहादुर श्रेष्‍ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एंव ठहर यस प्रकार छः- २. मेरो पति न्हुच्छे महर्जनले निज पतिकै नाउंमा मा.पो.का. काठमाण्डौमा दर्ता रहेको का.जि. सितापईला गा.वि.स. वडा नं. १(ख) कि.नं. ७६१ को क्षेत्रफल ०-१४-० जग्गा न्हुच्छे महर्जनको मन्जूरीले मेरो दाईजो पेवाबाट आएको सम्पत्तिबाट घर निर्माण गर्न मन्जूरी भई मिति २०४२।६।२२ गतेका दिन मन्जूरीनामाको लिखत गरी लिई म फिरादीले आफैँले घर बनाई घरमा ग्राहक नं. २६-११-२६ को बिजुली बत्ती समेत मेरै नाममा जडान भएको र हालसम्म पनि सोही घरमा बसोबास गरी आएको अवस्थामा विपक्षी राम शरण डंगोल र पति बिचमा मिति ०४७।८।३ र.नं. २९१६ "क" राजिनामाद्वारा रजिष्ट्रेशन पास गरी लिनु दिनु भएको रहेछ । २०४८।१।२५ मा नक्‍कल सारी हेर्दा थाहा भएकोले राजिनामा अनुसारको जग्गा निखनी निखनाई मेरो नाउंमा कायम गराई पाउं भनि मिति ०४८।२।२० गतेका दिन मा.पो.का. मा निवेदन समेत गरेको थिएं । मा.पो.का. समक्ष दिएको निवेदनमा मा.पो.का. काठमाण्डौबाट घर बनाउनु प्राप्‍त गरेको मन्जूरीनामाको कागजबाट प्रमाण बुझि निर्णय दिनु पर्ने हुंदा त्यसरी प्रमाण बुझी इन्साफ गर्ने कार्य कार्यालयको क्षेत्र भित्र नभएकोले ऐनका म्यादभित्र सम्बधि अदालतमा गई तेरो मेरोमा निर्णय गराई आएको बख तकारबाही गर्न सकिने भएकोले उपस्थित दुवै पक्षलाई तारेख छुटाई मिति २०४९।१०।२ गतेका दिन निर्णय गरेको हु