निर्णय नं. ४८१५ - अवहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८१५ - अवहेलना भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०८/१० २५१२ निर्णय नं. ४८१५ ने.का.प. २०५० (ग) अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०४९ सालको पूर्ण इजलास नं. २७ फैसला मिति: २०५०।८।१०।५ पुनरावेदक/निवेदिका : काठमाडौं जिल्ला काठमाडौं न.पा. वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने सरस्वती खत्री । विरुद्ध विपक्षी/लिखित जवाफकर्ता : का.जि.का.न.पा. वार्ड नं. ११ बस्ने बालकृष्ण प्रधान । मुद्दा : अवहेलना । (१) निषेधाज्ञा मुद्दामा वादीले निषेधाज्ञा र अन्तरिम आदेश समेत जारी गरी पाउन निवेदन दिएकोमा अन्तरिम आदेश जारी नभई निषेधाज्ञा मात्र जारी भएको पाइन्छ । विपक्षीले आफ्नो लिखित जवाफमा मैले अदालतको निर्णय मान्दिन भनी भनेको पनि होइन र अवहेलना पनि गरेको छैन भनी उल्लेख गरेको देखिन्छ । विपक्षीले अंचल अदालत समक्ष माफी मागेको समेत देखिएबाट अदालतको अवहेलना गरेको ठहर्दैन भनी बागमती अंचल अदालतबाट भएको फैसला सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४५ साल आषाढ २ गतेको फैसला मनासिव नै देखिंदा सदर हुने । (प्र.नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवर फैसला न्या. ओमभक्त श्रेष्ठ १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छः– २. विपक्षीका नाममा पक्की घर नबनाउनु भनी ०४२।१०।६ मा निषेधाज्ञा जारी हुने ठहर निर्णय भएकोमा विपक्षीले उक्त निर्णयको वास्ता नगरी धमाधम घर बनाउन लागेकोमा अब झ्यालमात्र राख्न बाँकी छ अतः अदालतको अवहेलना गरी घर बनाएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ११ अन्तर्गत यो निवेदन गर्न आएको छु अदालतको अवहेलनामा कार्यवाही गरी हदैसम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराका निवेदन पत्र । ३. अदालतको अवहेलना सम्बन्धमा किन सजाय गर्न नपर्ने हो विपक्षीलाई दिन ७ को म्याद दिईनियम बमोजिम पेश गर्नु भन्ने बागमती अञ्चल अदालतको आदेश । ४. मैले सम्मानित अदालतको अवहेलना गरेको छैन झुठो कुरा लेखी निवेदन दिएको हो । २०४२।१०।६ मा भएका निर्णय उपर श्री म.क्षे.मा पुनरावेदन दायर गरेको छु । घर निर्माण गरी ढलान समेत भई सकेको केबल फिनिसिंग गर्न बाँकी छ, अदालतको अबहेलना गर्न मनसाय अलिकति पनि नभएका कुरा सर्जमिन बुझिएमा स्पष्ट हुने नै छ भन्ने समेत व्यहोराको विपक्षीको लिखित जवाफ । ५. मिति २०४२।१०।६ गतेको आदेश विपरित सो आदेश भएपछि के कस्तो निर्णय वा कार्य गरेको हो भन्ने कुरा प्रष्ट रुपमा खुलाउन सकेको नदेखिंदा यस अदालतको आदेशको अवहेलनामा सजाय गरी पाउँ भन्ने उजुरी जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला । ६. अदालतको आदेश हुँदा हुँदै घर बनाएको कार्य अवहेलना ठहर्‍याउनु पर्ने सो नठहर्‍याएको बागमती अञ्चल अदालतको फैसला त्रुटिपूर्ण छ । बदर गरी निवेदन जिकिर अनुसार अवहेलनामा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र । ७. यसमा यसै लगाउको निषेधाज्ञा मुद्दामा वा.अं.अ. बाट विपक्षीका नाउँमा निषेधाज्ञा जारी हुने ठहरी २०४२।१२।६ मा फैसला भए उप्रान्त निर्णय भएको घर बनाएकोमा अवहेलनामा कारवाही गरी पाउँ भन्ने मुख्य दावी भएकोमा अञ्चल अदालतको उक्त आदेशको विपरित घर बनाएको हो, होइन भन्ने तर्फ नक्सा सर्जमिन गरी निर्णय गर्नुपर्नेमा शो कार्यवाही नै नग