निर्णय नं. ६६५६ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५६ - डाँका भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०५/१५ ६१९२ निर्णय नं. ६६५६ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५२ सालको फौ.पु.नं. .... ११७८ फैसला मितिः २०५५।५।१५।२ मुद्दाः डांका। पुनरावेदक/वादीः रामेश्‍वर प्रसाद यादव समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला रौतहट मुडवला वडा नं. ६ सोचिन्द्र प्रसाद यादव समेत । § फौज्दारी मुद्दामा जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, प्रमाण हुन सक्दैन केवल अपराध अनुसन्धानको आधार मात्र हुन सक्छ त्यसलाई स्वतन्त्र आधार प्रमाणहरुबाट पुष्टी भएको हुनु पर्छ स्वतन्त्र र निविर्वाद सबुद प्रमाणहरुबाट आरोपित कसूरको पुष्टी हुनुपर्छ । प्रहरीमा भएको साविति बयानलाई अन्य प्रमाणहरुबाट पुष्ट्याइ भएको हुनुपर्दछ । जाहेरी दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र कसूरका ठहर गर्नू न्याय कानून समेतबाट नमिल्ने । (प्र.नं. २१) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अलवम्बित नजिरः X फैसला न्याः गोविन्दबहादुर श्रेष्‍ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर भई पेश हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छ । २. मिति २०४६।९।१८ गतेका राती १०:३० बजेको समयमा मुखमा कालो दलि नकाव लगाएर हात हातमा रिभल्वर, छुरी, लाठी समेत हतियार लिएको अपरिचित ७।८ जना डांकाहरु आई म रामेश्‍वर प्रासदको विगो रु. १९,५००। को नगद धनमाल र म सियाराम प्रसादको घरबाट विगो रु. ३७८५। को नगद धनमाल समेत दुवै घरको जम्मा हुने विगो रु. २३,३८५। को नगद धनमाल र विभिन्‍न कपाली तमसुकहरु समेतका लिखत कागजात समेत डांका गरी लगेको हुंदा डांकाहरुको सुराक पत्ता लगाई कानून बमोजिम कारबाही गरी डांका गरी लगेको विगो समेत भराई पाउं भन्‍ने समेत जाहेरवाला रामेश्वर यादव समेतको संयुक्त जाहेरी दरखास्त । ३. रामेश्‍वयर यादव समेतको जाहेरी परेको डांका मुद्दामा अपराधीहरुलाई पक्राउ गर्ने यस कार्यालयबाट खटि जांदा मुडवला वार्ड नं. ६ बस्ने सोचिन्द्र प्रसाद यादवलाई फेला परेको हुंदा पक्राउ गरी दाखेल गरेका छौँ, कारबाही गरी पाउं भन्‍ने समेत व्यहोराको प्र.ना.नि. रघु लामा समेतको प्रतिवेदन । ४. अनुसन्धानको सिलसिलामा पक्राउ परी दाखिला हुन आएका सोचिन्द्र प्रसाद यादवले मिति २०४६।९।१८ गतेका राती हामीहरुको घरमा डकैती गरेकोमा पूर्ण सावित भै मतियारलाई समेत पोल गरी बयान गरेको हुंदा निज सोचिन्द्र समेतभै डांका गरेका हुन भन्‍ने समेत व्यहोराको जाहेरवाला रामेश्‍वर प्रसाद यादव र सियाराम प्रसाद यादवले गरी दिएको संयुक्त सनाखत कागज । ५. म समेतले जाहेरवाला रामेश्‍वर प्रसाद यादव र सियाराम प्रसाद यादवको घरमा डांका गरेका हौँ अन्य ठांउमा डांका गरेको छैन भन्‍ने समेत व्यहोराको प्र. सोचिन्द्र प्रसाद यादवले प्रहरीमा गरेको सनाखत बयान कागज । ६. मिति २०४६।९।१८ गतेका रात जाहेरवालाहरुको घरमा डांकाहरुले डकैती गरी जाहेरी विगो बमोजिमको धनमाल लगेको ठिक हो । सोचिन्द्र प्रसाद यादव र अन्य प्रतिवादीहरु समेत भै जाहेरवालाहरुको घरमा डांका गरेको हुन भन्‍ने समते व्यहोराको मिति २०४६।११।१ को सर्जमिन मुचुल्का । ७. मिति ०४६।९।१८ गतेका रात म आफ्नो घर आगनमा भएको पानीको धारामा पानी तानी रहेको अवस्थामा डांकाहरु आई मलाई