निर्णय नं. ६६५७ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५७ - भ्रष्टाचार भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०४/११ २७४१ निर्णय नं. ६६५७ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्रीअरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५२ सालको फौ.पु.नं. .... १३११ फैसला मितिः २०५५।४।११।२ मुद्दाः भ्रष्‍ट्राचार । पुनरावेदक/प्रतिवादीः जिल्ला चितवन भरतपुर न.पा. वडा नं. १० बस्ने गुरुदत्त बरालको जाहेरीले श्री ५को सरकार । विरुद्ध प्रत्यर्थी /प्रतिवादीः जिल्ला रुपन्देही सालझण्डी गा.वि.स. वडा नं. २ बस्ने यमलाल भट्टराई समेत । § प्रतिवादीहरुले कम्पनी ऐन, २०२१ अनुसार वेलफेयर जनरल कम्पनी प्रा.लि. स्थापना गरेको कुरा वाणिज्य विभागको मिति २०४६।१०।२९ को पत्रबाट पुष्टि हुन आयो । तसर्थ कम्पनी ऐन अन्तर्गत दर्ता भएको संस्था भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ अन्तर्गत पर्ने भएन । प्रतिवादीहरु राष्ट्रसेवक नभएको कुरा आरोपकर्ताले स्वीकार गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम मुद्दा दर्ता गराएको अवस्था छ । कम्पनी ऐन, २०२१ अन्तर्गत प्रतिवादीहरुले दर्ता गराएको संस्था श्री ५ को सरकारको स्वामित्व भएको संस्था पनि देखिएन । प्रतिवादीहरुले गरेको हानी नोक्सानीको सम्बन्धमा कम्पनी ऐन, २०२१ अनुसार नै कारबाही हुन सक्ने नै देखियो । प्रतिवादीहरुले वेल फेयर जनरल कम्पनी प्रा.लि. को नियम तथा शर्त बमोजिम गरी पाउन कम्पनी ऐन अन्तर्गत कारवाही चलाउन पाउने नै देखिन्छ । यसर्थ प्रतिवादीहरुले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिमको कसूर देखिन नआई प्रतिवादीहरुले भ्रषटाचारको कसूर गरेको भन्न नमिल्ने भनी प्रतिवादीहरुलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मनासिव हुँदा सदर हुने । (प्र.नं. १७) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति प्रत्यर्थी वादी तर्फबाटःX अवलम्वित नजिरः X फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत हेटौंडाको मिति २०५१।१०।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अन्तर्गत पर्ने आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः २. विपक्षीहरु मिली वेलफेयर जनरल कम्पनी खोली ग्राहकहरुबाट रकम उठाएकोमा उक्त रकमहरु ग्राहकहरुलाई फिर्ता गर्नु पर्नेमा फिर्ता नगरी भ्रष्‍ट्राचार गरेकोले कारबाही गरी पाउं भन्ने गुरदत्त बरालको उजुरी निवेदन । ३. म यमलाल र लाल बहादुरले वेलफेयर जनरल कम्पनी खोलेका हौँ । सो कम्पनी वाणिज्य मन्त्रालयबाट स्वीकृति प्राप्‍त छ र त्यसको अफिस ठाउं ठाउंमा खोल्दै गएका छौं । कम्पनिका संचालक हामी तीन जना छौ भन्ने समेत व्यहोराको चेत बहादुर विश्‍वकर्माको बयान कागज । ४. वेलफेयर जनरल कम्पनी प्राइभेट कम्पनी हो । २०४६ फाल्गुण १० गते देखि खोलेका हौं । यसको प्रधान कार्यालय नारायणगढ सुपर मार्केट भवनको तेश्रो तलामा छ । यसका शाखाहरु बुटवल, बनेपा, हेटौंडा, पनौती समेतमा छ । म ३५% लाल बहादुरको ३५% र चेत बहादुरको ३०% हिस्सा खाने गरी वाणिज्य विभागबाट रजिष्‍ट्रेशन गरी फर्म खोलेको हौं । म प्रबन्धक लाल बहादुर वि.क. केन्द्रीय निर्देशक र चेत बहादुर वि.क. संचालक समितिको सदस्य हुन् । ४, ५ लाख जति रकम उठाइएको हुनपर्छ । उठेको रकम तलब फिल्ड भत्ता दिंदा सकियो । अरु पाटनरले रकम जम्मा नगरेकोले मैले पनि गरिन । रकम जम्मा गरि कारोबार संचानल गर्नु पर्ने हो । रकम लिई स्टाफ भागी दिनाले मौज्दात रकम नभएको कारण ढीला हुन गई ग्राहकलाई समयमा क