निर्णय नं. ६६५८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५८ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०६/२८ ३३४९ निर्णय नं. ६६५८ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्रीअरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल सम्वत २०५२ सालको दे.पु.नं. .... ३२९०,२७७० फैसला मितिः २०५५।६।२८।४ मुद्दाः लेनदेन। पुनरावेदक/प्रतिवादीः सप्‍तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ हाल राजविराज नगरपालिका वडा नं. ९ बस्ने अहिल्यादेवी वैश्‍यनी समेत । विरुद्ध प्रत्यर्थी /वादीः सप्‍तरी जिल्ला वोरिया गा.वि.स. वडा नं. ४ बस्ने केदारप्रसाद देव समेत। पुनरावेदक/प्रतिवादीः सप्‍तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ बस्ने गंगादेवी वैश्‍यनी विरुद्ध प्रत्यर्थी /वादीः ऐ. ऐ. वोरिया गा.वि.स. वडा नं. ४ बस्ने केदारप्रसाद देव समेत। § रजिष्ट्रेसनको ६ नं. मा रजिष्ट्रशेन गराउन पर्ने घरसारको लिखत रजिष्ट्रेशन नगराइ लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्दैन थैली परेमा सो थैली र लिखत बमोजिम ङ्गङ्को सम्पत्ती भोग गर्न नपाएकोमा भोग गर्न नपाएको जतिको कानूनबमोजिमको ब्याज समेत साहुले कपाली सरह भराई लिन पाउंछ र कपाली सरहको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र नालेश लाग्न सक्ने कानूनी व्यवस्था भएको र लेनदेन व्यवहारको ४० नं. मा सो लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएकोमा बाहेक अरुमा भए गरेको मितिले दुई वर्षभित्र नालेस नदिए लाग्न नसक्ने भन्ने व्यवस्था गरेबाट उक्त लेनदेन व्यवहारको महलको अन्य दफाहरुमा हदम्याद नलेखिएको कलममा मात्र लेनदेन व्यवहारको ४० नं. हदम्याद आकर्षित हुने र रजिष्ट्रेशन पारित गराउनु पर्ने लिखत पारीत गरी नदिएकोबाट कपाली हुन गएकोमा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुन सक्ने । (प्र.नं.१६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्‍ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद भण्डारी प्रत्यर्थी वादी तर्फबाटः X अवलम्वित नजिरः ने.का.प. २०५४, अंक ५, नि.नं. ६३८० र , ने.का.प. २०५४, अंक १०, नि.नं. ६४५३ फैसला न्या. दिलीपकुमार पौडेलः पुनरावेदन अदालत राजविराज, सप्‍तरीको मिति २०५२।१।२४।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्ने आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ । २. विपक्षीका स्वर्गिय लोग्ने, बाबू, ससुरा महाविर लाल देवले म संग मिति २०३८।१२।१६ गते रु. ६७,०००। बुझी आफ्नो नाउं दर्ताको जिल्ला सप्‍तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ (क) कि.नं. १ को १.१.१५ कि.नं. १६२ को १.१२.४ जग्गाको सुक्रि बिक्री राजिनामा लिखत लेखि दिनु भएकोमा सो राजिनामा पारित नहुंदा रजिष्‍ट्रेशनको ६ नं. ले कपाली हुन आएको सो सांवा ब्याज निज महाविर लाल जिवित हुँदा निजसंग र निजको मृत्यु पश्‍चात निजको हक खाने प्रतिवादीहरुसँग माग गर्दा आज भोली गरी टार्दै आएकोले अन्यायामा परी महाविरको अपुताली हक खाने यी प्रतिवादीहरु उपर नालेश गरेको छु । सावां रु. ६७,०००। को आज मिति ०४८।१२।१३ गते सम्म ९-११-२७ को हुने ब्याज रु. ६६९४४।१७ समेत जम्मा सांवा ब्याज रु. १,३३,९४४।१७ र लागेको कोर्टफि समेत भराई पाउं भन्‍ने वादीको फिराद पत्र । ३. वादीको दाता महाविरलाल र मेरो लोग्ने देवनारायण बिच रितपूर्वक बण्डापत्र मिति २०२०।४।३२ मा पास भएको हुंदा महाविर सगोलको अंशियार होइन । महाविरको अपुताली ख