निर्णय नं. ६६५९ - नापी निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६५९ - नापी निर्णय बदर भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०३/१६ ३४१९ निर्णय नं. ६६५९ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्रीहरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५२ सालको दे.पु.नं. .... २८७१ फैसला मितिः २०५५।३।१६।३ मुद्दाः नापी निर्णय बदर । पुनरावेदक/प्रतिवादीः पर्सा जिल्ला वीरगंज न.पा. वडा नं. १० बस्ने भरत प्रसाद साह कानू समेत । विरुद्ध प्रत्यर्थी /वादीः ऐ. वडा नं. १० बस्ने महजनी कनूईन § जग्गा (नाप, जाँच) ऐन, २०१९ को दफा ६(७) बमोजिम जग्गा नाप जाँच हुँदा तेरो मेरो सम्बन्धी प्रश्‍न उठेमा तोकिएको अधिकारीले सो कुराको दुवै पक्षको प्रमाण जाँची जुन पक्षको प्रमाण बलियो देखिन्छ त्यसै पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भई नआए सम्ममका लागि अस्थायी दर्ता गर्ने निर्णय गरी सम्बन्धित पक्षलाई त्यसको निस्सा दिनेछ । चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय उपर पैँतिस दिन भित्र अदालतमा उजूर नगरेमा उक्त निर्णय अन्तिम हुनेछ र सोही अनुसार सम्बन्धित व्यक्तिको नाममा जग्गा दर्ता हुनेछ । उजुर परेमा अदालतबाट भएको अन्तिम निर्णय भई आए बमोजिम दर्ता गरिने छ भन्‍ने स्पष्‍ट व्यवस्था भए अनुसार नापी टोलीले मिति २०४८।९।४ को निर्णयमा चित्त नबुझे पैतीस दिन भित्र पर्सा जिल्ला अदालतमा उजुर गर्न जानू भनी सुनाएको देखिन्छ । यसरी प्रष्ट कानूनी व्यवसायको आधारमा नापीबाट उजूर गर्न जानू भनी सुनाएको निकाय पर्सा जिल्ला अदालतमा तोकिएको म्याद भित्र उजुर नगरी अधिकार क्षेत्र भित्रै नपर्ने पुनरावेदन अदालत हेटौँडामा दायर भएको पुनरावेदन पत्रमा उक्त अदालतले पुनरावेदन सुनि तथ्य भित्र प्रवेश गरी निर्णय गरेको देखिँदा उक्त निर्णयमा न्याय प्रशासन ऐन, २०४८ को दफा ७ बमोजिम अधिकार क्षेत्रात्मक त्रुटी देखिनुका साथै पुनरावेदक(प्रतिवादी) मालपोत कार्यालय काठमाडौँ विरुद्ध मुकुन्दप्रसाद अर्याल भएको उकास जग्गा दर्ता मुद्दामा यस अदालत पूर्ण इजलासबाट मिति २०५३।३।६।५ मा (ने.का.प. २०५३, अंक ७, पृष्‍ठ ५४७, नि.नं. ६२२५) "न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) ले पुनरावेदन सुन्ने अधिकार नै नभएकोमा अधिकार क्षेत्र ग्रहण गरी निवेदकको पुनरावेदन सुनि गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी देखिने" भनी प्रतिपादित नजिरको विपरित समेत देखिँदा पुनरावेदन अदालत हेटौँडाले गरेको निर्णय क्षेत्राधिकारको त्रुटीयुक्त हुँदा सो पुनरावेदन खारेज गर्नु पर्नेमा निर्णय गरेको नमिलेकोले उल्टी हुने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री दीपकराज भण्डारी विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री दीपकप्रसाद खरेल अवलम्वित नजीरः ने.का.प. २०५३, अंक ७, पृष्‍ठ ५४७, नि.नं. ६२२५ फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।२।१८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दपा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः २. वि.न.पा. वार्ड नं. १९ को ट्रिग सिट नं. ०३९१-०३ को कि.नं. ४६, ४९, ५१ मा घुसि नापी भएको भनी महजनि कनुइनको निवेदन परी कारबाहीको निमित्त हाजिर भै कि.नं. ४६ को पूर्व तर्फबाट ८ आठ धुर कि.नं. ४५ को पश्‍चिम तर्फ ०-०-१३-२ तेह्र धुर २ कनुवा कित्ताकाट गरी मेरा नाममा नापी भएको कि.नं. ४८ मा समावेश गरी पाउं भनी साविक ज.ध. पूर्जा एवं मालपोत रसिद समेतको नक्‍कल राखी सनाखत बयान गरेको । ३. त्यसमा कारबाहीको सिलसिलामा कि.