निर्णय नं. ६६६० - जोत कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६६० - जोत कायम भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०५/१३ २४८० निर्णय नं. ६६६० ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्रीहरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०४६ सालको दे.पु.नं. .... ४८३ फैसला मितिः २०५४।५।१३।६ मुद्दाः जोत कायम। पुनरावेदक/प्रतिवादीः दानरत्नको छोरा का.जि. का. न.पा. वडा नं. २१ ज्यावहाल बस्ने भाजुरत्न शाक्य । विरुद्ध प्रत्यर्थी /वादीः का.जि. का. न.पा. वडा नं. २१ रघुविर जोशी । § विवादित घरजग्गाको सम्बन्धमा वादी प्रतिवादीको बीचमा मुद्दा परी पटक पटक निर्णय भै निर्णयहरु अन्तिम रुपमा रहेको देखिनुका साथै प्रतिवादीले वादीबाट बाली बुझी गरि दिएका कुत बुझेको भरपाई समेतबाट विवादित घरजग्गामा वादीको घरवास रहे भएको र वादीको आमा सिद्देश्वरीले राजीनामा पारित गरि खरिद गरि लिएको घरबासको जग्गा वादीले बकसपत्रबाट हक प्राप्त गरेको छ । भूमि सम्बन्धी ऐन, २०२१ आउनु पूर्व नै ४५ वर्ष अगाडि घर जग्गामा बसेको वादिलाई उपरोक्त प्रमाण र वादी प्रतिवादी बीचको व्यवहारबाट मोहि स्वीकार गरेको लिखत प्रमाणबाट प्रमाणित रुपमा देखिएबाट पुनरावेदक प्रतिवादीले हाल आएर खण्डन गर्न खोजेको जिकिर मनासिव नदेखिने । (प्र.नं. १७) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री रामप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी अवलम्वित नजीरःX फैसला न्या. हरिप्रसाद शर्माः मध्यमान्चल क्षेत्रीय अदालतबाट अनुमती नदिए उपर पुनरावेदनको अनुमतिका लागि पर्ने आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. साविक बागबजार २५८ को ४ रोपनी जग्गा मध्येको हाल नापी बमोजिम का.न.पं. वडा नं. ३१ को १-२-३-२ को घर जग्गा साविक देखि नै घर कम्पाउण्ड बनाई बसोबास समेत गरी आएको उक्त जग्गाका जग्गाधनी लुमडी गुठी भाजुरत्न शाक्यले बाली नबुझेकोलले गुठी संस्थानमा बाली धरौट राखि आएको घर बासको जग्गाको मोही कायम गरी मोहियानी हकको प्रमाण पत्र पाउं भन्ने समेत व्यहोराको रघुविर जोशीको ०४३।३।१५ को निवेदनपत्र । ३. विपक्षीले दावी लिएको जग्गा निज मोही भै जोति आई घरबास गरेको २०३१ सालको बाली मुद्दामा समेत दावी लिन सक्नु पर्ने र पछि बनाएको घर भए जग्गाधनिको मन्जुरी समेत पेश गर्न सक्नु पर्नेमा सो गर्न नसक्नु भएको र भु.सु. ऐन २०२१ को दफा ३४ बमोजिम मोहीले कबुलियत गर्न नसकेको समेतबाट दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको भाजुरत्न शाक्यको प्रतिउत्तरपत्र । ४. दावीको कि.नं. ११६ को जग्गामा फिल्डबुकबाट समेत घरबास भन्ने उल्लेख भै कैफियत महलमा मोही रघुवीर जोशी भन्ने उल्लेख भएको बाली मुद्दामा पनि रघुविर जोशीलाई ने मोही कायम गरेको साथै का.न.पं. को मिति ०२९।१२।८ को निर्णय र ०४२।६।२२ को सर्जमिनबाट समेत घर कम्पाउण्ड देखिंदा जग्गाधनीले मेरो घर समेत भनि दावि लिएको समेत नदेखिई प्रतिवादीको घर जग्गानै देखिंदा दावीको जग्गामा वादीको जोत कायम हुने भै ज.ध.प्र.पु. समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय काठमाडौंको फैसला । ५. मेरो एकलौटी हक भोगको उल्लेखित कि.नं. ११६ को जग्गामा विपक्ष कहिल्यै पनि मोही हुनुहुन्न । विपक्षीले आजसम्म जोताहाको अस्थाइ निस्सा प्राप्त गर्न सक्नु भएको छैन