निर्णय नं. ६६६१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६६१ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/०८/२८ २३७२ निर्णय नं. ६६६१ ने.का.प. २०५६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५१ सालको फौ.पु.नं. .... १०९९ फैसला मितिः २०५५।८।२८।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः रामसवरिया देवि चमैनको जाहेरिले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी /प्रतिवादीः जि. पर्सा हरपुर गा.वि.स. वडा नं. २ बस्ने, शंकरदास थारु समेत जम्मा २६ जवान । § इन्कारी जबसम्म शंकारहित प्रमाणबाट पुष्टि हुँदैन तबसम्म सो इन्कारीले मात्रै विश्वासिलो प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन भने अर्कोतर्फ शंकरदास थारुले लाठीले मृतक पन्नालाललाई हिर्काएको भनी जाहेरवालीले किटानीसाथ लेखि दिएकी, वारदातका चश्मदिद व्यक्ति जिउतरामले मृतकलाई प्रतिवादी शंकरदासले टाउकोमा हिर्काएको भनी किटानीसाथ लेखाइ दिएको र लाश जाँच रिपोर्टमा Head injury को कारणबाट मृत्यु भएको देखिने भनि उल्लेख भएबाट जाहेरवालीको भनाई र जीउतराम समेतका व्यक्तिको भनाईलाई उक्त लाश जाँच रिपोर्ट र लाश प्रकृति मुचुल्काबाट समर्थित हुन आउँछ । यस्तो स्थितिमा प्रतिवादी शंकरदास थारुले केबल अदालतमा गरेको इन्कारी बयानलाई आधार लिई निजले कसूर गरेको होइन भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ४६) पुनरावेदक वादी तर्पबाट विद्वान अधिवक्ता श्री नन्दबहादुर सुवेदी विपक्षी प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई अवलम्बित नजीरः X फैसला न्या. इन्द्रराज पाण्डेः पुनरावेदन अदालत हेटौँडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्ने आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः २. पंचायतको चुनावमा प्रधान पंचको उम्मेदवार रामचन्द्र साहतेलीले मेरो छोरालाई प्रचार प्रसरा गर्न राखेकोमा अर्को पक्ष छविकान्त दासले मेरो प्रचार गर भनेकोमा छोराले नमानेको हुदा रिसाई मैले चुनाव हारेँ भने तलाई मार्छु भन्दै आएका थिए, चुनावमा छविकान्तको हार भयो र निजको भाई विश्व महोन ०४४।३।२ गतेको बिहान ८ बजे आफ्नो पक्षका मानिस तथा लाठी भाला लिई प्र.पं. रामचन्द्रको पक्षका मानिसहरुलाई कुट्ने भन्दै बाटोमा पर्ने जिउत रामको घर देखि यो पनि विपक्षीको घर हो भत्काइ देउ भनी भत्काउन लागेको तथा सोरसुनी के भयो भनी मर मेरो छोरा पन्नालाल खेत तर्फ गएका थियौँ, विपक्षीहरुले हामीलाई देख्ने बित्तिकै हरपुर वा.नं. ३ बस्ने शंकरदास थारुले पुरानो दुश्मन यहि हो, मारौँ भन्दै वचन दिई आफू आई हातमा लिएको बाँसको लाठिले प्रहार एकाएक छोरालाई निजको जिउमा हानेको देखि विश्वमोहन दास थारुले पनि बासकै लठ्ठीले प्रहार गरे अन्य ९ जनाले छोरालाई चारै तर्फबाट घेरी प्रहार गरेकोमा मरे भनी कराएपछि गाउंको मानिस आउँदा विपक्षीहरु भागि बेपत्ता भए, गाउंकैल सहयोगबाट छोरालाई उपचारको लागि विरगंज अस्पतालमा लगेकोमा डाक्टरले मृत्यु भैसकेको छ भनेको हुंदा जाहेर गर्न आएको छु । पोष्ट मार्टमको कार्य गरी लास सदगत गर्न जिम्मा पाउं र निजहरुलाई सजाय गरी पाउं भन्ने समेत जाहेरी दरखास्त । ३. नारायणी अन्चल अस्पताल अगाडी बाटो पश्चिम दुई तले घर उत्तर वरण्डा दक्षिण बाटो घर यति चार किल्ला भित्र पूर्व खुट्टा पश्चिम टाउको भै मृतकलास पुरानो लुंगीले छोपेको हटाई हेर्दा नाकबाट र्याल सिंगान आई गालामा लागि भूंइसम्म जमेको मुखबाट रगत मिश्रित र्याल निस्क