निर्णय नं. ६६६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६६७ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०५/११ ४०६४ निर्णय नं. ६६६७ ने. का. प. २०५६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्यय माननीय श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत २०५३ सालको फौ.पू.इ.नं..........२५ फैसला मितिः २०५५।५।११।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः राम नारायण पाण्डेको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी /प्रतिवादीः जि.सप्तरी राजविराज नगरपालिका वडा नं. ४ बस्ने खतन साहुको छोरा शिवजी साहु तेली समेत जम्मा ३ । § नजीरको विषयवस्तु मुद्दाको प्रकृति मिलेको हुनुपर्दछ । तथ्य र कानूनी प्रश्न समान भएको अवस्थामा मात्र नजीर ग्राह्य हुने । (प्र.नं. ३२) § प्रस्तुत पुनरावेदन शुरु जिल्ला अदालतको फैसला उपर तत्कालीन सगरमाथा अंचल अदालतमा पुनरावेदन परी सो अंचल अदालतको फैसला उपर तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतमा परको पुनरावेदन पुनरावेदन अदालत राजविराजमा सरी सो पुनरावेदन अदालतले अंचल अदालतको फैसला उल्टी गरे उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । अंचल अदालतको पुनरावेदन सुनी गरेको फैसला उपर गरेको पुनरावेदनमा पुनरावेदन अदालतले अंचल अदालतको फैसला तल माथि हुने गरी फैसला गरे पनि त्यस्तो अवस्थामा अंचल अदालतलाई शूरू अदालत मान्न नमिल्ने र त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन लाग्न नसक्ने भनी यस अदालत वृहद पूर्ण इजलासबाट ने.का.प. २०५२ पृ. १८५ र पुनरावेदक वादी राम चलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा २०५२।१।१५ मा निर्णय भएको मुद्दामा पनि समान स्थिति रहुनका साथै यस मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलाबाट १० वर्ष कैद भएको अवस्था नभएको र यस अदालतमा साधक जाहेर गर्नु पर्ने अवस्थाको मुद्दा समेत नदेखिँदा उल्लेखित कानूनको परिपेक्ष्यमा यस मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने र यस अदालतको पुनरावेकीय क्षेत्राधिकार आकर्षित हुने अवस्था देखिन आएन । प्रचलित अन्य कानूनको समेत प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न सक्ने अवस्थाको नुहँदा यस्तोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेर्न निवेदन लाग्ने कानूनी मुद्दा देखिदा पुनरावेदन गरेको कानूनसंगत नदेखिने । (प्र.नं. ३६) पुनरावेदक वादी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता श्री सरद कुमार खड्का विपक्षी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री शंभु थापा र श्री कृष्ण प्रसाद सापकोटा । अवलम्बित नजिरः ने.का. प. २०५२, पृ. १८५ फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०४९।३।१४।१ को फैसला उपर यस अदालतमा परेको पुनरावेदनमा संयुक्त इजलासका न्यायाधिशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यस प्रकार छः २. मिति २०४२।१२।३।१ मा रानी शिवजी साहुकी श्रीमती गुडी साहुनीलाई कर्तव्य गरी हो वा भवितव्य परी आगोलागी जिउमा लगाएको साडी डढी घाइते भएकोले निजलाई उपचारको लागि दरभंगा तर्फ लाँदा बाटैमा मृत्यु भएकोले राजविराज बजारमा कर्तव्य गरी आगो लागाई मारेको भन्ने हल्ला चर्चा भएकोले आजसम्म जाहेर नगरी लास दवाएकोले कानुन बमोजिम गरी पाउँ भन्ने प्रहरी भूपाल मान कार्कीको मिति ०४२।१२।१० गतेको प्रतिवेदन । ३. शिवजी साहुको घरमा गै हेर्दा फुटेको चुराको टुक्राहरु कपडा डढी कालो