निर्णय नं. ६६६८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६६८ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०५/१९ ४४२५ निर्णय नं. ६६६८ ने.का.प. २०५६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री टोपबहादुर सिंह संम्वत् २०५१ सालको दे.पु.ई.नं. .....६४ फैसला मितिः २०५५।५।१९।६ मुद्दाः लेनदेन । पुनरावेदक/वादीः जि.सप्तरी गा.वि.स कोइलाडी वडा नं. १० वस्ने अनिल कुमार सिंह विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.गा.वि.स. झुटकी वडा नं. १ बस्ने अशोक कुमार सिंह § विवादीत लिखत नगद रुपैयाँ लिने दिने शर्तमा भएको नभै जग्गाको हक हस्तान्तरण गरी लिने दिने शर्तमा प्रतिवादी अशोक कुमारले रु१४,०००।– वादीबाट बुझिलिएको देखिन आएबाट सो लिखत बमोजिमको कृया पूरा भएको भए प्रस्तुत मुद्दाको फिराद गर्नु पर्ने अवस्था पर्ने नै थिएन सो मिति ०३४।३।२५ को लिखत रजिष्ट्रेशन पारित हुने ठहरी मिति ०३६।४।७ मा वादीले पास पूर्जी लिई सो पूजी बमोजिम पास गराउन जाँदा पासहुन नसकेबाट प्रस्तुत नालेश गर्नु पर्ने अवस्था श्रृजना भएको देखिन आउंछ । उक्त पास पूर्जिको म्याद २०३६।५।११ सम्म रहेकोबाट सो मिति पछि नै लिखत कपाली भएको मान्नु पर्ने हुन्छ । सो मितिले १० वर्षभित्र २०४६।५।९ मा प्रस्तुत फिराद पर्न आएको देखिएकोले लेनदेन व्यवहारको २ नं. का हदम्याद नाघी फिराद परेको भन्न मिलेन । फिराद २०३६।५।११ बाट लिखत कपाली सरह भएको मितिवाट हदम्याद भित्रै परेको देखिन आउँछ । हदम्याद नाघी फिराद परेको भन्ने प्रतिवादी तर्फका कानून व्यवासायीको जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १६) पुनरावेदक तर्फबाटः विद्धान अधिवक्ता श्री सतिशकृष्ण खरेल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस अवलम्बित नजिरःx फैसला न्या. इन्द्रराज पाण्डेः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एबं ठहर यस प्रकार छ । २. विपक्षीले मसंग रु१४,०००। लिई निजको नाउं दर्ताको जिल्ला सप्तरी गा.वि.स. झुटकी वार्ड नं. २(क) को कि.न. २४७ को ०–०–१० कि.नं. ४१० को ०–१०–१९ कि.नं. ४२४ को ०–१२–१६ समेत १–४–५ जग्गा २०३४।३।२५।७ मा राजिनामा लिखत पारित गरी नदिएकोले लिखत पारित मुद्दा दिई पारित हुने ठहरी फैसला भै पुर्जि लिई मालपोत कार्यालयमा पारित गराउन जाँदा सो जग्गा कृषि बिकास, बैकलाई मिति ०३७।५।२६ मा धितो लिखत लेखि दिएकोले पारित गराउन मिलेन भनेको हुँदा धितो बदर गराउन मैले दिएको नालिसमा सो लिखित बदर हुने ठहरी सगरमाथा अंचल अदालत राजविराज वेन्च समेतबाट २०४२।२।१६ मा फैसला भएको छ । सो फैसला उपर प्रतिवादीको पुनरावेदन पर्दा वादी दावी पुग्न नसक्ने ठहर्याई २०४४।५।२३ मा पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाबाट फैसला भएको सो फैसला उपर सर्वेाच्च अदालतमा पुनरावेदन पर्दा पुर्वान्चल क्षेत्रीय अदालत धनकुटाको फैसला मिलेकै देखिँदा पुनरावदेन जिकिर पुग्न सक्दैन भनी २०४५।१०।१९ मा अन्तिम फैसला भएपछि सो लिखत कपाली हुने आएकोले उक्त साँवा रु १४०००।– र कानूनले हुने व्याज रु १४०००।– समेत जम्मा रु २८०००।– समेत प्रतिवादीबाट भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादीले २०३४।३।२५ को राजिनामा लिखत पारित नभई कपाली हुन आएको भनी २०४६।५।९ मा फिराद दायर गरेको हुँदा वादीको नालिस लेनदेन व्यवहारको २ नं. अनुसार लाग्न सक्ने होइन । लिखत मितिदेखि दशवर्ष भित्र नालिस गर्नुपर्नेमा सो नगरी हदम्याद नाघी दायर भएको हुँद