निर्णय नं. ६६६९ - वकसपत्र वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६६९ - वकसपत्र वदर भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/१०/२८ २५३७ निर्णय नं. ६६६९ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा संवत् २०४९ सालको दे.पु.नं. ...४६२ फैसला मितिः २०५४।१०।२८।३ मुद्दाः वकसपत्र वदर । पुनरावेदक/प्रतिवादीः जि. सोलुखुम्बु सल्लेरी गा.वि.स. वाड नं. ३ सल्लेरी घर भै हाल का.न.पा. वाड नं. ६ बौद्ध माहांकाल वस्ने रिन्जी शेर्पा विरुद्ध विपक्षी /वादीः का.जि. का.न.पा. वडा नं. ६ वौद्ध वस्ने किमा शेर्पिनी । § वादी र प्रतिवादीहरु एकासगोल मै रहे भएको अवस्थामा आर्जन गरेको विवादीत घर जग्गा वादीको मन्जुरी वेगर प्रतिवादीले वकसपत्र वा वेचविखन गर्दा हकवालाको मन्जुरी लिनु पर्ने भनी शर्तनामा समेत गरेकोमा प्रतिवादीले सो शर्तनामाको पालना नगरी वकसपत्र गरिदिएको पाइएकोले वादीको हक जतिको घर जग्गा वकसपत्र वदर हुने । (प्र.नं. ११) पुनरावेदक तर्फबाटःX विपक्षी तर्फबाटः X अवलम्बित नजिरःX फैसला न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत, पाटन ललितपुरको फैसला उपर यस अदालतलमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. उल्लेखित विपक्षीहरु मध्ये छप्पल शेर्पा मेरो लोग्ने हुनुहन्छ । विपक्षी पतिले यस भन्दा ३ वर्ष अगाडी अर्की श्रीमती विवाह गरी ल्याउनु भएकोले हामी सौतासौता मिलजुल गरी वस्न नसकेका हुनाले विपक्षी पतिले मलाई अंक पछि दिने गरी वहांका नाउँमा दर्ता भएको वौद्ध महांकालको एकतले ६ कोठा भएको घर मध्ये म किमा शेर्पिनीलाई दुई कोठा घरको वहाल दिन मन्जुर गरी महिना १ को रु ६००।–(छ सय) का दरले वर्ष १ को वहाल एकमुष्ट रु. ७२०००।– (सात हजार दुईसय ) रुपैँया दिई हाललाई उत्त वहाल लिई जीवन गुजारा चलाउन दिने र उक्त घरजग्गा पछि कुनै व्यहोराले विक्रि वितरण गरेका अंशका दावी गर्न पाउने गरी मेरो उक्त घर जग्गामा अधिकार सुरक्षितै राखि लोग्नेले २०४४।२।१ गते मिलापत्र कागज गरि दिनु भएको र उक्त घर वहाल समेत दिन मन्जूर गरी कवुलियत कागज का.न.पा. वडा नं. ६ समितिमा गरी दिनु भएको थियो । यसरी उक्त मेरो अंश भाग समेत लाग्ने का.जि. का.म.न.पा. वडा नं. ७(ख) कि.नं. १८३ को सिम जग्गा पूर्वमा नगेन्द्रनाथ रमेशनाथको जग्गा पश्चिममा दिल वहादुरको घर जग्गा, उत्तरमा तिनफुट चौडाईको गोरेटो वाटो दक्षिणमा नगेन्द्रनाथ र राजेन्द्रनाथको जग्गा यति ४ किल्ला भित्रको र क्षेत्रफल ०–९–०–० मध्ये हाल कित्ता फोड गरी २०७ को क्षेत्रफल ०–४–२–० जग्गा र सो जग्गामा बनेको आधा घर मात्र दक्षिण तर्फबाट भनी दक्षिणतर्फ जग्गाको मूल्य र रु १५०००।– पन्द्र हजार र घरको मूल्य रु २२०००,– गरि जग्मा रु ३७२००।– कायम गरि मेरा पति छप्पल शेर्पा दिने र रेन्जी शेर्पा र आङफुर्वा शेर्पा लिने भै मिति २०४४।२।१२ गते मातपोत कार्यालय काठमाडौमा हालै देखिको कक्सपत्र रजिष्ट्रेशन गरी लिनु दिनु गरेका रहेछन, मातपोत कार्यालयमा गै ०४४।९।३० मा नक्कल सारी लिए पछि थाहा हुन आयो । अतः उपरोक्त प्रकरणहरुमा उल्लेख भए अनुसार विपक्षीहरु कलुषित भावनाले प्ररित भै मेरो हक अधिकारलाई बंचित गराउने दुस्प्रयास लि मेरो अंश भाग लाग्ने जग्गा वक्सपत्र लिनु दिनु भएको हुँदा उक्त बक्सपत्र कागज मुलुकी ऐन दान दातव्यको १ नं. लेनदेन व्यवहारको १० नं. को प्रतिकुल भएको हुनाले अ.वं. ८२ नं. तथा दान दातव्यको ५ नं. बमोजिम फिराद गर्न आएकी छुँ । उक्त मिति २०४२।२।१२ को वक्सपत्र हामी तीन अंशियार हुँदा