निर्णय नं. ६६७० - दर्ता वदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७० - दर्ता वदर दर्ता कायम भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०४/२१ २४९३ निर्णय नं. ६६७० ने.का.प २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्बत २०५३ सालको दे.पु.नं. ...३२७३ फैसला मितिः २०५५।४।२१।५ मुद्दाः दर्ता वदर दर्ता कायम । पुनरावेदक / वादीः अलिजानको छोरा जि. सुनसरी हरीनगरा गा.वि.स. वडा नं. १ मा बस्ने रफिक मियां । विरुद्ध प्रत्यर्थी/ प्रतिवादीः इस्माइलको पत्नी नरसिंह गा.वि.स. वाडा नं. ४ वस्ने फरवुधनी मियांनी समेत । § यो यति कारणबाट अ.वं. ८६ नं. बमोजिम नालिस लाग्छ, फिराद खारेज गरेको मिलेन भन्ने मनासिव आधार तथा प्रमाण पुनरावदेन पत्र तथा वहसमा समेत प्रस्तुत हुन आएन । दुई पक्ष विपक्ष नभई एकै पक्षको निवेदनबाट भएको निर्णयको तेश्रो व्यक्तिको हक हितमा असर नपरेको अवस्थामा अ.वं. ८६ नं. अकार्षित नहुने हँदा वादीको फिराद दावी खारेज हुने ठहराएको पुनरावेदन अदालत विराटनगरेको ०५२।७।२० को फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. ७) पुनरावदेक वादी तर्फबाटः विद्धान अधिवक्ता श्री पुस्कर प्रसाद गजुरेल विपक्षी तर्फवाटःx अवलम्वित नजिरःx फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जि. सुनसरी साविक वेलि मौजा मौकाहाको जिमिदार मैया कमल कुमारीको जिमिदारी भित्र पर्ने रैति नम्वर १३९ को लेखिएको कि.नं. ११४३ र ११४४ को जग्गा मेरो स्व. पति अलिजान मियांका नाउंमा दर्ता भै साविक कि.नं. ११५४ समेत जग्गा विगाहा १०–१६–० सबै परिवारले भोग गरी आएका थियौं । सोही जग्गाको पलटबाट ३–१४–७ जग्गा पैनीको दक्षिण उत्तर पट्टि राजिमानामा विक्रि गरी सालसालै मातपोत बुझाई २०२२ सालमा भु.सु.लागु हुँदा ७ नं. फाटवारी भरी वावुको नामबाट दाखिला गरी २०२६ सालमा नापी हुँदा वालुवा वगि राखेको भएपनि पानी वग्ने वाहेक सवै भोगी आएको जग्गालाई आयोगबाट दर्ता गर्न नमिल्नेमा मलाई वुझ्दै नवुझि भोकाहा गा.पं. वडा नं. ३(ङ) कि.नं. १६७ इनुसका नाउँमा पश्चिम तर्फवाट कित्ताफोड गरी सर्वे कि.नं. १६८ गरी ८–११–० जग्गा फट वुधनी मियाइनी नाउँका ०४६।२।२६ मा विपक्षीहरुले उच्चस्तरीय आयोगबाट पुर्जा लिई यो जग्गा मेरो परिवारको नाउँमा पुर्जा पाएको छ, तपाईहरुको हुदैन भनी ०४६।३।९ मा भनी उच्चस्तरीय आयोगमा ०४६।४।२५ मा वुझ्दा सर्जमीन समेत गुपचुप राखि एकाको जग्गा अर्काको नाममा दर्ता गराएकोले पुर्जा पाएका मितिले १२० दिनभित्र उजुर गर्ने म्याद गुज्रेकोले हु.प्र. बमोजिम थमाई विपक्षी हरुको नाउँमा भएका दर्ता वदर गरी मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. जि. सुनसरी भोक्राहा गा.पं. वडा नं. ३ (ङ) कि.नं. २६ को जग्गा हाम्रा पिता पति इस्माइलले कोशी अन्चंलाधीश कार्यलयमा साविक नम्वरी जग्गा दर्ता गरी पाउँ भनी निवदेन दिंदा मालपोत कार्यालय सुनसरीले नरिस गा.पं. लाई पत्र पठाई उक्त जग्गा कस्को भोग चलन मा छ भनी सर्जमीन हँदा हाम्रा पति पिता इस्माइल को भोगमा छ भनी सर्जमीन भएको हुँदा आयोगको निर्णय बमोजिम जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको हो । प्र. मध्येका म इनुसका नाममा दर्ता रहेको जि. सु. नरसिं गा.पं.. वडा नं. ८ कि.नं. १६७ को ज.वि. १– ८–९ भोक्राहा गा.वि.स. वडा नं. ३ (ङ) कि.नं २६ हाम्रो पिताको भोग चलनमा रहेको जग्गा वन सुदृढिकरण उच्चस्तरीय आयोगबाट मोल रु २१३३।७५ तिरी आयोगको सर्भे बमोजिम घरवास वनाई आएको छु र प्र. मध्येका म