निर्णय नं. ६६७१ - हक कायम चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७१ - हक कायम चलन भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/१०/११ २४४२ निर्णय नं. ६६७१ ने.का.प. २०५३ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय मानीय न्यायाधीश श्री दिलिप कुमार पौडेल संम्वत २०५२ सालको स. अ.दे.नं. ...२५५२ फैसला मितिः २०५५।१०।११।२ मुद्दाः हक कायम चलन । पुनरावेदक/ प्रतिवादीः जिल्ला मकवानपुर हटिया गा.वि.स. वडा नं. ७ को हाल वडा नं. १ ठूलो दमार वस्ने वर्ष ७० को ज्ञान बहादुर वस्नेत क्षत्री समेत । विरुद्ध । विपक्षी/ वादीः ल.पु.जि. ल.उप. म.न.पा. वडा नं. १ कुपण्डोल वस्ने वर्ष ५४ की चम्पा खड्का । संवत् २०४८ सालको दे.पु.नं. १७२३ को मुद्दा संयुक्त इजलासबाटै हरी किनारा गरेको तर सोही लगाउको प्रस्तुत वादी चम्पा देवी प्रतिवादी ज्ञान बहादुर वस्नेत क्षत्री समेत भएको हक कायम चलन मुद्दामा नारायणी अंचल अदालतको मिति २०४५।५।२७ गतेको फैसला वदर गरी एक न्यायाधीशको इजलाशबाट हेर्ने भनी आदेश गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।२।२५ गतेको फैसला नमिलेकोले वदर हुने । (प्र.नं. २०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ विपक्षी वादीको तर्फबाटः विद्वान अधिवक्तद्वय श्री प्रकाश वस्ती र श्री वालकृष्ण न्यौपाने अवलम्बित नजिरः फैसला न्या. केदारनाथ उपाध्यायः पुनरावदेन अदालत हेटौडाबाट मिति २०५२।२।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको पुस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. मेरो दाता साविक जिम्दार नन्दलाल श्रेष्ठले जिल्ला मकवानपुर मौजे हर्नामाडी वस्ने वखत वहादुर वानियालाई रु २०५५ मा मिति २०१०।१।२६ मा भोग बन्धकी दिएको जिल्ला मकवानपुर माल तालुकको २ नं. खे. मौजे हर्नामाडीको सोह्रै आना जोत जिरायत सहित जिम्दारी मैले २०२१।२।५ मा रजिष्ट्रेशन पास गरी लिई सो अनुसारको वहाल समेत माल अड्डाबाट मलाई प्राप्त भई सो जोत जिरायत समेत जिम्दारीको राजश्व मालपोत मैले तिरी वुझाई मेरो भोग चलनमा रही आएको जोत जिरायत समेतको मेरो जिम्दारी हकको जग्गा हो । त्यस्तै जिम्दारी भित्रको जोत जिरायत जग्गाको सम्बन्धमा भूमिसुधार ऐन, २०२१ को परिच्छेद २ को दफा ३ को प्रतिवन्धात्मक वाक्यांशले जिम्दारको नाममा जग्गावालाको हैसियतमा नम्वरी दर्ता हुने कानूनी व्यवस्था अनुसार मेरो हकको त्यस्तो जिरायत जग्गा मध्ये जग्गा विगाहा ३–१८–० जग्गा विपक्षी मध्येका नर वहादुर खतिवाडाले मोहियानी भनी दावी लिई चलाएको अदालती कारवाहीको परिणाम स्वरुप रिट क्षेत्रबाट श्री सर्वोच्च अदालतले निज विपक्षी नरवहादुरको मोही हक नलाग्ने भनी मिति २०२५।५।१८ मा अन्तिम निर्णय आदेश भई जोतपोत हुने हक मेरो हुन आएको जग्गा र अरु मेरो जिरायत जग्गा समेत उक्त विपक्षी र अन्य निम्न लेखिएका विपक्षी र अन्य समेतको निजहरुको कानून तहको जग्गामा हक प्राप्त गर्ने कुनै लिखितको अभाव हुँदाहुँदै भनी मेरो जिम्दारी जिरायतको जग्गालाई आफ्नो स्वइच्छा अनुसार पर्ति जग्गाको संज्ञा दिँदै जिल्ला मकवानपुर गा.पं. हटियाको निम्न लेखिएको वडा नं. २ तथा कि.नं २ क्षेत्रफल भनी मेरो असमानता लेखाउने देखाउने कार्य गर्नु भएछ । सो कुराको विरोध गर्दै मैले मकवानपुर स्थित ६ नं. नापी गोश्वरामा उजूर दिंदा सो उजूरको सिलसिलामा कारवाही गर्दै लगी मिति २०३३।११।२७ मा तेरो मेरो तर्फ मकवानपुर विशेष अदालतमा नालेश गर्न जानी भनी मेरो नाममा सूचना गरिएको र मिति २०३३।१२।२० मा सो जग्ग