निर्णय नं. ६६७२ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६७२ - निषेधाज्ञा भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०३/३२ २४४३ निर्णय नं. ६६७२ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संम्वत २०५२ सालको दे.पु.नं ....२७२० फैसला मितिः २०५५।३।३२।५ मुद्दाः निषेधाज्ञा । पुनरावेदन /विपक्षीः काठमाडौ जिल्ला का.म.न.पा. वडा नं. ३१ वागवजार वस्ने कल्पना कुमारी रावल। विरुद्ध प्रत्यर्थी/निवेदकः ऐ.ऐ वडा नं. २५ मखनटोल वस्ने वुद्धि गोपाल रंजित । § बाटो जस्तो कुरामा हस्तक्षेप हुन दिनु कानूनसंगत र न्यायोचित समेत नहँदा खिचोला मुद्दा समेत अन्तिम किनारा नहुँदा सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालतल पाटनको मिति २०५२।१।२७ को निर्णय आदेश मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ७) पुनरावेदन तर्फवाटःX विपक्षी तर्फबाटःX अवलम्वित नजिरः X फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनको २०५२।१।२७ को निर्णय आदेश उपर यस अदालतलमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छः २. मैले का.जि.का.न.पा. वडा नं. ३१ को कि.नं. ११३३ को क्षेत्रफल ०-७-०-१ जग्गा मध्ये पूर्व तर्फवाट कित्ताकाटं भै कायम भएको कि.नं २००६ को क्षेत्रफल ०-१-२-१ जग्गा र सो जग्गामा जान आउनको लागि दाताको नाउँमा सोही कित्ताकांट भई बाँकी कायम भएको पश्चिम तर्फको कि.नं. २००७ को क्षे.फ. ०–५–२–० जग्गाबाट ४ फिटे वाटो सानु राजवाहकले मलाई मा.पो.का. काठमाडौ मार्फत मिति २०४२।२।१७ मा रु २५०००।– मा पारित राजिनामा गरी दिनु भएकोले निर्वाद रुपमा भोग चलन गर्दै आएको र उक्त वाटो हाल विपक्षी कल्पना कुमारीले मेरो दाताको वाँकी जग्गा तथा घर हा.व. बाट प्राप्त गरी मेरो उल्लेखित उक्त बाटोलाई बन्द गर्ने उद्देश्यले पर्खाल लगाई आउन जानबाट बन्चित समेत गरेकोले का.न.पा. मा उजूरी गरी का.न.पा. ले उक्त पर्खाल भत्काउने ठहर समेत भई का.जि. अ. मा पर्खाल भत्काई बाटो खोली पाउँ भन्ने मुद्दा दायर गरी हाल विचाराधिन अवस्थामा रहेको छ, यस्तो अवस्थामा विपक्षीले घर जग्गा विक्रि गर्ने निहुँमा उक्त ४ फिटे वाटो समेत विक्री गरी मेरो कि.नं. २००६ को जग्गालाई निष्प्रयोजन गराउने दुष्टिकोणले ग्राहक खोजी मोल मोलाई समेत गर्दै हिडेकाले मेरो नागरिक अधिकार ऐनद्वारा प्रदत्त अधिकारमा आघात पर्न गएकोले ऐजन ऐनले प्रदत्त अधिकारको प्रयोजनको निमित्त प्रस्तुत निवेदन गर्दै विपक्षीहरुका नाउँमा उक्त ४ फिटे बाटोलाई अतिक्रमण गर्ने कार्य नगर्नु नगराउनु भन्ने व्यहोराको निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक वृद्धि गोपाल रन्जितको निवेदन पत्र । ३. निवेदकको माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुन पर्ने होइन ? सम्पूर्ण व्यहोरा खुलाई ऐनका म्यादभित्र लिखित जवाफ पेश गर्नु र लिखित जवाफ पेश भएपछि पुनर्विचार हुने गरी हाललाई विवादित बाटोमा अतिक्रमण हुने कुनै काम कारवाही नगर्नु भन्ने समेत व्यहोराको पुनरावदेन अदालत पाटनको मिति २०५१।१२।१ को आदेश । ४. विपक्षी निवेदकको निवेदन व्यहोरा झुठा हो उक्त कि.नं. को जग्गामा पक्की बाटो कहिल्यै पनि थिएन र छैन । निवेदनमा उल्लेख भए बमोजिम बाटो दिँदा मेरो घर समेत भत्काउनु पर्ने स्थिति हुदा वस्तुतः उल्लेखित व्यहोरा कपोकल्पीत नै हो तसर्थ विपक्षीको जग्गामा जान आउन बाटो छ, छैन मेरो सरोकारको कुरा होइन साथै का.न.पा बाट मिति ०५०।८।२३ मा मलाई तारिखमा समेत नराखी कानून व्यवसायी राख्ने मौल