निर्णय नं. ६६७३ - हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७३ - हक कायम भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०५/२९ २८७३ निर्णय नं. ६६७३ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत् २०५० सालको दे.पु.नं. .. १३८८ सम्वत् २०५० सालको दे.पु.नं. ...१४७० फैसला मितिः २०५५।५।२९।२ मुद्दाः हक कायम । पुनरावेदक/ प्रतिवादीः पन्नालाल श्रेष्ठ र वदन कुमारी श्रेष्ठको मु.स. गर्ने ललितपुर जिल्ला ल.पु.नं.पा. वडा नं. ५ लगनखेल वस्ने कुमार श्रेष्ठ समेत जम्मा ३ । विरुद्ध प्रत्यर्थी /वादीः ललितपुर जिल्ला ल.पु.न.पा. वडा नं. १ कुपण्डोल वस्ने शान्तिदेवी राजभण्डारी समेत जग्मा ३ । पुनरावेदक/ प्रतिवादीः पन्नालाल श्रेष्ठ र वदन कुमारी श्रेष्ठको मु.स. गर्ने ललितपुर जिल्ला ल.पु.नं.पा. वडा नं. ५ लगनखेल वस्ने कुमार श्रेष्ठ समेत जम्मा ३ । विरुद्ध प्रत्यर्थी / प्रतिवादीः ललितपुर जिल्ला ल.पु.न..पा. वडा नं. ५ वस्ने पन्नालाल श्रेष्ठ समेत जम्मा १० § मोहीले आफ्नो मोहियानी जग्गामा जे जस्तो हक राख्दछ त्यो हक नै अंशवण्डा हुने वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन सक्ने हुन्छ । यसरी वादी दावीको विवादका जग्गाहरु सिद्धिमायाकै नाममा दर्ताको रहेको अवस्थामा निजको शेष पछि कानून बमोजिम निजको हक खाने वादीहरुको हक हुने देखिन्छ । नापीका अवस्थामा सोही जग्गाहरु मध्ये कुनै १ कित्ता जग्गा आफ्ना नाममा नपाउँदैमा वा अंशवण्डाबाट आएको भनी लेखाइदिएकै कारणबाट जग्गाको स्वामित्व हस्तान्तरणको प्रमाणको अभावमा विवादका जग्गाहरु प्रतिवादीहरुको हक पुग्ने भन्न मिल्दैन । जग्गाको स्वामित्व वादीको हकको देखिएको अवस्थामा हकै नपुग्ने प्रतिवादीबाट स्वामित्व हक छाडी लिएकोबाट जग्गाको स्वामित्व प्राप्त हुने अवस्था नहुने । (प्र.नं. १३) पुनरावेदक वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकन्द रेग्मी, विद्वान अधिवक्ता द्वय श्री रविन्द्रनाथ अर्याल र श्री रमेश कुमार मैनाली फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२८ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छ । २. साविक रै नं. ६३ । २४३९ मा सिद्धमाया राजभण्डारीको नाममा दर्ता रहेको खेत रोपनी १–१२–० जग्गा प्रतिवादीहरुको लोग्ने वावु, ससुरा बाजे नाता पर्ने अनिरुद्र श्रेष्ठको मोहियानीमा जाती कमाई आउनु भएको । सिद्धिभक्तको दुई श्रीमतीमा सिद्धिमायाँ र शान्ति देवी भै सिद्धि मायाको छोरा २ भएको र म शान्ति देवीको छोरा कैलासभक्त र कन्हैया भत्त संगोलमा भएको तथा सौतेनी आमा सिद्धिमाया २०४०।१२।२३ मा र लोग्ने, पिता सिद्धिभक्त २०४३।२।८ मा परलोक भएको हुँदा उक्त जग्गा हामीहरुको हक हुन आएको जग्गा जतिको खेत रोपनि १–१२–० जग्गा सर्भे नापी हुँदा ल.पु.न.पा. ५(घ) कि.नं. ४७, ४८, ४९, ५० कायम भै मोहिमा अनिरुद्रको छोराहरु क्रमशः अर्जुन नारायण र पन्ना श्रेष्ठ कायम भै नापि नक्शा भएको, हाम्रो हक भोगको जग्गा नामसारी दाखिला खारेज गरी पाउनका लागि मा.पो.का.ल.पु. मा जाँदा प्रतिवादीहरुले मिलेमतो गरि पन्नालाल र वदन कुमारीले कि.नं. ४९ र ५० लाई पाटन ६६३ नं. को लगतमा भिड्ने र २०३१।१।२१ को वण्डापत्रबाट पाएको भन्‍ने अर्जुनले कि.नं. ४७ लाई वण्डापत्रबाट मेरो भागमा परेको भन्‍ने कि.नं. ४७ नारायणको नाउँमा र कि.नं ४८