निर्णय नं. ६६७४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७४ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०७/१३ ३७३६ निर्णय नं. ६६७४ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय नयाधीश श्री भैरव प्रसाद लम्साल संम्वत २०५३ सालको फौ.पु.नं. .. १२७३ सम्वत २०५३ सालको फौ.पु.नं. ...११६१ फैसला मितिः २०५५।७।१३।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक /वादीः वुद्ध कुमार महर्जनको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी /प्रतिवादीः का.जि. बलम्वु गा.वि.स. वार्ड नं. ५ वस्ने कृष्णहरी खत्री समेत पुनरावेदक/प्रतिवादीः का.जि बलम्वु गा.वि.स ५ घर भै हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको वर्ष ३६ को गुण्डा भन्ने सुरेन्द्र महर्जन । विरुद्ध प्रत्यर्थी/वादीः वुद्ध कुमार महर्जनको जाहेरीले श्री ५ को सरकार § जाहेरवालाले आफ्ना जाहेरी दरखास्तमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गर्न नसकेको र अदालतमा आई वकपत्र गर्दा श्रृतानुश्रृत प्रमाणको आधारमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गरेको पाइन्छ । सर्जमीनका व्यक्तिहरु र प्रहरीमा ठाडो कागज गर्ने रत्नमाया महर्जन समेतले अदालतमा बयान गर्दा मृतक सन्तमायासँग सुरेन्द्र महर्जन मात्र साथै गएको भन्ने लेखाई दिएको समेत देखिन आएबाट कृष्णहरी खत्री वारदातमा संलग्न भएको भने सहअभियुक्तको पोल अन्य कुनै तथ्ययुक्त र स्वतन्त्र प्रमाणहरुबाट पुष्टि हुन आएको कुटोमा पाइएको रौं विधि विज्ञान प्रयोगशालामा परिक्षण हुँदा कृष्णहरी खत्रीको रौसंग मिल्न सक्ने भन्ने विशेषज्ञको राय भएतापति रौं परिक्षण विशेषज्ञ जीवन प्रसाद रिजालले अदालतमा गरेको वकपत्रको स.ज. १२ मा रौमा फरक देखिएकोमा किटान साथ फरक छ भन्ने सकिन्छ तर समानता भने किटानि गर्न नसकिने भनि वकपत्र गरेको देखिँदा मिसिल संलग्न कुनै पनि प्रमाणबाट सह अभियुक्तको पोल समर्थित नरहेको अवस्थामा विशेषज्ञको रायलाई मात्र आधार लिई प्रतिवादीले आरोपित कसूर गरेको ठहर गर्न नमिल्ने । (प्र.नं. २६) § टाउकोको आघातका कारण मृत्यु भएको (Cause of Death is head injury) भन्ने पोष्टमार्टम प्रतिवेदन समेतबाट करणी पश्चात सन्तमायाले लगाएको गहना लुट्न लाग्दा सन्तमाया कराई गाउँमा भनि दिन्छु भनेकोले सोही डरले माटो खन्न लगेको कुटोले मृतकको टाउकोमा प्रहार गरेको भन्ने प्रतिवादीको साविति बयान समर्थित हुन आउँछ । प्र. सुरेन्द्र महर्जनले प्रहरी समक्ष गरेको बयान शारिरिक यातना दिई गराएको भनी जिकिर लिएको भएतापति घा, खत, वा शारीरिक जाँचको निवेदन लगायतका कुनै प्रमाण पेश गर्न सकेको पाइएन । प्रतिवादीको अदालत समक्ष गरेको बयानमा कसूरमा इन्कारी रहेको देखिएता पनि अन्य स्वतन्त्र प्रमाणबाट त्यस्तो इन्कारी पुष्टि हुन नसक्दा निजले अपराध गरेको होइन भनि मान्न मिल्ने अवस्था नदेखिंने । (प्र. नं. २७) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुरेश प्रसाद श्रेष्ठ, विद्वान अधिवक्ता श्री प्रेम वहादुर खड्का विपक्षी श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर सुवेदी अवलम्वित नजीरःX फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पाटनको मिति २०५१।७।२७ को फैसला उपर न्याय प्रशासन ऐन. २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. मेरो श्रीमती सन्तमाया महर्जन मिति २०४८।२।२५ गते धारीगाउँमा माटो लिन गएकी थिइन । घरमा फर्की नआएकोले श्रीमती हराएको हुलिया समेत दिई प्रहरी चौकी थानकोटमा जाहेरी गरी मैले खो