निर्णय नं. ६६७५ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७५ - हक कायम समेत भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/१२ २४९९ निर्णय नं. ६६७५ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्द्रनाथ आचार्य माननीय न्यायाधीश श्री टोप वहादुर सिंह संम्वत २०५० सालको दे.पु.नं..... २७७४ फैसला मितिः २०४५।१२।१२।४ मुद्दाः हक कायम समेत । पुनरावेदक /वादीः भ.पु.जि. ताथली गा.वि.स. वडा नं. ९ वस्ने वर्ष ५१ को कृष्ण गोसाई समेत विरुद्ध विपक्षी/ प्रतिवादीः भ. पु.जि.ताथली गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ४४ को पूर्ण वहादुर वुढाथोकी समेत । § मुद्धाको पक्षले फिराद नालेश लिई अदालतमा दर्ता गराउन ल्याउदाको अवस्थामै लाग्ने नलाग्ने वा दर्ता हुन नसक्ने भए यो यति कारणले यो यति हद सम्म नलाग्ने वा यो यति हदसम्म लाग्ने भनि दर्ता गराउनु ल्याउदाको अवस्थामा लेखि दिनु पर्ने र दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्ता गर्नु पर्नेमा सो नगरी मुद्दा दर्ता गरी कारवाही भै पछि आएर सार्वजनिक हकहित सरोकार भएको जग्गा हुँदा अनुमति नलिई फिराद दर्ता गरेको भन्ने कारणले दावी नै खारेज गर्ने गरी गरेको शुरुको फैसलालाई सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति ०५०।६।१४ को फैसला मिलेको नदेखिँदा वदर हुने । (प्र.नं. ११) पुनरावेदन तर्फबाटः विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा, , विद्वान अधिवक्ता श्री कमल वहादुर वोगटी अवलम्वित नजीरः X फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालतल पाटनको मिति २०५०।६।१४ को फैसला उपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर निम्न बमोजिम छः २. हामी फिरादी लगायतका सम्पूर्ण गाउँ वासीहरुले सार्वजनिक रुपमा भोगी आएको साविक ताथली पंचायत वडा नं.९ स्थित गाइवस्तुले पानी खाने, पानीघाट र वस्तुहरु चर्ने सार्वजनिक चरणको जग्गा २०२१ सालको नापीमा ताथली वडा नं. ९ (क) कि.नं. ७३८ को २–०–० कायम भै जोताहा महलमा सार्वजनिक पर्ति उल्लेख भएको सो सम्बन्धमा कसैको दावि विरोध थिएन । उक्त जग्गा दर्ता गरी पाउँ भनी विपक्षीले दिएको दावी खारेज हुने गरी मा.पो. का. बाट २०४१।४।२ मा निर्णय भै सार्वजनिक कायम भएको भन्ने कुरा सुनेका थियौ । सो निणर्य उपर विपक्षीले तह तह पुनरावेदन गरी म.क्षे.अ. बाट २०४५।२।५ मा पुनः निर्णय गर्ने मा.पा.का. बाट २०४६।७।२७ मा उक्त कि.नं. ७३८ को २–०–० जग्गा विपक्षीको नाउँमा दर्ता गरी दिने ठहर भएको कुरा मिति २०४६।८।१४ मा नक्कल सारी लिँदा थाहा हुन आएकोले जग्गा पजनीको १७ नं. को म्यादभित्र यो फिरादगर्न आएका छौं । विपक्षीको हक श्रोतको भनिएको २००८ सालको कवुलियत भित्र उक्त जग्गा नभएको २००८ सालको कवुलियत भित्र उक्त जग्गा नभएकोले मा.पो.का को मिति २०४६।७।२७ को निर्णय र सो निर्णयको आधारमा विपक्षीको नाउँमा भएको दर्ता वदर गरी मोल रु. एक हजार पर्ने जग्गा सार्वजनिक कायम गरी पाउँ भन्ने समेत व्यहोराको कृष्ण गोसाई समेत जना २४ को संयुक्त फिरादपत्र । ३. विपक्षीहरुले दावी गरेको जग्गा साविक भक्तपुर १९ नं. तैकावु मौजाको जग्गा रोपनी १५–९–३ मध्येको हो । उक्त कि.नं. ७३८ को जग्गामा वाली लगाई २०२१ सालको नापीमा आफ्नो हक देखाई ७ नं. फारम भरी भोगी आएको मेरो जग्गा हो । सर्भे नापीमा म फिरादी उपस्थित नभएबाट कि.नं. ७३,७४,९० र। ७३८ गरी चार कित्ता पर्ति र खोल्सी गरी नाप भएछ । कि.नं ७३८ मा.पो.का .को मिति २०४६।७।२७ को निर्णयबाट मेरो नाउँमा दर्ता भएको हो । निर्णय वदरको लागि थाहा पाएको मितिले ३५ दिनभ