निर्णय नं. ४८१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८१६ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०६/१९ ४२०० निर्णय नं. ४८१६ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४६ सालको रिट नं. १००९ आदेश मिति : २०५०।६।१९।३ निवेदक : भक्तपुर जि. बालकुमारी गा.पं. वडा नं. ५ इनाप टोल बस्ने जनक बहादुर जुगल श्रेष्ठ । विरुद्ध विपक्षी : मालपोत कार्यालय, भक्तपुर समेत । विषय : उत्प्रेषण । (१) सर्वोच्च अदालतको आदेशद्वारा तत्कालिन भूमि प्रशासन कार्यालयको निर्णय बदर भैसके पश्चात सो जग्गाको दर्ता सम्बन्धमा निवेदकलाई मालपोत कार्यालय भक्तपुरबाट बुझ्नै नहुने भन्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्व प्रकाश सिग्देल : विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवर विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. रुद्र बहादुर सिंह १. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य यस प्रकार छः– २. भक्तपुर जिल्ला अन्तरगतको हनुमन्ते खोलो सोझ्याई आवाद गर्न दिनु भन्ने २००२ साल श्रावण २२ गतेको खड्ग निसाना बमोजिम मैले खोलो सोझ्याई आवाद गरेको ठिमी बालकुमारी पछाडी ३१ नं. कुशल भैरवथली मौजाको आशा बहादुर कुमालेले कमाएको नं. नं. ३५८३ को जग्गा देखि १० नं. इडोल मौजाको नं. २४१७ को सीमित जंग पराक्रम शाहको माफी गुठी विर्ता जग्गाबाट हानी गै नं.नं. दब डोल मौजाको नंनं. ३३८३ को जगत बहादुरको कित्ताको जग्गा सम्म सिधा दक्षिण हानी त्यहाँबाट फेरी ९ नं. देवडाल मौजाको तडोल भन्ने ठाउँसम्म पश्चिम हानी ३ कुनापारी ३ कुना भित्रको अन्दाजी १००।१२५ जति आवाद गरेको हो । सो ४ किल्ला भित्रको कसैको गुठी, विर्ता खागी, रकर जग्गा परेको भए उजुर गर्न आउनु भन्ने २००१ साल फागुन १० गते १५ दिन म्याद टाँस हुँदा विपक्षी क्षेत्र बहादुरको बाबु आस बहादुरको र तीर्थ बहादुरको समेत केही उजुर नपरेको त्यसपछि जग्गाको २००१ फागुन ४ गतेमा र २००१ साल चैत्र १४ गते श्री ००४ साल श्रावण १४ समेतमा मुचुल्का हुँदा त्यसभित्र पर्ने अरु सबल मुचुल्का लेखाई विपक्षीहरुले आफ्नो जग्गामा परेको भन्न लेखाउन आएन, त्यसबाट विपक्षीहरुको मैले आवाद गरेको भित्र जग्गा नपरेको भन्ने सिद्ध भयो । सो उजुर गर्ने व्यक्तिहरुको विर्ता रोपनी १६।।।३।।।३ गुठीको १३। मोल जगेडा २९।।।.।।।२ खाँगीको १२ समेत जम्मा रोपनी ७१।।.।।१ परेको छ भनी सर्जमिनले लेखिदिएबाट सो बाहेक अरु जम्मै मेरा नाउँमा दर्ता भयो । सो दर्ता उपर आजसम्म कसैको उजुर बाजुर छैन । मैले ०७–५–१–५ मा हाल आवादी गरी पाउँ भनी दरखास्त गरी ०७।६।२२।१ मा नापी मुचुल्का भै ०७।७८।२९।५ का कबुलियत बमोजिम दर्ता हुन आएको भनी ०८ सालको आवाद ४ साल मिन्हा छाडी ०१२ साल देखि वाली आउने पूर्व पश्चिम उत्तर खोला दक्षिण वन जंगलको डिल र मरे हाल आवादी राजमान कुमालले कमाएको रैंकर यति चार किल्ला भित्रको रोपनी २६।९ नं. देवडाल मौजा मेरो नाममा मोठ खडा भै दर्ता भएको छ, त्यस बखत पनि विपक्षीहरुको उजुर बाजुर छन । २०२६।१०।३ गतेको निर्णय बमोजिम बालकोट पंचायत वडा नं. ९ कि.नं. १२१७ को रोपनी २।६।१ दुई रोपनी ६ आना १ पैसाको जग्गा धनी तपाईले प्राप्त गर्नु भएको पुर्जा ली पुर्जा संशोधन गर्न ७ दिनभित्र आउनु होला भनी