निर्णय नं. ८६७६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६७६ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०४/२६ ३०९५ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६७६ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रेम शर्मा पुनरावलोकन निस्सा प्रदान नं. ०६६–NF –००१५ आदेश मितिः २०६८।४।२६।५ मुद्दाः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः लमजुङ्ग जिल्ला अर्चलवोट गा.वि.स.वडा नं. ६ बस्ने गणेशबहादुर खत्री विरुद्ध विपक्षीः गृह मन्त्रालय सिँहदरवार, काठमाडौं समेत यसअघि निर्णय गर्ने मा.न्या.श्री बलराम के.सी. मा.न्या.श्री रणबहादुर बम सर्वोच्च अदालत संयुक्त इजलास § निलम्वन फुकुवा गरेउपर कोही कसैको उजूरवाजुर परी सो निर्णय गैरकानूनी भएको भनी बदर वातिल नगराएको अवस्थामा सो निर्णयविपरीत उक्त निलम्वन अवधि सेवा अवधिमा जोडिने होइन भन्न मिल्ने देखिँदैन । त्यसमा पनि विपक्षी निकायहरूबाटै भएको उक्त अन्तिम भएर बसेको निर्णयको औचित्यताभित्र प्रवेश गरी पक्षको स्थान ग्रहण गरी यस अदालतले अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.७) § निलम्वन फुकुवा भएकोमा उक्त निलम्वन अवधिलाई नोकरी अवधिमा गणना गर्नुपर्ने भन्ने नियममा प्रष्ट व्यवस्था भैरहेकोमा सो अवधि समेत गणना गरी निवृत्तिभरण नपाउनु पर्ने कुनै कानूनी र विवेकसम्मत् कारण नदेखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी तथा विद्वान अधिवक्ताहरू विमल सुवेदी र भोजराज भट्ट प्रत्यर्थीका तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः नेकाप २०४५, अङ्क ४, पृष्ठ २२३ सम्बद्ध कानूनः § प्रहरी नियमावली, २०४९ को नियम ८९(४), (६), ६(क), ११०(१), (३) आदेश न्या.दामोदरप्रसाद शर्माः यस अदालत संयुक्त इजलासबाट रिट निवेदन खारेज हुने ठहर्‍याई भएको आदेश न्याय प्रशासन ऐन, २०४८ को दफा ११ बमोजिम पुनरावलोकन गरिपाऊँ भनी रिट निवेदकका तर्फबाट पर्न आएको पुनरावलोकनको निवेदनमा यस अदालतबाट पुनरावलोकन गरी हेर्न निस्सा भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदक तत्कालीन श्री ५ को सरकारको मिति २०४६।०१।०१ गतेको निर्णयले प्रहरी जवान पदमा नियुक्त भई सेवाको १२ औं बर्षमा प्रहरी हवल्दार पदमा वढुवा भई मिति २०६२।१।१३ मा १६ वर्ष सेवा अवधि पूरा गरी राजीनामा स्वीकृत भएको छ । म प्रहरी चौकी ज्यामिरे मकवानपुरमा कार्यरत् रहेको अवस्थामा मिति २०४९।११।२६ गते रजैयातर्फ ड्यूटी गर्न गएकोमा मादक पदार्थ सेवन गरी होहल्ला गरी वसेका काजीमान कामीलाई सम्झाउदा उल्टो जथाभावी मुख छाडेकाले म र अन्य साथीहरू भई निजलाई चौकीमा ल्यायौं । चौकिवाट मेडिकल जाँच गराउन हेटौडा अस्पताल लग्दा निज काजीमान कामी मरेको भन्ने थाहा पाएपछि जि.प्र.का. हेटौडामा जाहेर गरेकोमा काजीमान कामीलाई कुटपीट गरी मारेको भन्ने किटानी जाहेरी परेकोले मिति २०४९।११।२९ गते म्याद लिई प्रहरी हिरासतमा राखेको देखिन आएकोले अदालतबाट अन्तिम फैसला नभएसम्मको लागि भनी २०४९।११।२९ गतेवाट निलम्वनमा राखिएको थियो । म समेत उपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने दावी लिएकोमा मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूले सोबमोजिम कसूर गरेको नदेखिई प्रतिवादीहरूले ज्यान लिने इविलाग र मनसाय नभई आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्थामा कुटपीट गरेको र सो कुटपीटबाट मृतकको मृत्यु भएको देखिँदा मुलुक