निर्णय नं. ६६७६ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६७६ - जवरजस्ती करणी भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०२/०४ ४०७२ निर्णय नं. ६६७६ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संम्वत २०५३ सालको फौ.पु.नं.. १५०६,१५३२ फैसला मितिः २०५५।२।४।२ मुद्दाः जवरजस्ती करणी पुनरावेदक/वादीः अनुराधा मुखियाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी /प्रतिवादीः इलाम जिल्ला, इलाम न.पा. वडा नं. ९ बस्ने कुमार वहादुर अधिकारी समेत । पुनरावेदक/प्रतिवादीः इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ९ घर भई कारगार शाखा इलाममा थुनामा रहेको कुमार वहादुर अधिकारी विरुद्ध विपक्षी/वादीः अनुराधा मुखियाको जाहेरीले श्री ५ को सरकार § पिडित अनुराधाको चिकित्सकद्वारा गरिएको जाँच र निजको किटानी जाहेरीको साथै अदालतमा वकपत्र गर्दा कसूर गरेको प्रष्ट हुँदाहुँदै अन्यथा गरेको पुनरावेदन अदालतको निर्णय प्रत्यक्ष प्रमाणको प्रतिकुल भएको देखिन्छ । तसर्थ शुरु इलाम जिल्ला अदालतले प्र. कुमार वहादुर अधिकारीलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको ३ नं. बमोजिमको ४ वर्ष कैद र ऐ.को १० नं. बमोजिम निजको आधा अंश पिडित पक्ष अनुराधालाई दिलाई दिएको सदर गर्नु पर्नेमा जवरजस्ती करणीको उद्योग गरेको मात्र ठहराएको पुनरावेदन अदालत इलामको निर्णय मिलेको नदेखिँदा केही उल्टी हुने । (प्र. नं. २१) § अर्का प्रतिवादी गोविन्द थापा वादी दावी बमोजिम घटना स्थलमा मौजुद रही जाहेरवालीलाई प्र.कुमार वहादुरले जवरजस्ती करणी गर्दाको अवस्थामा वचाउनको लागि केही नगरी चुप लागि हेरी रहेको कार्यले प्र.कुमार वहादुरलाई मद्दत गरेका भनि जवरजस्ती करणीका ४ नं. बमोजिमको सजायको मागदावी लिएको देखिएतापनि निज गोविन्द थापाले प्र. कुमारबहादुरलाई सकृयतापूर्वक अपराधिक कार्यमा सहयोग पुर्याएको देखिदैन । घटनास्थलमा चुप लागि हेरी रहेको अवस्थामा अपराधीक कार्यको सहयोग पुर्याएको संज्ञा दिन मिल्दैन र जवरजस्ती करणीको ४ को नं. को परिधी भित्र पर्ने समेत नदेखिँदा पुनरावेदन अदालत इलामले प्र. गोविन्द थापालाई सफाई दिन ठहर्याएको हदसम्म इन्साफ मनासिव ठहर्ने । (प्र.नं. २१) पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाटः विद्वान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ विपक्षी तर्फवाटः X अवलम्वित नजीरःX फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत इलामको मिति २०५२।९।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एबं ठहर यस प्रकार छः २. मिति ०५१।३।८ गतेको दिन सम्झना अधिकारी, गोविन्द थापा र म समेत इलाम बजारमा ओम शान्तीको प्रवचन सुन्न आई फर्कि जाँदा प्रेम कुमार प्रधानको होटलमा गई जाँड र भटमास खाजा खादै गर्दा कुमार वहादुर अधिकारीले संझनालाई तैले विक्रि गर्न लान लागेको होस तं रण्डी होस भनि भनेका वेलुका ८:३० बजे हामी तिनै जना विजुली अफिस नजिक बाटोमा पुगेपछि कुमार वहादुरले बाटो छेकी तलाई पक्राउ गरी प्रहरी कार्यलय लान्छु भनि डर धाक देखाई लछार पछार पारी जवरजस्ती करणी गरे । संझनाले मलाई ज.क. गरेको देखि छुटाउन लाग्दा निजलाई कुटपिट गरे केहि पर बाटोमा आई पुगेपछि कुमार वहादुरले पूनः मलाई जवरजस्ती करणी गरी रहेको अवस्थामा सुष्मा, पार्वती आई सुष्माले मलाई छुटाई दिइन । मलाई जवरजस्ती करणी गर्दा गोविन्द थापासँग सहयोग माग्दा निजले सहयोगनदिई हेरी रहे । मैले दुई पटक भाउजु भाउजु भनि चिच्या