निर्णय नं. ६६७७ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६७७ - परमादेश भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०६/२६ ३२०४ निर्णय नं. ६६७७ ने.का.प. २०५६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीस श्री केदारनाथ आचार्य माननीय न्यायधीस श्री दिलिपकुमार पौडेल संम्वत् २०५२ सालको दे.पु. नं. .........३०४६ फैसला मितिः २०५५।६।२६।२ मुद्दाः परमादेश पुनरावेदक /निवेदकः कृषि विकास वैंक शाखा कार्यालय नवलपरासीको हकमा अधिकार प्राप्त कृषि विकास बैंक मुख्य कार्यलय काठमाडौका निमित्त महाप्रवन्धक नारायण दास मानन्धर विरुद्ध विपक्षीः जिल्ला नवलपरासी गैर्मी गा.वि.स. वडा नं. २ सिसवा बस्ने रोजाई चुरिहार § धितो राखी लिएको ऋण रकम पुरै चुक्ता भएको छ छैन भन्ने विषयमा विवाद देखिएको अवस्थामा सो ऋण वापत धितो रहेको संपत्ति फुकुवा गरि दिनु र उक्त ऋण असुल नगर्नु भनि परमादेश जारी गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं १२) पुनरावेदन तर्फवाटः विद्वान अधिवक्ता श्री कोमल प्रकश घिमिरे विपक्षी तर्फवाटः X अवलम्वित नजीरःX फैसला न्या. केदारनाथ आचार्यः पुनरावेदन अदालत, वुटवलको मिति २०५२।२।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मद्दाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छः २. मेरो हक भोग तिरो दर्ताको नवलपरासी जिल्ला गेर्मी गा.वि.स वडा नं. २ (क) कि.नं. १६६ को ज.वि.१-१-१३ र कि.नं २२२ को ज.वि. १-१८-३ जग्गा कृषि विकास वैंक नवलपरासी शाखालाई धीतो राखी दिन मन्जुर गरी थ्रेसर खरिद गर्नको लागि ऋणको माग गरेकोमा त्यहाबाट मेरो नाममा रु ६५०००।– को ऋण स्वीकृत भई सो जग्गा धितो लिई रोक्का थियो। विपक्षी वैंकले उक्त ऋण मलाई नगद नलिई त्यति वरावरको थान एक थे्रसर उपलव्ध गराई दिनु भनि विपक्षी जिल्ला साझा संघ लिमिटेड नवलपरासीलाई पत्र लेखि दिएकोमा विपक्षी साझा संघ लिमिटेड नवलपरासीबाट ६ महिना ग्यारेन्टी भएको १ थान थ्रेसर वुझि लिएको थिए । तर सो काम नलाग्ने भई ३ दिन पछि सोही संघमा फिर्ता दिएकोमा सो थ्रेसर विपक्षी कृषि औजार कारखाना विरगन्जमा उत्पादन भै विक्रिको लागि विपक्षी कृषि औजार कारखान कार्यालय, सिद्धार्थ नगर हुदै विपक्षी साझा संघमा लगिएको हुँदा मैले फिर्ता गरेको थ्रेसरलाई विपक्षी कृषि औजार कारखानाले पटक पटक मरमत गरी मलाई दिएको र काम नलाग्ने हुँदा स्थलगत निरिक्षण भई उत्पादन सम्बन्धी त्रुटी फेला परेको हुँदा विपक्षी संघ तथा वैकको अनुरोधमा सो थे्रसर फिर्ता लिने र त्यसको वदलामा पावर ह्‍वाट थ्रेसर १ थान सोध भर्ना दिनु भनी शाखा कार्यलय सिदार्थनगरलाई पत्र लेखि पठाएकोमा विपक्षी संघबाट मलाई सोधभर्ना गरेको थ्रेसर पनि काम नलाग्ने भई पुनः फिर्ता गरेपछि विपक्षी संघले मलाई काम लाग्ने थ्रेसर दिन सकेन । थ्रेसरको मुल्य वरावरको बैंक लाई वुझाई दिनु । वैँकले ल्याएको धितो राखेको जग्गा फुकुवा गरि दिनेछ भनी विपक्षी, कृषि औजार कारखाना, शाखा कार्यालय, सिद्धार्थनगरबाट मलाई रु ६५०००। फिर्ता दिएपछि मैले सोही मितिमा सो ऋण वापत लिएको रकम विपक्षी बैंकमा वुझाई मेरो धितो राखेको जग्गा फुकुवा गराई पाउँ भन्दा विपक्षी बैंकबाट थे्रसर वापतको बाँकी ऋण व्याज र हर्जना लगायतको बाकी ऋण व्याज र हर्जना लगायतको रु ११६५४।९१ अविलम्ब बुझाउन ल्याउनु, नल्याए, धितो राखेको जग्गा बैंकको नियमअनुसार लिलाम विक्री गरी असुल उपर गरिने छ भनी जवाफ दिए । बैंकले मलाई नगद रुपैया नदिएको अवस्थामा व्याज लिने कुरै हुँदैन । उपलव्ध भएको काम नलाग्ने थ्रेसर दिएर वैंकले मलाई रु ११६५४।९१ वु