निर्णय नं. ६६७८ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६७८ - निषेधाज्ञा भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५५/०३/१० २९५५ निर्णय नं. ६६७८ ने.का. प. ०५५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधश श्री राजेन्द्रराज नाख्वा माननीइ न्यायाधीस श्री दिलिपकुमार पौडेल संम्वत् २०५२ सालको दे.पु.नं. .... २७१४ फैसला मितिः २०५५।३।१०।४ मुद्दाः निषेधाज्ञा । पुनरावेदक/विपक्षीः का.जि.का.न.पा. वडा नं. ३ वस्ने वावा हसन श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ बस्ने शंकरदास श्रेष्ठ । विरुद्ध प्रत्यर्थी/निवेदिकाः ऐ.ऐ वस्ने सुर्यमाया मानन्धर । § प्रत्यर्थीको न.नं. ४ को हालको कि.नं. २९ को घर जग्गामा जाने न.नं. २ को बाटो वाहेक अन्य वाटो रहे भएको मिसिल संलग्न रहेको ०५१।४।२८।६ को नक्साबाट नदेखिएकोले सो वाटो वन्द हुने गरी पर्खाल लगाउन र कुनै किसिमबाट निकास वाटो बन्द गर्ने कार्य समेत नगर्नु भनी निवेदन माग बमोजिम निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मिलेकै देखिँदा सदर हुने । पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री लक्ष्मीप्रसाद उप्रेती विपक्षी तर्फबाटःX अवलम्वित नजीरःX फैसला न्या. राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालतको पाटनमो मिति २०५२।२।२४।४ को फैसला उपर न्याय प्रशासन ऐन. २०४८ को दफा ९ (१) (क) अनुसार यस अदालतमा दायार हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. हाल कि.नं. २७ को जग्गा धनी विपक्षी वावा हसन श्रेष्ठको उक्त कि.नं. २७ को दक्षिण एबं मेरो हाल कि.नं २९ को पश्चिम तर्फको साविक परम्परा देखिको आली गोरेटो बाटो निकास पर्खाल समेत लगाउन लागेको हुँदा मेरो सम्पत्ति सम्वन्धी अधिकारमा समेत गैह्र कानूनी तरिकाले प्रत्यक्ष प्रतिकूल असर पार्ने प्रवल आशंका देखिएको हुँदा उक्त साविक परम्परा देखिको निकास आली बाटो वन्द हुने गरी पर्खाल लगाउने लगायत कुनै कार्य नगर्नु भनि विपक्षीको नाउँमा अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने सुर्यमाया मानन्धरको निवेदन । ३. निवेदनकको माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु पर्ने होइन । त्यसको कारण खोली लिखित जवाफ पेश गर्नु साथै कि.नं २९ मा जाने बाटो वन्द हुने गरी पर्खाल नलगाउनु र कुनै किसिमको निकास आदीवाट थुन्ने वन्द गर्ने कार्य समेत नगर्नु भनि विपक्षीको नाउँमा अन्तरिम आदेश समेत जारी गरी दिएको छ भन्ने पुनरावेदन अदालत पाटन ललितपुरको आदेश । ४. हाल मेरा पति शिव दास श्रेष्ठको मृत्यु मिति २०४९।५।२१ मा भएको हुँदा पुरा एक वर्ष भरिनै आफ्नो जात विशेषको परम्परा अनुसार आसोच वारी वस्नु पर्ने हुँदा कुनै पनि नयाँ निर्माण कार्य नगरेको हुँदा विपक्षीको भनाई अनुसार वालुवा गिटी थुपारी बाटो थुन्न लागेको भन्ने कुरा सरासर झुठ्ठा भएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने वावा हसन श्रेष्ठको लिखित जवाफ । ५. विवादको जग्गाको मिसिल संलग्न नक्सा मुचुल्काबाट नक्सा नं. १ मा रहेको विपक्षीको कि.नं २७ को जग्गाको दक्षिण पट्टी न.नं. २ हुँदै निवेदिकाको नं नं. २ रहेको देखिन्छ । सो देखि वाहेक अन्यत्रबाट निवेदिकाको घर जग्गामा जाने वाटो रहे भएको भनि नक्सामा विपक्षीले देखाउन सकेको पाइएन । यसरी निवेदीकाले हाल नापी कि.नं २९ कायम भएको घर जग्गामा जाने आउने निकास बाटो रहेको जग्गा विपक्षी वावा हसन श्रेष्ठको कि.नं २७ भित्र भएको देखिएता पनि साविक देखिनै निवेदिकाले बाटो भोग चलन गरी आएको देखिदा यस्तो बाटो बन्द गर्ने गरी पर्खाल नलागाउन र कुनै किसिमबाट निकास बाटो थुन्ने बन्द गर्ने कार्य समेत नगुर्न भनि विपक्षी